सभापोखरी अनुशन्धान टोलिद्धारा बिज्ञप्ती मार्फत अध्ययनको उदेश्य सार्वजनीक - साझाकुरा
मङ्लबार, साउन १२, २०८३

सभापोखरी अनुशन्धान टोलिद्धारा बिज्ञप्ती मार्फत अध्ययनको उदेश्य सार्वजनीक


editor@sajhakura July 28, 2026

संखुवासभा श्रावण १२
संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिकास्थित पवित्र धार्मिकस्थल सभापोखरीमा त्रिभुवन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सभापोखरी गाउँपालिकाको समन्वय तथा सहकार्यमा छ दिने वैज्ञानिक अनुसन्धान कार्य सफलतापूर्वक सम्पन्न गरेका छन्। उक्त अभियानको मुख्य उद्देश्य सभापोखरीको पहिलो विस्तृत बाथिमेट्रिक सर्वेक्षण तथा वातावरणीय अध्ययन सम्पन्न गरी तालको संरक्षण, दीर्घकालीन व्यवस्थापन तथा भविष्यका वैज्ञानिक अनुसन्धानका लागि आधारभूत तथ्याङ्क तयार गर्नु रहेको भ्रमण टोलिले जनाएको छ ।
अनुसन्धान टोलीमा त्रिभुवन विश्वविद्यालय, वातावरण विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। सुदीप ठकुरी, पाटन संयुक्त क्याम्पस, वातावरण विज्ञान विभागका उपप्राध्यापक राजु चौहान तथा स्थानीय स्नातकोत्तर अनुसन्धानकर्ता श्री महेश दर्जी सहभागी थिए।
यो अध्ययन नेपालका उच्च हिमाली तालहरूको भौतिक अवस्था, वातावरणीय परिवर्तन तथा जलवायु परिवर्तनका प्रभावबारे वैज्ञानिक ज्ञान अभिवृद्धि गर्ने दीर्घकालीन अनुसन्धान प्रयासको एक महत्वपूर्ण हिस्सा भएको अध्ययन टोलिको निश्कर्ष छ । उक्त टोलिले पाँचपोखरी, रारा, गोसाईकुन्ड लगायतका नेपालका उच्च हिमाली क्षेत्रमा रहेका तालहरुको समेत अध्ययन गरिसकेको जनाईएको छ ।
६ दिन सम्म बिभिन्न बिषयमा अध्ययन भ्रमण गरेको टोलिले आफुहरुको अध्ययनका बिषयमा बिभिन्न टिका टिप्पणी भएको भन्दै आफ्ना अध्ययनको उदेश्य र बिषयबस्तुबारे जानकारी गराउँदै बिज्ञप्ती प्रकाशन गरेको छ । बिज्ञप्तीमा धार्मिक तथा सामरिक दृष्टीले अत्यन्त महत्वपुर्ण रहेको ऐतिहाँसिक तिर्थस्थल सभापोखरी प्रति आफुहरुको अपार श्रद्धाभक्ति रहेको प्रष्टपार्दै सभापोखरीप्रति स्थानीय समुदाय तथा श्रद्धालुहरूको गहिरो धार्मिक आस्था, सांस्कृतिक महत्व र भावनाप्रति हामी पूर्ण सम्मान व्यक्त गर्दछौं भन्ने उल्लेख गरिएको छ ।
यस अभियानको एकमात्र उद्देश्य वैज्ञानिक अध्ययन गर्नु रहेको थियो र अनुसन्धानको दौरानमा सभापोखरीको धार्मिक, सांस्कृतिक वा आध्यात्मिक महत्वमा कुनै प्रकारको असर पुग्ने वा अपमान हुने कुनै पनि कार्य नभएको जानकारी गराउदछौँ बिज्ञप्तीमा भनिएको छ ।
वैज्ञानिक अनुसन्धान र धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण एकअर्काका पूरक हुन्। वैज्ञानिक अध्ययनबाट प्राप्त जानकारीले यस्ता पवित्र प्राकृतिक सम्पदाको दीर्घकालीन संरक्षणलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँछने त्रिभुवन बिश्व बिद्यालय वातावरण बिज्ञान बिभागमा आवद्ध अध्ययन टोलिले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *