श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन - साझाकुरा
आइतवार, जेष्ठ २४, २०८३

श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन


editor@sajhakura June 7, 2026

संखुवासभा जेष्ठ २४
राष्ट्रिय स्वतन्त्र र्पािर्ट संखुवासभाले पुन भक्त नारायण श्रेष्ठको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रुपले चयन गरेको छ ।
हिजो संखुवासभाको खाँदबारीमा प्रतिनिधिसभा सदस्य डा। सुजाता तामाङले उद्घाटन गर्नुभएकोे प्रथम ऐतिहाँसिक जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको र आज थप छलफल पछि २१ सदस्यीय नयाँ कार्यसमितिलाई पुर्णता दिईएको नवनिर्वाचित जिल्ला सचिव सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।
शनिबार सम्पन्न अधिवेशनले श्रेष्ठलाई पुनः जिल्ला सभापतिको जिम्मेवारी सुम्पेको हो । पार्टीका संस्थापक जिल्ला सभापतिसमेत रहनुभएका भक्त नारायण श्रेष्ठलाई अधिवेशनमा उपस्थीत नेता कार्यकर्ताले बिगतमा वहाँले संगठन निर्माणको क्रममा गर्नूभएको मेहनत र पार्टि संगठन प्रतिको लगावका कारण प्रतिनिधीहरुले सर्बसम्मत रुपमा निर्वाचित गरेको जनाईएको छ । श्रेष्ठ स्थापनाकालदेखि नै सङ्गठन निर्माणमा सक्रिय रहँदै आउनुभएको थियो ।
नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा सुमन डाँगी सर्वसम्मत निर्वाचित हुनुभएको छ भने सचिवमा सुनील श्रेष्ठ, कोषाध्यक्षमा पवित्रा बजगाईं र सहसचिवमा सन्तोष बस्नेत निर्विरोध निर्वाचित हुनुभएको राष्ट्रिय स्वतन्त्र पाटिका युवा नेता राम कुमार खत्रीले जानकारी दिनुभयो । यसैगरि अन्य जिल्ला सदस्यहरू समेत सर्वसम्मत रूपमा चयन भएको रास्वपा सङ्खुवासभाले जनाएको छ ।
प्रथम अधिवेशनबाट सर्वसम्मत निर्वाचित सभापति श्रेष्ठले पार्टिलाई थप शसक्त बनाउँदै आगामी २०८४ को स्थानीय र प्रदेशको निर्वाचनमा १० पाटिका र २ निर्वाचन क्षेत्रमा राश्वपालाई जिताउन सबै प्रतिवद्ध भएर लाग्नुपर्ने धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *