पत्रकार महासंघको अगुवाईमा टुडिखेल रंगशालाको अनुगमन - साझाकुरा
बिहिबार, फाल्गुन २१, २०८२

पत्रकार महासंघको अगुवाईमा टुडिखेल रंगशालाको अनुगमन


editor@sajhakura May 16, 2025

संखुवासभा जेष्ठ २
स्तरोन्नतिको क्रममा रहेको खाँदबारी नगरपालिका ७ स्थीत टुडिखेल रंगशालाको सर्वपक्षिय टोलिद्धारा अनुगमन गरिएको छ ।
नेपाल पत्रकार महासंघको अगुवाईमा जिल्ला समन्वय प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, खाँदबारी युथक्लवका अध्यक्ष सुरेन शाक्य, स्थानीय ७ नं. वडाका जनप्रतिनिधी र संचारकर्मीहरुको सहभागितामा अनुगमन गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले जानकारी दिए ।
खाँदबारी नगरपालिका ७ मा रहेको उक्त खेल मैदानको स्तरोन्नतिका लागि खाँदबारी नगरपालिकाले रु १ करोड र कोशी प्रदेश सरकारको रु १ करोड गरि दुई करोडको लगानीमा स्तरोन्नतिको काम भैरहेको खाँदबारी नगरपालिकाका ईन्जिनियर रुद्र घिमिरेले जानकारी दिए ।
खाँदबारी नगरपालिकाका पहिलो मेयर स्वर्गिय किरण शाक्यको कार्यकालमा खरिद गरिएको उक्त खेल ग्राउण्डको स्तरउन्नति गरि पुर्ण मापदण्डको खेल ग्राउण्ड निर्माणका लागि स्थानीय खाँदबारी युथ क्लव र तिनपोखरी युवा क्लवका युवाहरुले बिषेस चासो देखाउँदै आएका छन् । स्तरोन्तति हुँदैगरेको उक्त खेल ग्राउण्डलाई थप ब्यवस्थीत गर्न र खेल क्षेत्रको बिकासमार्फत खेल पर्यटनको प्रवर्धनमा खेलप्रेमी युवाहरुले गरेको खवरदारी प्रशंसनीय रहेको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए । समन्वय प्रमुख शाक्यले एक पटक निर्माण भैसकेको संरचना पुन भत्काउन लामो समय लाग्ने भएकाले दिर्घकालिन सोचका साथ निर्माण कार्यगर्नूृपर्ने सुझाव दिँदै खेलग्राउण्डमा निर्माण भैरहेको प्याराफिटलाई थप आकर्षक र गुणस्तरिय बनाउन निर्माण ब्यवसायी र प्राबिधिकलाई निर्देशन दिएका छन् ।
खाँदबारी नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक महेश्वरा श्रेष्ठ बज्राचार्यले आफुपनि खेल क्षेत्रमै समर्पित ब्यक्ति भएकाले खेल ग्राउण्ड स्तरोन्नतिको कार्यलाई बिषेस चासोका साथ निगरानी गरिरहेको बताईन् । स्थानीय युवाहरुले खेलग्राउण्डको निर्माण कार्यमा बिषेस खवरदारी गरिरहेकोमा आफुलाई खुशी लागेको उनको भनाई थियो ।
जिल्ला प्रशासन कार्यालय संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे र संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतले खेलग्राउण्ड मुनी रहेको केहि जग्गा खरिद गर्न आवश्यक रहेको सुझाव दिएका थिए ।
खाँदबारी युथ क्लवका अध्यक्ष सुरेन शाक्यले स्तरोन्नतिको कामलाई थप आकर्षक, गुणस्तरिय र पुर्ण मापदण्ड सहित सम्पन्न गर्न खाँदबारी युथ क्लव र तिनपोखरी युवा क्लव मात्रै नभएर सबै सरोकारवालाहरुको बिषेस निगरानी आवश्यक भएकोमा जोड दिए ।
खाँदबारी नगरपालिकाका प्राबिधिक रुद्रमणी घिमिरेले स्तरोन्नतिको कामलाई तिब्रता दिई समयमै काम सम्पन्न गर्ने र सर्बपक्षिय अनुगमन टोलिको सुझाव अनुशार डे«नको केहि भागलाई पर सारेर भित्तापटिको केहि भाग पुननिर्माण गरि थप गुणस्तर र आकर्षक बनाउने प्रतिवद्धता जनाएका थिए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले पत्रकार महासंघको अगुवाईमा गरिएको खेल मैदान अनुगमन निरिक्षणमा महत्वपुर्ण राय सल्लाह सुझाव दिने सबै सहभागिहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *