चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता : ८ टिम फाइनलमा - साझाकुरा
शुक्रबार, माघ २४, २०८२

चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता : ८ टिम फाइनलमा


editor@sajhakura March 16, 2025

चैत्र ३
सङ्खुवासभाको मादी नगरपालिकामा चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा ८ टिम फाइनल प्रवेश गरेका छन् । मादी नगपालिकाको आयोजनामा बिहीबार बाट सुरु भएको राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको तेस्रो दिन सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् ।आज तेस्रो दिन ओखरबोटे बजारको कभर्डहलमा भएको चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल खेलबाट ८ टिम फाइनल प्रवेश गरेका छन् ।
पुरुष डबल भेट्रान्स तर्फ पोखराका विशाल खड्का, मोरङका उत्तम सिम्खडा र सङ्खुवासभाका अमर विष्ट र राजु श्रेष्ठ फाइनल प्रवेश गरेका छन् । खुल्ला पुरुष डबल तर्फ उदयपुरका विनय चौधरी,मोरङका लाक्पा शेर्पा र सङ्खुवासभाका सुनिलजंग कार्की भोजपुरका विशाल तामाङ फाइनल प्रवेश गरेका छन् । पुरुष डबस बि डिभिजन तर्फ सङ्खुवासभाका दिनेश राई, दिवन तामाङ र सङ्खुवासभाका संदिपभगत र गंगालाल श्रेष्ठ फाइनल प्रवेश गरेका छन् । त्यस्तैगरी महिला डबल उदयपुरका रोजी राई, सृष्टि राई र इलामकी निशाम हाङ्मा सुब्बा र सङ्खुवासभाकी एलिना श्रेष्ठ फाइनल प्रवेश गरेका छन् । विकास, अनुशासन र गतिशिलताका लागि पृथक पहिचान मादी नगरपालिकाको शान भन्ने नाराका साथ बिहीबार बाट ओखरबोटे बजारमा चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा कोशी,मदेश, बाग्मती र गण्डकी प्रदेशका विभिन्न राष्ट्रिय खेलाडीहरुको सहभागी जनाएको मादी नगरपालिका नगर प्रमुख जीवन लिङ्थेपले बताए । ब्याडमिन्टन प्रतियोगितामा ५९ वटा टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ । राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको समापन चैत ३ गते हुनेछ ।
श्राेत: भवीन कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *