सुत्र प्रणाली सुस्त हुँदा सेवाग्राहिलाई सास्ती - साझाकुरा
मङ्लबार, साउन १२, २०८३

सुत्र प्रणाली सुस्त हुँदा सेवाग्राहिलाई सास्ती


editor@sajhakura July 28, 2026

संखुवासभा श्रावण १२
नेपाल सरकारकाले लागु गरेको सुत्र प्रणाली बिश्वासनिय नहुँदा स्थानीय निकायहरुबाट हुने सेवा प्रवाहमा समस्या भएको छ ।
पछिल्ला केही दिनदेखि प्रणालीमा समस्या देखिएपछि सामाजिक सुरक्षा भत्ता नविकरण, घर जग्गाको कर अशुली , ब्यवसाय दर्ता, नविकरण लगायत अन्य दस्तुर संकलनमा समस्या देखिएको छ ।
वडाबाट प्रवाह हुने सेवाहरु समयमा प्रवाह गर्न नसक्दा सेवा लिन आ एका सेवाग्राहिहरु निराश भएर फर्कनु पर्ने बाध्यात्मक अवस्था श्रृजना भएको खाँदबारी नगरपालिका वडा नं १ का सचिब गणेश श्रेष्ठले बताए । सेवाग्राहि जेष्ठ नागरिकहरुलाई विशेष रुपमा समस्या भएको छ । टाढा टाढाबाट घामपानी सहेर सेवाग्राहिहरु आउने गरेपनि आफुहरुले वडाबाट दिनुपर्ने सेवा समयमा दिन नसक्दा वहाँहरुको आक्रोस सहनुपरेको उनको भनाई छ ।
अहिले स्थानीय तहबाट प्रवाह गरिनुपर्ने सेवाहरु सुत्र प्रणाली सुस्त हुँदा हुँदा संखुवासभा जिल्लाका स्थानीय पालिका र वडाहरुमा यस्ता समस्याहरु आउने गरेको खाँदबारी नगरपालिकाकाका आन्तरिक लेखा परिक्षक गुणराज श्रेष्ठले बताए । अहिले जिल्लाभर नै सुत्र प्रणालीले गुणस्तरिय नहुँदा सेवाप्रवाहमा समस्या आईरहेको छ । महालेखाले कार्यसम्पादन र सेवा प्रवाहलाई पारदर्शी र ब्यवस्थीत गर्ने उदेश्यले देशभर सुत्र प्रणाली लागु गरेको छ आन्तरिक लेखा परिक्षण खत्रीको भनाई छ । सुत्र प्रणालीलाई थप ब्यवस्थीत गर्न सम्वन्धीत निकायले थप ध्यान पुर्याउनु पर्ने उनको सुझाव छ ।
कतिपय अवस्थामा स्थानीय सेवाप्रदायकहरुले संचालन गरेका ईन्टरनेट र नेटवर्कका कारण पनि यो समस्या आउँदा सेवाग्राहिहरुले थप समस्या ब्यहोर्न परेको हुनसक्ने आन्तरिक लेखा परिक्षण गुणराज खत्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *