दलकै आडमा सार्बजनिक जग्गा अतिक्रमण - साझाकुरा
बिहिबार, फाल्गुन २१, २०८२

दलकै आडमा सार्बजनिक जग्गा अतिक्रमण


editor@sajhakura January 6, 2025

पाैष २२

नेपाल संस्कृत विश्वविद्यालयको नौ सय बिघा जग्गा अतिक्रमण भएको पाइएको छ । विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन गर्न गठित समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई बुझाएको प्रतिवेदनमा राजनीतिक दलको संरक्षणमा जग्गा अतिक्रमण भएको उल्लेख छ ।
विश्वविद्यालयको १६ सय ६२ बिघा जग्गा रहेकोमा १३ सय ३६ बिघा देउखुरीमा छ । यसमध्ये ९ सय बिघा अतिक्रमण भएको हो । तीन सय २६ बिघा तुलसीपुर बेलझुन्डीमा छ । विश्वविद्यालय भएको ठाउँमा भने १० बिघा जग्गा अतिक्रमण भएको खोजबिन समितिको ठहर छ । विश्वविद्यालयको चार सय आठ बिघा जग्गामा मोही छ ।
जग्गा खोजबिन समितिका संयोजक उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलका अनुसार १० वर्षे द्वन्द्वको समयदेखि विश्वविद्याललयको जग्गा अतिक्रमण भएको देखिन्छ । तर, अतिक्रमणकारीको पहिचान गर्न भने समिति असफल देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *