लुम्बिनीमा भुमिगत बंकर बनाउँदै अमेरिकी संस्था - साझाकुरा
बुधबार, जेष्ठ २७, २०८३

लुम्बिनीमा भुमिगत बंकर बनाउँदै अमेरिकी संस्था


editor@sajhakura June 9, 2026

लुम्बिनीको भावी गुरुयोजनाविपरीत अमेरिकी संस्था राडरिक यासे इन्कले भूमिगत बंकर निर्माण गरेको भन्दै बिबाद उत्पन्न भएको छ । सन् २०१३ मा युनिभर्सल पिस सेन्चुरीका नामबाट राडरिक यासे इन्क नामक संस्थाले लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको शान्तिवार्ताका लागि सुबिधा सम्पन्न बैठक÷ सम्मेलनस्थल बनाउने अभियानस्वरूप धर्मगुरु साल्पा रिम्बोचेले पुर्वाधार निर्माण अभियान सुरु गरेको थियो ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको संरचनाको हालसम्म ३० प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको उल्लेख गरिएको छ । तर, उक्त राडरिक यासे इन्क नामक संस्थाले विभिन्न सरकारका पालामा थप दुईवटा प्लट लिई भूमिगत बंकर नै निर्माण गर्न थालेपछि बिवाद सतहमा आएको स्थानीयको भनाई छ ।
लुम्बिनी शान्तिभुमीमा लुम्बिनी विकास कोषले उपलब्ध गराएको जग्गामा भूमिगत बंकर निर्माण गरिएपछि युनिभर्सल पिस सेन्चुरीका धर्मगुरु साल्पा अहिले विवादको घेरामा आएका हुन् । विभिन्न मुलुकमा एक रुपैयाँ अभियान चलाएर संरचना निर्माण गर्न सन २०१३ बाट अभियान सुरु गरेका साल्पाले योजना समयमै निर्माण सम्पन्नभन्दा पनि सशंकित काम बढी गर्न थालेको भन्दै लुम्बिनी विकास कोषले आपत्ति प्रकट गरेको छ ।
विभिन्न सरकारका समयमा पटक–पटक गरी तीनवटा प्लटसम्म हात पार्न सफल रहेका गुरुले लुम्बिनी विकास कोषको स्वीकृतिविना भूमिगत बंकर निर्माणका लागि पार्किङस्थलमा समेत संरचना बनाउन थालेपछि कोषले आपत्ति जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *