जोगवनी नाका प्रवेशमा कडाइ, परिचयपत्र अनिवार्य - साझाकुरा
आइतवार, बैशाख २७, २०८३

जोगवनी नाका प्रवेशमा कडाइ, परिचयपत्र अनिवार्य


editor@sajhakura May 9, 2026

बैसाख २६
भारतको जोगवनी हुँदै विराटनगरको रानी नाका भएर नेपाल प्रवेशमा कडाई गरिएको छ । नाका प्रवेश गर्ने यात्रुले अनिवार्य रुपले परिचयपत्र देखाउनुपर्ने नियम लागु गरिएको हो ।

सीमा क्षेत्रमा भैरहेको अपराधिक गतिबिधी, तस्करी तथा अबैधानिक कार्य नियन्त्रणका लागि सुरक्षा ब्यवस्थामा कडाई गरिएको जिल्ला प्रसाशन कार्यालय मोरङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कटेल सहितको टोलीले शनिबार जोगवनी–विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमन गर्नूृका साथै नयाँ व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएएका छन् । प्रजिअ कटेलले शान्ति शुरक्षा कायम राख्न र सीमा नाकाबाट हुने अपराधिक गतिबिधी नियन्त्रणका लागि नेपाल प्रवेश गर्ने प्रत्येक ब्यक्तिले आफ्नो परिचयपत्र अर्थात आधिकारिक कागजात देखाउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *