नेपाल भुतपुर्व शैनिक संघ जिल्ला कार्य समिति संखुवासभाको तेश्रो जिल्ला अधिवेशन संखुवासभाको खाँदबारीमा सम्पन्न ÷ शेर्पाको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन ( फोटो फिचर)
संखुवासभा कार्तिक १६
नेपाल भुतपुर्व शैनिक संघ जिल्ला कार्य समिति संखुवासभाको तेश्रो जिल्ला अधिवेशन संखुवासभाको खाँदबारीमा सम्पन्न भएको छ । बिहिबार सदरमुकाम खाँदबारीमा भएको अधिवेशनले निम्छिरी शेर्पाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
बिहिबार सम्पन्न अधिवेशनबाट सचिवमा पर्शुराम राई, कोषाध्यक्षमा दीपक श्रेष्ठ, सदस्यहरुमा बालकुमार राई, दावादिकी शेर्पा, धनरुपा मगर र नरबहादुर गुरुङ्ग निर्वाचित भएका छन् ।
कार्यक्रमको प्रमुख अतिथी भुतपुर्व सैनिक संघका केन्द्रिय सदस्य केवलमान गुरुङ्ग रहनुभएको थियो भने बिशिष्ट अतिथीहरुमा काँग्रेसका कार्यबाहक जिल्ला सभापति अनन्तकुमार गौली, सचिव टकमान घले, कोशी प्रदेस सदस्य राजेन्द्र घले, खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया लगायतले शुभकामना मन्तब्य राख्दै भुतपुर्व शैनिक संघले राणाकाल देखिनै नेपाली प्रजातान्त्रिक पद्धतिलाई अंगाल्दै देशको स...









