राजकीय सम्मानसहित संविधानसभा अध्यक्ष नेम्वाङको अन्त्येष्टि गरिंदै(फोटो फिचर) - साझाकुरा
शनिबार, माघ २५, २०८२

राजकीय सम्मानसहित संविधानसभा अध्यक्ष नेम्वाङको अन्त्येष्टि गरिंदै(फोटो फिचर)


admin September 14, 2023

सोमबार राति हृदयघातबाट निधन भएका संविधानसभा अध्यक्ष तथा नेकपा एमाले नेता सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ ।

नेम्वाङको गत सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको थियो ।

संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा गरिएको छ ।
नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा गरेको हो ।

बालुवाटारबाट शुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुर्याइँदैछ ।नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ अन्त्येष्टि हुँदैछ ।

राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएकोले आज नेपाल सरकारले देसभर शोक बिदाको घोषणा समेत गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *