बैसाख २५
गत भदौ २३, २४ गते भएको जेनजी आन्दोलनक्रममा हराएको २५५ राउन्ड गोली नेपाल प्रहरीले ८ महिना पछि फेला पारेको छ ।
नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ स्थित सडक छेउको नालामा बेवारिसे अवस्थामा बाकसमा राखिएको अवस्थामा गोली फेला परेको हो ।
जेनजी आन्दोलनमा हराएको एसएलआरको २३१ राउन्ड र ३०३ को २४ राउन्ड गोली फेला परेको प्रहरीले जनाएकाे छ ।