चैत्र १४
अमेरिकी महिलालाई पोखराबाट अपहरण गरि मकवानपुर पुर्याएर बन्धक बनाएको आरोपमा एक नेपाली महिला पक्राउ परेकी छिन् ।
नुवाकोटको बेलकोटगढी नगरपालिका ४ कि ३७ वर्षीया सरिता लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालय मकवानपुर र कास्की प्रहरीको सहयोगमा पक्राउ गरिएको जनाईएको छ ।
७० वर्षीया एक अमेरिकी महिला मुक्तिनाथ मन्दिर दर्शन गर्न भन्दै पोखरा घुम्न आईपुगेको र त्यहिँबाट उनलाई अपहरण गरिएको प्रहरीले अनुमान छ । पोखराको लेकसाइडस्थित एक होटलमा बसेकी पर्यटक ती महिलालाई लामाले अपहरण गरि मकवानपुर पुर्याएर बन्धक बनाइएको कास्की प्रहरीको भनाई छ ।
अपहरण गरेर बन्धक बनाउँदै ३ लाख फिरौती मागेपछि काठमाडौंस्थित अमेरिकन दूतावासले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि प्रहरीले उनलाई उद्धार गरेको हो । पक्राउ परेकी लामाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान शुरु गरिएको काँस्की प्रहरीले जनाएको छ ।