श्रावण ८
कम्बोडियाका अधिकारीहरुले चलाएको गोलीबाट आफ्ना एक नागरिकको हत्या गरिएको र अन्य तीन जना घाइते भएको घटनालाई लिएर कम्बोडिया बिरुद्ध थाईल्याण्डले हवाई आक्रमण गरेको छ ।
थाईल्याण्डले कम्बोडियाको दुईवटा सैन्य अड्डालाई लक्षित गरेर हवाई आक्रमण गरेको थाई सेनाका उपप्रवक्ता रिचा सुक्सुवाननलाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
सीमामा तनाव भइरहेका बेला कम्बोडियाली सैनिकहरुले थाइल्याण्डको उत्तरपूर्वी सुरिन प्रान्तमा रहेको एक सैन्य बेसमा गोली हानेको समाचारमा भनिएको छ । बिहानसम्ममा कम्तिमा ६ स्थानमा तनाव फैलिएको बैंकक पोष्टको समाचारमा जनाइएको छ ।
कम्बोडियाका अधिकारीहरुले पनि थाइल्याण्डका तर्फबाट ब्यापक हवाई आक्रमण गरिएको पुष्टि गरेको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाइल्याण्डको कम्बोडियाली सैनिक अड्डामा आक्रमण गरेको पुष्टि गरेका छन् ।
कम्बोडिया सधैं समस्याहरूको शान्तिपूर्ण समाधानको पक्षमा रहँदै आएको छ’, समाचार संस्था एपीले भनेको छ, ‘तर, यस अवस्थामा, सशस्त्र आक्रमणको जवाफमा हामीसँग बल प्रयोग बाहेक अर्को विकल्प छैन ’समचारमा भनिएको छ ।
हाल थाइल्याण्डको सेनाले कम्बोडियाको सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको जनाईएको छ । थाइल्याण्ड र कम्बोडियाबीच सीमा विवादको लामो इतिहास छ ।