श्रीमती हत्या गर्ने नेपाली ब्रो र प्रेमिका आचार्य दुवैजना कारागार चलान, २ जना धरौटीमा रिहा - साझाकुरा
शनिबार, असार २०, २०८३

श्रीमती हत्या गर्ने नेपाली ब्रो र प्रेमिका आचार्य दुवैजना कारागार चलान, २ जना धरौटीमा रिहा


editor@sajhakura July 2, 2026

असार १८
अफ्ना श्रीमती हत्या प्रकरणमा पक्राउ परेका ‘नेपाली ब्रो’ नामले परिचय बनाएका कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई कारागार चलान गरिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । अदालतको आदेशपछि अब कारागार चलान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
श्रीमती ईश्वरी भुजेलको हत्या गरेपछि प्रहरीले नेपाली ब्रोलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
त्यसपछि यो प्रकरणमा नुवाकोट घर भएका ३८ वर्षी नेपाली ब्रोसहित उनकी प्रेमिका जुम्ला घर भएकी २५ वर्षीया प्रतीक्षा आचार्य, नेपाली ब्रोका भाइ विक्रम थापा मगर र साथी पुजन थापा क्षेत्री पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *