जेष्ठ २५ संखुवासभा
सरकारले गत चैत्र १८ गते सरकारी कार्यालयहरुलाई पत्राचार गर्दै सुचना बिज्ञापनहरु सरकारी संचार माध्यमहरुलाई मात्रै उपलब्ध गराउन दिएको निर्देशनको बिरोध गर्दै नेपाल पत्रकार महासंघ संखुवासभाले प्रमुख जिल्ला अधिकारी श्रृजना थपलिया मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ ।
गत जेष्ठ ८ गतेदेखि ११ गते सम्म सरकारको रबैया बिरुद्ध संचालन गरिएको हस्ताक्षर संकलन गरि सरकार ध्यानाकर्षण गराउन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाउने राष्ट्रिय अभियान अन्तर्गत संकलित हस्ताक्षर बुझाईएको नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई बुझाईएको उक्त हस्ताक्षर आजै प्र्रधानमन्त्री कार्यालय समक्ष बुझाईने प्रमुख जिल्ला अधिकारी श्रृजना थपलियाले प्रतिवद्धता जनाउनु भएको थियो ।
संकलित हस्ताक्षर नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सदस्य ईन्द्र गिरी मार्फत श्रृजना थपलियालाई हस्तान्तरण गरिएको थियो । नेपाल पत्रकार महासंघमा आवद्ध पत्रकारहरुको उल्लेख्य उपस्थीति रहेको हस्ताक्षर हस्तान्तरण तथा बिरोध कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले निरंकुशताको बिरुद्धमा र लोकतन्त्र स्थापनाको पक्षमा वकालत गर्दै निरन्तर भ्रष्टचारका बिरुद्धका खवरदारी गर्दैआएका संचारमाध्यमहरुको घाटिँ निमोठेने काम गर्न खोजिएको भन्दै आपत्ति प्रकट गर्नूभएको थियो ।
नेपाल पत्रकार महासंघ संखुवासभाले सरकारले संचारमाध्यमका बिरुद्धमा गर्दैआएको संचार बिरोधी निर्णयका बिरुद्धमा बिगत देखि नै आवाज उठाउँदै आएको छ ।