पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न - साझाकुरा
बिहिबार, फाल्गुन २१, २०८२

पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


editor@sajhakura July 10, 2025

स्वास्थ्य प्रवर्द्धनको उद्देश्यले कोशी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा सञ्चारकर्मी तथा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम मिति २०८२ साल असार २५ गते पाखृबासस्थित ह्याङआउट रिसोर्ट एन्ड होटल मा सम्पन्न भएको हो।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय धनकुटाले आर्थिक वर्ष २०८१/८२ मा प्रदेशभरि सञ्चालन गरेका स्वास्थ्यसम्बन्धी गतिविधि, स्वास्थ्य सेवाको वर्तमान अवस्था, स्वास्थ्य संस्थाहरूको भौतिक तथा सेवा स्थिति लगायत विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा निर्देशनालयले बर्षभरी गरेका गतिविधि जनस्वास्थ्य अधिकृत स्मृति लुईटेल ले सार्वजनिक गर्नुभएको थियो।
कार्यक्रममा प्रदेशभरिका सञ्चारकर्मीहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, सुधारका सम्भावना, सञ्चार माध्यमको भूमिकालगायत महत्वपूर्ण विषयमा प्रश्नोत्तर तथा सुझाव राखेका थिए।

स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेतले सञ्चारकर्मीहरूसँग सहकार्य गर्दै आगामी दिनमा स्वास्थ्य सेवा प्रवर्द्धनमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पत्रकार:र्गामणी पाैडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *