चैत्र १३
गुल्मीमा बाँदर मार्न धापिएको बिद्युतिय धरापमा परि एक महिलाको ज्यान गएको छ ।
बाँदरले अन्नबालि नष्ट गरेकाले बाँदरलाई तर्साउन राखिएको बिद्युतीय तारमा छुँदा मुसिकोट नगरपालिका ७ पल्टारका ६० बर्षिया चन्द्रकला कुमालको ज्यान गएको गुल्मी प्रहरीले बताएको छ ।
मृतक चन्द्रकलाका श्रीमान कर्णबहादुर कुमालले आफ्नै बारीमा बाँदर भगाउन राखेको विद्युतीय तारमा पर्दा घाइते भएकी चन्द्रकलालाई थप उपचारका लागि लुम्बिनी वामी हस्पिटलमा पुर्याईएपनि उनलाई बचाउन नसकिएको गुल्मीका एसपी राजन भुजेलले जनाए ।
घटनाबारे थप अनुशन्धान अघि बढाईएको गुल्मी प्रहरीको भनाई छ ।