बैसाख २५
साताको अन्तिम कारोबार दिन आज शुक्रबार सेयर बजारको परिसूचकमा २७ अंकको बृद्धि आएको छ । अंक बढ्नुका साथै कारोबार रकममा पनि बृद्धि भएको छ । नेप्से परिसूचक २७।४९ अंक ९१।०१ प्रतिशत० बढेको छ । यो वृद्धिसँगै नेप्से २७४५ अंकमा कायम भएको छ ।
आज कारोबार शुरु भएदेखि अन्तिम समयसम्म नै परिसुचकमा बृद्धि आएको हो । हिजो बिहिबार पनि नेप्से ६।९४ अंकले बृद्धि आएको थियो ।
हिजो बिहीबार २ अर्ब ९३ करोडको कारोबार भएकोमा आज बढेर ३ अर्ब २८ करोडको कारोबार भएको छ । २३५ कम्पनीको मूल्य बढेको छ भने जम्मा २६ वटाकोमा गिरावट आएको छ । बैंकिङ ०।६७, विकास बैंक ०।९५, फाइनान्स १।८७, होटल तथा पर्यटन १।४८, हाइड्रोपावर १।७१, लगानी १।१०, जीवन बीमा ०।६२, उत्पादन तथा प्रशोधन १।४०, माइक्रोफाइनान्स ०।१६ तथा अन्य १।१३ प्रतिशत भएको छ ।