प्रगतिशील लेखक संघ संखुवासभा अध्यक्षमा तारा बहादुर बुढाथाेकी - साझाकुरा
बुधबार, फाल्गुन २०, २०८२

प्रगतिशील लेखक संघ संखुवासभा अध्यक्षमा तारा बहादुर बुढाथाेकी


editor@sajhakura March 14, 2025

चैत्र १
प्रगतिशील लेखक संघ(प्रलेस) संखुवासभाको चौथो जिल्ला अधिवेशन खाँदबारीमा सम्पन्न भएकाे छ । अधिवेशनले साहित्यकार ताराबहादुर बुढाथोकीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । 
प्रलेस कोशी प्रदेश अध्यक्ष तीला लेकालीको प्रमुख आतिथ्य र केन्द्रीय सदस्य बोधकुमार घिमिरे र प्रलेस प्रदेश सचिव राजेन्द्र सर्वहारा, उदयपुर जिल्ला सचिव फणिन्द्र विश्वकर्मासमेतको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनले बुढाथोकीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । 
संघको सचिवमा सनम थापा, सहसचिवमा कवि राम गुरुङ, कोषाध्यक्षमा तारा घिमिरे, सदस्यहरुमा  साहित्यकार कृष्ण चापागाईं, गीताञ्जली कटुवाल र पार्वती नेपाली चयन भएको निर्वाचन कमिटीका संयोजक मानसिंह पोखरेलले जानकारी दिए । 
संघको प्रथम बैठकले लक्ष्मी ढुंगाना, प्रदेश प्रतिनिधि राजेन्द्र सर्वहारा निरौला र कृष्णबहादुर चापागाईलाई केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ । केही पदहरु जातीय, क्षेत्रीय, लैंगिक, भौगोलिक सन्तुलन मिल्ने गरी मनोनित गर्दै जाने गरी समिति गठन भएको छ । 
नेपाली राजनीतिक आकाशमा मडारिएको विकृतिविरुद्ध जनवादी संस्कृतिको निर्माणमा लेखन कार्यलाई निरन्तरता दिने तथा प्रगतिशील विचारलाई सहकार्य र एकताका आधारमा उन्नतितर्फ अघि बढाउन गतिरोधको अन्त्य गर्न समिति क्रियाशील रहने नवनिर्वाचित अध्यक्ष बुढाथोकीले प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *