भक्तपुर क्यान्सर अस्पताल सरकारलाई हस्तान्तरण
काठमाडौ । स्वास्थ्य मन्त्री प्रदिप पौडेलले क्यान्सर रोगको उपचार नेपालमै सर्वसुलभ बनाउन सरकारले तयारी गरिरहेको बताउनु भएको छ । काभ्रेको बनेपामा आयोजित नेपाल अर्बुद रोग निवारण संस्थाको ३४ औं केन्द्रीयसभामा मन्त्री पौडेलले सो कुरा बताउनु भएको हो । क्यान्सर रोग विरुद्ध जनचेतना फैलाइ प्रतिकारात्मक कार्यबाट क्यान्सर रोग न्युनीकरण गर्न सकिने बताउदै मन्त्री पौडेलले देशभित्रै उपचार सर्वसुलभ बनाउन नीतिगत निर्णयहरु गरेर व्यवहारिक बनाउन प्रारम्भ भएको बताउनु भएको छ ।
केन्द्रीयसभामा नेपाल अर्बुद रोग निवारण संस्थाद्धारा तीन दशक अघि स्थापीत नेपालकै पहिलो भक्तपुर क्यान्सर अस्पताल स्वास्थ्य मन्त्री प्रदिप पौडेल मार्फत नेपाल सरकारलाई आधिकारिक रुपमा हस्तान्तरण गरिएको थियो । सरकार र संस्थावीच भएको द्धिपक्षिय समझदारीपत्र अनुसार सो अस्पताल भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठानादेश, २०७७ बमोजिम सञ्चालन हुन...









