शोभा पाठकमाथी आक्रमण गर्नेहरुलाईै धरौटीमा छाड्न अदालतको आदेश - साझाकुरा
बिहिबार, बैशाख २४, २०८३

शोभा पाठकमाथी आक्रमण गर्नेहरुलाईै धरौटीमा छाड्न अदालतको आदेश


editor@sajhakura May 7, 2026

बैसाख २४
माइतीघरमा धर्नामा बसेकी शोभा पाठकलाई आक्रमण गर्ने १० जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
धर्नामा रहेकी पाठकलाई आक्रमण गर्ने टोलिका मुख्य आरोपी एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका भण्डारी ९बस्नेत० र शर्मिला बस्नेतलाई जनही ५०र५० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।
बाँकी ८ जनालाई भने जनही २५ हजार धरौटीमा छाड्न आदेश भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । अम्बिका र शर्मिलाका साथै गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत, नीता खत्रीविरुद्ध मुद्दा चलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *