संखुवासभा चैत्र ८
चैत्र संखुवासभा मकालु कि एक सुत्केरी महिलालाई आज सेनाको हेलिकप्टर मार्फत उद्धार गरि कोशी अस्पताल बिराटनगर लगिएको छ । मकालु २ कि १४ बर्षिया बालिकाले मकालु स्वास्थ्य चौकि सेदुवामा मृत बच्चालाई जन्म दिएकि थिईन् । उच्च रक्तश्राव र सालनाल निक्लन नसकि हात खुट्टा र शरिरका अन्य भाग सुन्निए पछि स्वास्थ्य समस्या जटिल बन्दै गएको थियो । उनलाई नेपाल प्रहरीको सहयोगमा आजै नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरि बिराटनगर स्थीत कोशी अस्पताल लगिएको प्रहरी नायव उपरिक्षक डिएसपी कुमार प्रसाद मैनालीले जानकारी दिए ।