बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै भालुवाङ बजार बन्द
कार्तिक ६
बालिका बलात्कार गर्ने आरोपीलाई पक्राउ नगरिएको भन्दै दाङको भालुबाङ बजार बन्द गरेका छन् ।
उनिहरुले आज मंगलबार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरको छ भने भालुबाङ बजार समेत पुर्णरुपमा बन्द गरेका छन् ।
गत असोज २४ गते सशस्त्र प्रहरी बलको क्याम्प नजिक पिङ खेल्न गएकी ८ बर्षीया बालिका बलात्कार गरिएको उनिहरुको आरोप छ । उक्त घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय भालुबाङले घटनाको अनुसन्धान अघि बढाएको बताएको थियो ।
पीडित बालिकालाई प्रहरीले संरक्षण गरेर राखेको छ भने ती बालिकासंगै रहेकी अर्की १५ बर्षीया बालिकालाई पनि प्रहरीले अनुसन्धानका लागि भन्दै कार्यालयमा संरक्षण गरेर राखेको जनाईएको छ ।
दुवै बालिका संग घटनाको बारेमा जानकारी लिने र संकास्पद व्यक्तिहरुसंग सोधपुछ भैरहेको प्रहरीको भनाई आएपनि हालसम्म कसैलाई पक्राउ गरिएको छैन ।
जिल्ला प्रहरी कार्यालय द...








