खाँदबारीमा २११ औं भानुजयन्ती मनाईयो - साझाकुरा
शुक्रबार, माघ २४, २०८२

खाँदबारीमा २११ औं भानुजयन्ती मनाईयो


editor@sajhakura July 13, 2025

संखुवासभा असार २९
मकालु साहित्य समाज संखुवासभाको आायोजना तथा खाँदबारी नगरपालिका वडा नं. १ को ब्यवस्थापनमा संखुवासभाको खाँदबारीमा साहित्यिक गोष्ठीको आयोजना गरि २११ औं भानु जयन्ती मनाईएको छ ।
समाजका अध्यक्ष तारा बहादुर बुढाथोकीको सभापतित्व तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको भानुजयन्ती कार्यक्रममा जिल्लाका बिभिन्न क्षेत्रका करिव एक दर्जन कवि तथा साहित्यकारहरुले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानको चर्चा गर्दै आफ्ना कबिताहरु बाचन गरेका थिए ।
कार्यक्रममा साहित्यकार ताराबहादुर बुढाथोकी, कृष्ण चापागाईं, तारा घिमिरे, सुलोचना शर्मा, लेखक तथा साहित्यकार धर्म चापागाईं, शनम थापा, ध्रुव डिवान, सुमन अधिकारी लगायतले आफ्ना मौलिक रचनाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य, खाँदबारी नगरपालिका वडा नं. १ का अध्यक्ष निरञ्जन श्रेष्ठ, सर्जक तथा गितकार बिरेश राई, जिल्ला समन्वय प्रमुख सुमन शाक्य लगायतले शुभकामना मन्तब्य प्रकट गरेका थिए ।
आदिकवी भानुभक्त आचार्यको २११ औं जन्म जयन्तिलाई सम्बोधन गर्दै जिल्ला समन्वय प्रमुख सुमन शाक्यले आदिकवि आचार्यले नेपाली भाषा साहित्यलाई जनजनमा सरल भाषामा देश बिदेशमा पुर्याउन ठुलो योगदान पुर्याएको स्मरण गर्दै आचार्यलाई आदिकविका रुपमा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चिनाउने काममा मोतिराम भट्टको योगदान समेत स्मरणीय रहेको धारणा राखे । भानुभक्त आचार्यले लेखेको घाँसी कविताले वर्तमान समाजका हरेक ब्यक्तिलाई निश्वार्थ र सामाजिक दायित्व सहित अजर अम्मर बन्न उत्प्रेरित गरिरहेको बताएका थिए । आगामी दिनमा भानु जयन्ती अझै थप भब्य रुपमा मनाउन आग्रह गर्दै शाक्यले कला, धर्म भाषाभासिकाको बिकास र प्रवर्धनका लागि सबै पक्षले आफ्नो दायित्व पुरा गर्नूपर्ने बताएका थिए ।
कार्यक्रममा समापन मन्तब्यका क्रममा मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले झोला कविता प्रस्तुत गर्दै सबैले संकिर्ण भएर दलको झोला बोक्नुपर्ने परिस्थीतिप्रति ब्यंग्यात्मक प्रस्तुति गर्दै सबै क्षेत्रले आफ्ना पेशा र सामाजिक दायित्वको झोला बोक्न आवश्यक भएकोमा जोड दिएका थिए । आगामी दिनमा कला, साहित्य लगायतका श्रृजनात्मक क्षेत्रलाई राज्य र स्थानीय सरकारले महत्व दिनुपर्ने साहित्यकार बुढाथोकीको भनाई थियो ।
असार २९ गते १८७१ मा तनहुँ जिल्लाको चुँदीरम्घामा जन्मिएका भानुभक्त आचार्यले बाल्मिकीद्धारा लिखित संस्कृत भाषाको रामायणलाई नेपालीमा उल्था गर्नूका साथै भक्तमाला, बधुशिक्षा, प्रश्नोत्तर, घाँसी आदिजस्ता अम्मर साहित्यक श्रृजनाहरु दिलाएका थिए ।
मकालु साहित्य समाजले जिल्लाको साहित्यिक क्षेत्रको बिकास र प्रवर्धनका लागि जिल्लामा बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दैआएको छ ।
मकालु साहित्य समाज संखुवासभाको आयोजना तथा खाँदबारी नगरपालिका १ नं वडा कार्यालयको ब्यवस्थापनमा खाँदबारी सथित भानु चोकमा २ सय ११औ भानु जन्म जयन्ति भब्य रुपले मनाईएको छ । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संखुवासभाका कवि तथा साहित्यकारहरुले आदिकवी भानुभक्तले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदान स्मरण गर्दै आ आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *