असार १८
दैलेख : कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा परेको यात्रुवाहक गाडी १४ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुमान गरेकाे छ।
आज सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००ख १०५५ नम्बरको गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो।
दुर्घटनास्थल एक जना पहिचान नखुलेका पुरुषको शव फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। सो गाडी अनियन्त्रित भई नदीमा खसेको अनुमान गरिएको छ।
दुर्घटनास्थलमा उद्धारका ३५ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ।