editor@sajhakura, Author at साझाकुरा - Page 21 of 97
आइतवार, असार १४, २०८३

Author: editor@sajhakura

तिनपोखरी कप चुलाचुली झापाले जित्यो
खेलकुद, समाचार

तिनपोखरी कप चुलाचुली झापाले जित्यो

संखुवासभा माघ १ सङ्खुवासभाको खाँदबारीमा शुक्रबारबाट सुरु भएको दोस्रो “तीनपोखरी कप” आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधी चुलाचुली फुटवल क्लव झापाले जितेको छ । आज भएको फाईनल खेलमा आयोजक तिनपोखरी युवा क्लवलाई हराउँदै चुलाचुलीले उपाधि जितेको हो । खेलकाे मध्यान्तर अगाडी एक गोल अन्तरले पछि परेको तिनपोखरीले हाफ टाईम पछि खेलको लयमा सुधार ल्याउँदै एक गोल फर्काउन सफल भएपनि खेलको करिव अन्तिम २० मिनेटमा चुलालुली झापाले एक गोल थप्दै एक का बिरद्ध दुई गोल बनाउन सफल भएको थियो । प्रतियोगिताको विजेता चुलाचुली फुटवल क्लव झापाले ट्रफीसहित नगद दुई लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ भने आयोजक तिनपोखरीले उप विजेता बन्दै नगद एक लाख १० हजार हात पारेको प्रतियोगिता संयोजक झलकलाल कुसुलेले जानकारी गराए। ...
संखुवासभामा मनाईयाे याेग सप्ताह
समाचार, स्वास्थ्य

संखुवासभामा मनाईयाे याेग सप्ताह

आज राष्ट्रिय योग दिवस : संखुवासभामा पनि रुपमा सप्ता मनाईयाे माघ १ आज राष्ट्रिय योग दिवस मनाइँदैछ । योगको महत्वबारे सबैलाई थाहा दिने उदेश्यले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइने गरिन्छ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज दशौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । योगले तनावमुक्त हुन र बाथ, दम, उच्च रक्तचाप, मोटोपनजस्ता दीर्घ रोगबाट बच्न सहयोग हुने योगका जानकारहरु बताउँछन् । योग गुरु पोख्रेलकाअनुसार योग गर्दा सम्पूर्ण शरीरको रगत सञ्चालन सक्रियसँगै शरीरका बिकारहरु क्रमशः हट्दै जान्छ । नियमित योगाभ्यास गर्नाले शरीरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने भएकाले हिजोआज ठाउँठाउँमा योग शिविर तथा योग कक्षा सञ्चालन हुने गरेका छन् ।  संखुवासभामा पनि विभिन्न कार्यक्रम गरि याेग सप्ताह मनाईएकाे छ । जिल्लामा रहेका...
चिरखाङबासिकाे प्राण रक्षाकाे बिषयमा अन्तरकृया
समाचार

चिरखाङबासिकाे प्राण रक्षाकाे बिषयमा अन्तरकृया

पाैष २९ नेपाल पत्रकार महासंघ जिल्ला शाखाले संखुवासभाको मकालु गाउँपालिका १ चिरखाङ्गका पहिरोको जोखिममा रहेका १३ घरलाई जोगाउन जिल्लाका सरोकारवालाहरुका बिच एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यको अध्यक्षता तथा जिल्ला दैवीप्रकोप उद्धार समिति संखुवासभाका अध्यक्ष प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काको प्रमुख आतिथ्यतामा खाँदबारी नगरपालिकाको सभाहलमा आईतबार पत्रकार मेघराज तामाङ्गद्वारा निर्मित बृत्त चित्र प्रदर्शनी समेत गरिएको थियो । प्राण रक्षाको खोजिमा चिरखाङ्बासी नामक बृत्त चित्र मार्फत उक्त स्थानको भौगोलिक अवस्था त्यहाँ बाढिपहिरोका कारण बर्षेनी स्थानीय बासिन्दाले भोग्न परेका पिंडा र उनिहरुको जिवनशैलीका कारेमा जानकारी दिईएको थियो । उक्त कार्यक्रममा बिशिष्ट अतिथीका रुपमा मकालु गाउँपालिकाका अध्यक्ष वाङ्दी शेर्पा, जिल्ला स्थीत राजनिति...
तीनपोखरी कप फुटबल : मोरङ र झापा सोमिफाइनलमा प्रवेश पाैष २७
खेलकुद, समाचार

तीनपोखरी कप फुटबल : मोरङ र झापा सोमिफाइनलमा प्रवेश पाैष २७

सङ्खुवासभाको खाँदबारीमा जारी “तीनपोखरी कप” आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा मोरङ र झापा प्रवेश गरेका छन्। शनिबार भएको खेलमा बुल्स–११ फुटबल क्लब मोरङ र चुलाचुली स्पोटिङ क्लब झापाले सेमिफाइनलको यात्रा तय गरेको छ।  सित्तलपाटी फुटबल सङ्खुवासभालाई २–१ गोल अन्तरले बुल्स–११ ले पराजित गरेको हो। पहिलो हाफको ३० औं मिनेटमा सित्तलपाटीका विजय धिमालले १ गोल गरेका थिए। खेलाको दोस्रो हाफको ७ औं मिनेटमा बुल्स–११ का रोसनकुमार माझी र ३० औं मिनेटमा निस्चल खड्काले गोल गर्दै बुल्स–११ लाई विजयी गराएका हुन्। बुल्स–११ माझीले पेनाल्टी मार्फत गोल गरेका थिए।  त्यसैगरी दोस्रो खेलमा चुलाचुली स्पोटिङ क्लब झापाले २–१ गोल अन्तरले एडभान्स क्लब मानेभञ्ज्याङलाई पराजित गरेको छ। खेलको पहिलो हाफको ३ औं मिनेटमा एडभान्सका बसन्त ओझाले गोल गरेका थिए। चुलाचुलीका तीर्थ बस्नेतले पहिलो हाफको ३० औं मिनेटमा पेनाल्टी मा...
तामाङ्गको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै फोनिजको पाँचौं जिल्ला अधिवेशन सम्पन्न  (फोटोफिचर सहित)
समाचार

तामाङ्गको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै फोनिजको पाँचौं जिल्ला अधिवेशन सम्पन्न (फोटोफिचर सहित)

संखुवासभा पौष २७ नेपाल आदिबासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको पाँचौं जिल्ला अधिवेशन खाँदबारीमा सम्पन्न भएको छ । मेघराज तामाङ्गको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । समितिको उपाध्यक्षमा दृश्या दिब्या राई, सचिवमा सुरेन शाक्य, सहसचिवमा समिक्षा मगर, कोषाध्यक्षमा खेवाहाङ्ग मेवाहाङ्ग, र सदस्यहरुमा मोहन कुमार राई, प्रजिना शाक्य, साजन राई र जयकुमार राई सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । त्यसैगरि केन्द्रिय परिषद सदस्यहरुमा कृष्णराज शाक्य, दीपेन्द्र शाक्य र निलम श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छनभने प्रदेश परिषद सदस्यहरुमा नवीन गुरुङ्ग, सुजन बज्राचार्य, ध्यान कुलुङ्ग र अश्मि याख्खा सर्वसम्मत रुपमा चयन भएका छन् । निर्वाचित पदाधिकारी, कार्यसमिति, केन्द्रिय परिषद सदस्य र प्रदेश परिषद सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि खादामा...
संखुवासभामा याेग सप्ताह शुरु
खेलकुद, समाचार, स्वास्थ्य

संखुवासभामा याेग सप्ताह शुरु

स्वास्थ्य जीवन, शान्त मन–समृद्ध समाजका लागि सत्सङ, योग, प्राणायाम र ध्यान भन्ने नाराका साथ जिल्ला योग समन्वय समिति संखुवासाभाको आयोजनामा जिल्लाका बिभिन्न क्षेत्रमा आजबाट योग शिवीर संचालन शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले आज सदरमुकाम स्थीत आयुर्बेद कार्यालयको सभाहलमा योग शिवीरको उद्घाटन गर्नूभएको थियो भने खाँदबारी ८ पाठकगाउँमा रहेको श्री आदर्श बिद्या मन्दीर पाठक गाउँमा पनि योग शिवीर संचालन गरिएको थियो । खाँदबारी ८ मा भएको सप्ताहब्यापी योग कार्यक्रमको खाँदबारी नगरपालिकाका कार्यबाहक प्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य र शिक्षा बिकास तथा समन्वय प्रमुख गोपालमान भण्डारीबाट समुद्घाटन गरिएको थियो । योग शिवीरमा करिव २ सय जनाको सहभागिता रहेको जिल्ला योग समन्वय समितिका संयोजक भिम बहादुर कट्टेलले जानकारी दिनुभयो । वहाँले जिल्लामा रहेका ब्रम्हकुमारी राजयोग सेवा केन्द्र, पतञ...
संबृद्ध बहुउदेश्यिय सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभा मनायो
अर्थ/व्यापार, समाचार

संबृद्ध बहुउदेश्यिय सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभा मनायो

संखुवासभा पौष २३ संखुवासभाको खाँदबारीमा रहेको संबृद्ध बहुउदेश्यिय सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभा आज खाँदबारीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बिजय कालधनको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथीका रुपमा खाँदबारी नगरपालिकाका कार्यबाहक नगरप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य रहनुभएको थियो । कार्यक्रममा खाँदबारी स्थीत बित्तिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, जिल्ला जिल्ला सहकारी संघका प्रमुख तथा प्रतिनिधी, बचत कर्ता र संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । पछिल्लो समय सहकारीहरुमा बिभिन्न समस्याहरु रहेपनि नयाँ बिचार र नयाँ सोंचका साथ संबृद्ध बहुउदेश्यिय सहकारी संस्थाले जिल्लामा बिभिन्न रचनात्मक कार्यहरु गर्दैआएको छ । बचत संकलन, ऋण लगायत यस सहकारीले वातावरणीय सरसफाई, यातायात सेवा हरीयाली अभियान, शैलुन संचालन लगायतका कार्र्यहरु गर्दैआएको छ । तेश्रो बार्षिक साधारण सभा ख...
दाहालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन सम्पन्न
मनोरन्जन, समाचार

दाहालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन संखुवासभाको खाँदबारीमा सम्पन्न भएको छ । तदर्थ समितिका सभापति नवीन दाहालको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय सदस्य रमेश आचार्य बिशिष्ठ अतिथीहरुमा कोशीप्रदेश लोक दोहोरी प्रतिष्ठानका संयोजक रोम घिमिरे, प्रतिष्ठानका कोशी प्रदेश सचिव सुशिल भट्टराई, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कृष्णराज शाक्य लगायत जिल्लाका लोक संगितको क्षेत्रमा कृयाशिल गायक सर्जक र श्रष्टाहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा राष्ट्रिय लोक दोहारी प्रतिष्ठानका केन्द्रिय सदस्य रमेश आचार्यले अहिले लोकदोहारी गायक र सर्जकहरुमाथी अन्य पश्चिमा शैलिहरुको प्रहार बढ्दै गएको भन्दै लोक दोहोरी नेपाली मौलिक समाजको चित्रण भएकाले लोक गित र लोक संगितको संरक्षण र प्रवर्धनका लागि सबै पक्षको सहयोग आवश्यक भएकोमा जोड दिनुभएक...
तिनपोखरी समाज बिकास क्लवले खाँदबारीमा दोश्रो तिनपोखरी कप आमन्त्रीत पुरुष फुटवल प्रतियोगिता गर्ने
खेलकुद, समाचार

तिनपोखरी समाज बिकास क्लवले खाँदबारीमा दोश्रो तिनपोखरी कप आमन्त्रीत पुरुष फुटवल प्रतियोगिता गर्ने

खेलकुद, संस्कृति र पर्यटन, सम्बुद्ध समाज हाम्रो अभियान भन्ने नाराका साथ संखुवासभा खाँदबारी स्थीत तिनपोखरी समाज बिकास क्लवले सदरमुकाम खाँदबारीमा दोश्रो तिनपोखरी कप आमन्त्रीत पुरुष फुटवल प्रतियोगिताको आयोजना गर्नेभएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै क्लवका अध्यक्ष मिनेश चापागाईंले पौष २६ गते देखि माघ १ गते सम्म फुटवल प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो । ३ बिभागिय सहित ८ टिमको सहभागिता रहने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २ लाख २५ हजार, दितिय हुने टिमले १ लाख १० हजार र तृतिय हुने टिमले नगद रु २५, २५ हजार र धिागत पुरस्कार २० हजार प्राप्त गर्ने तिनपोखरी कप आमन्त्रीत पुरुष फुटवल प्रतियोगिताको खेल संयोजक झलक कुशुलेले जानकारी दिनुभयो । कार्यक्रममा खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख टिका गौली, लगायत ज...
दलकै आडमा सार्बजनिक जग्गा अतिक्रमण
समाचार

दलकै आडमा सार्बजनिक जग्गा अतिक्रमण

पाैष २२ नेपाल संस्कृत विश्वविद्यालयको नौ सय बिघा जग्गा अतिक्रमण भएको पाइएको छ । विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन गर्न गठित समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई बुझाएको प्रतिवेदनमा राजनीतिक दलको संरक्षणमा जग्गा अतिक्रमण भएको उल्लेख छ । विश्वविद्यालयको १६ सय ६२ बिघा जग्गा रहेकोमा १३ सय ३६ बिघा देउखुरीमा छ । यसमध्ये ९ सय बिघा अतिक्रमण भएको हो । तीन सय २६ बिघा तुलसीपुर बेलझुन्डीमा छ । विश्वविद्यालय भएको ठाउँमा भने १० बिघा जग्गा अतिक्रमण भएको खोजबिन समितिको ठहर छ । विश्वविद्यालयको चार सय आठ बिघा जग्गामा मोही छ । जग्गा खोजबिन समितिका संयोजक उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलका अनुसार १० वर्षे द्वन्द्वको समयदेखि विश्वविद्याललयको जग्गा अतिक्रमण भएको देखिन्छ । तर, अतिक्रमणकारीको पहिचान गर्न भने समिति असफल देखिएको छ ।...