बैसाख २२
सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाहरूको ऋण नतिर्ने ऋणी, सञ्चालक र जमानीकर्ताहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय’ ले एक जरुरी सूचना जारी गर्दै उक्त चेतावनी दिएको हो ।
सूचना अनुसार तोकिएको समयभित्र ऋणको साँवा, ब्याज र हर्जाना भुक्तानी नगरेमा ऋणीहरूलाई सार्वजनिक सेवामा रोक लगाउने भएको हो।
खानेपानी (धारा), बिजुली (बत्ती) र अन्य सिफारिस जस्ता सार्वजनिक सेवाहरू रोक्का गरिने सूचनामा उल्लेख छ ।