बैसाख २२
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विदेशी दूतावासद्वारा सञ्चालित युथ काउन्सिल तत्काल खारेज गर्न प्रधानमन्त्री बालेन् शाह समक्ष आग्रह गरेका छन् ।
शाहीले आज एक अपिल जारी गर्दै सरकारले हालै गरेको विद्यार्थी युनियन तथा कर्मचारी ट्रेड युनियन खारेजीको निर्णय स्वागतयोग्य भएको उल्लेख गर्दै उक्त कदम नेपालको शिक्षा क्षेत्र र प्रशासनिक प्रणालीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउन गरिएको महत्वपुर्ण र ऐतिहाँसिक निर्णय भएको दावी गरेका छन् । नेता शाहीले राष्ट्रिय स्वाभिमान, स्वाधीनता तथा युवा पुस्तामाथि पर्ने बाह्य प्रभावलाई ध्यानमा राख्दै नेपालमा विदेशी निकाय तथा दूतावासद्वारा सञ्चालन भइरहेका युथ काउन्सिलहरूबारे कडाईका साथ निगरानी गर्न समेत आग्रह गरिएको छ ।
शाहीले त्यस्ता काउन्सिलहरू खारेज गर्न तथा नेपाल सरकारको स्पष्ट अनुमति बिना कुनै पनि विदेशी संस्थाले कार्यक्रम सञ्चालन गर्न नपाउने कडा नियम बनाउन समेत माग गरेका छन्।