निजामती र स्वास्थ्य सेवाका १२ ट्रेड युनियन खारेज - साझाकुरा
बिहिबार, बैशाख २४, २०८३

निजामती र स्वास्थ्य सेवाका १२ ट्रेड युनियन खारेज


editor@sajhakura May 6, 2026

बेसाख २३
सरकारले सरकारी कर्मचारीका १२ वटा ट्रेड युनियनको दर्ता खारेजी गरेको छ । आज सार्वजनिक सूचना निकालेर नेपालका सबै राष्ट्रियस्तरका निजामती कर्मचारी र स्वास्थ्य सेवाका ट्रेड युनियनहरू खारेज गरिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।
विभागले सुचना निकालेर ८ वटा निजामती कर्मचारीका र ४ वटा स्वास्थ्यकर्मीका ट्रेड युनियन खारेज गरिएको जनाएको छ ।
जारी सुचना अनुशार खारेज हुने ट्रेड युनियनहरूमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी सङ्घ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी सङ्गठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी सङ्गठन खारेजीमा परेको उल्लेख गरिएको छ ।
यसैगरी नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन पनि खारेजीमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *