विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच पक्राउ - साझाकुरा
बिहिबार, बैशाख २४, २०८३

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच पक्राउ


editor@sajhakura May 6, 2026

वैशाख २३
बिदेशमा आकर्षक तलबमा रोजगारी दिलाउने प्रलोभनमा रकम ठगि गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ।
उनिहरुले माल्टा, क्रोएसिया, क्यानडा र मकाउमा आकर्षक रोजगारी दिलाउने प्रलोभनमा फसाई ५० लाखभन्दा बढी ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यसरी ठगि गर्नेहरुमा बागलुङको काठेखोला गाउँपालिका–३ का २२ वर्षीय सन्दीप थापा मगर, काठमाडौं महानगरपालिका–३ का ४३ वर्षीय निरबहादुर कार्की, सर्लाहीको चक्रघट्टा गाउँपालिका–२ का ३९ वर्षीय विजयकुमार यादव, काठमाडौं चन्द्रागिरी नगरपालिका–५ का चिरन्जिवी अधिकारी र रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ का ३० वर्षीय प्रवेश गुरूङलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी श्रोतले उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *