बैसाख २५
गायक रामकृष्ण ढकालले विद्युतीय माध्यमबाट आफूमाथि निरन्तर गालीगलौज आएको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उजुरी दिएका छन् ।
उजुरीमा आफुमाथी अपगाल गर्ने व्यक्ति तोकिएको छैन, तर गाली गरेकाहरुको सामाजिक सञ्जालको लिंक नै समावेश गरेर उनिहरुमाथी कारवाहीको माग राख्दै उजुरी परेको ब्युरोका प्रवक्ता तथा एसपी दिलिप कुमार गिरीले बताए ।