मंशिर १८
सुनसरीको धरानमा प्रहरीले गोली हानेर पक्राउ गरेको गाँजासहितको गाडी चालकलाई प्रहरीले सार्वजनिक गरेको छ।मंगलबार राति सरकारी नम्बर प्लेटको दुईवटा स्कार्पियो गाडीमा गाँजा बोकेर धनकुटाबाट धरान आउँदै गरेको गाडीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
पक्राउ परेका चालक, गाडी र गाँजा बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हाे ।
गाँजा बोकेको गाडि नियन्त्रणमा लिने क्रममा बा १ झ ५१२७ नम्बरको गाडीका चालकले गाडी भगाएको हुँदा इन्सास राईफलबाट ४ राउण्ड गोली फायर गरेर गाडी नियन्त्रणमा लिएको डीएसपी तिमल्सिनाले बताए। उनले गाडीका चालक मोरङको सुन्दरहरैचा नगरपालिका-११ बस्ने बर्ष ३६ को श्याम कुमार विश्वकर्मालाई तत्काल नियन्त्रणमा लिएको र अर्को बा १ झ ५१२७ नम्बरको गाडीका चालक फरार रहेकाले खाजि भैरहेकाे बताए ।
उनिहरुले चलाएकाे बा १ झ ४६०५ नम्बरको गाडीबाट ३ सय ६५ केजी र ३ सय ३५ केजी गाँजा गरि ७ सय केजी गाँजा बरामद गरिएको धरानका डीएसपी प्रकाश जबेगुले बताए।