editor@sajhakura, Author at साझाकुरा - Page 58 of 89
आइतवार, चैत्र १, २०८२

Author: editor@sajhakura

आगलागिमा परि चार दिनमा ६ जनाको मृत्यु
समाचार

आगलागिमा परि चार दिनमा ६ जनाको मृत्यु

जाडोमा आगो ताप्दा र आगोको काम गर्दा सावधानी नपनाउँदा बितेको चार दिनमा ६ जनाको ज्यान गएको छ । हिजो बेलुकी अछामको मेल्लेख गाउँको एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परि ज्यान गएको छ । मेल्लेख गाउँपालिका–३ ठाटी दर्बाका जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको संयुक्त गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । चार दिनअघि मात्रै डडेलधुरा र मुुगुमा आगलागीमा परेर चार जनाको ज्यान गएको थियो । डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर १ मा आगो ताप्ने क्रममा निसासिएर सासू–बुहारीको तथा मुगुको खत्याड गाउँपालिका वडा नम्बर २ गोडेखोलामा आगलागीमा परेर दाजुबहिनीको ज्यान गएको थियो । ...
बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जना रिहा
समाचार

बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जना रिहा

बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई हाजिर जमानीमा रिहा गरिएकाे छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ र थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश दिएपछि प्रहरीले तीन जनालाई आज थुनामुक्त गरेकाे हो । अदालतको यो आदेशपछि चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुर थुनामुक्त भएको सीआईबीका एसपी नवराज अधिकारीले जनाए। ...
संखुवासभा मोवायल ब्यवसायी संघको दोश्रो बार्षिक साधारण सभा सम्पन्न
अर्थ/व्यापार, समाचार

संखुवासभा मोवायल ब्यवसायी संघको दोश्रो बार्षिक साधारण सभा सम्पन्न

संखुवासभा माघ २३, संखुवासभा मोवायल ब्यवसायी संघको दोश्रो बार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खाँदबारीमा भएको साधारण सभामा जिल्लाका करिव पाँच दर्जन मोवायल ब्यवसायीहरुको सहभागिता रहेको थियो । संघका अध्यक्ष कृष्णराज पुरीको सभापतित्वमा भएको साधारण सभामा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया प्रमुख अतिथी रहनुभएको थियो भने बिशिष्ट अतिथीहरुमा खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, संखुवासभाका प्रहरी नायव उपरिक्षक डिएसपी घनश्याम श्रेष्ठ, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान लगायत रहनुभएको थियो । संघका सचिव राज श्रेष्ठले संचालन गर्नूभएको कार्यक्रममा अध्यक्ष कृष्णराज पुरीले मोवायल ब्यवसायीहरुले भोग्न परिरहेका समस्या र जिल्लामा मोवायल ब्यवसायीको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै ...
पूर्वमन्त्री बुढाथोकीको ८० वर्षको उमेरमा निधन
समाचार

पूर्वमन्त्री बुढाथोकीको ८० वर्षको उमेरमा निधन

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । झापाको अर्जुनधारा नगरपालिका–८ का बुढाथोकी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट बिरामी हुनुहुन्थ्यो । उहाँको उपचारकै क्रममा गएराति विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिनुभयो । २०४३ सालमा उहाँ राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसपछि जलस्रोत राज्यमन्त्री बन्नुभएको थियो । २०६४ मा कांग्रेसका तर्फबाट झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य र २०७० सालमा संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । २०७३ सालमा उहाँ सामान्य प्रशासनमन्त्री हुनुभएको थियो । उहाँको शवयात्रासहित आजै अन्त्येष्टि गर्ने तयारी छ । बुढाथोकीको श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ।     उज्यालाे अनलाईनमा खबर छ ।...
रवि लामिछाने सहित १८ जनाविरुद्ध सहकारी ठगी मुद्दामा जाहेरी
राजनीति, समाचार

रवि लामिछाने सहित १८ जनाविरुद्ध सहकारी ठगी मुद्दामा जाहेरी

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने लगायत १८ जना बिरुद्ध सहकारी ठगी मुद्धामा सोमबार पिडितहरुको जाहेरी परेको छ । उनिहरु बिरुद्ध ज्ञालेक्सी फोरके टेलिभिजन संचालनका लागि सूर्यदर्शन बचत तथा ऋण सहकारी ऋण लिई नतिरेको आरोपमा पिडितहरुले सोमबार रास्वपा सभापति लामिछाने लगायत ज्ञालेक्सी टेलिभिजनसहित १८ बिरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गरेका हुन् । कास्की प्रहरीले सोमबार उजुरी लिएपनि दर्ता भने गरिसकेको छैन। जाहेरीमा संलग्नहरुकाबारेमा थप अनुसन्धान गरि केहि दिन पछि मात्र उजुरीलाई औपचारिक रुपमा दर्ता गर्ने कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले प्रतिवद्धता गरेका छन् । सहकारी पिडितहरुले रास्वपा सभापति लामिछाने र उनी संलग्न ज्ञालेक्सी टेलिभिजनसहित दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, सहकारीका सदस्य शिवकुमार गुरुङका म्यानेजर हरि अधिकारी, ने...
खाँदबारी नगरपालिकाद्वारा मंगलादेवी माविलाई एक थान इन्भटर हस्तान्तरण
शिक्षा, समाचार

खाँदबारी नगरपालिकाद्वारा मंगलादेवी माविलाई एक थान इन्भटर हस्तान्तरण

२२ माघ २०८० संखुवासभाको खाँदबारी नगरपालिका–७ स्थित मंगलादेवी माध्यमिक विद्यालयलाई  खाँदबारी नगरपालिकाले एक थान इन्भटर हस्तान्तरण गरेको छ । आज सोमबार एक कार्यक्रम बीच विद्यालयमा नै पुगेर खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुलाराम आले, विद्यालयका प्रअ योगेन्द्रबहादुर श्रेष्ठ र ७ नम्बरका वडाध्यक्ष देवबहादुर पुवाँर मगरलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।  कार्यक्रममा खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले नगरभित्रका सबै विद्यालयहरुलाई नगरपालिकाले सकेको सहयोग गरिरहेको बताईन् । उनले यस विद्यालयमा इन्भटरको आवश्यकता भएको माग भई आएकाले नगरले सहयोग गरेको बताईन् ।  खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्कीले विद्यालयलाई सहयोग गर्ने हेतुले ३०० वाटको सोलार र विजुली दुवै तरिकाबाट चल्ने इन्भ...
सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड रुपैयाँ जरिबाना
समाचार

सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड रुपैयाँ जरिबाना

विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ जरिबाना तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गर्दै फैसला सुनाएको हो ।  अदालतले हिजाे सजाय निर्धारण गर्दा पूर्वसांसद तामाङलाई तीन वर्ष कैद, बिगोबमोजिम एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिबाना हुने फैसला गरेको हो । सिभिल सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई यही माघ ७ गते अदालतले दोषी ठहर गर्दै हिजाे सजाय निर्धारणका लागि पेशी तोकेको थियो । उनकी श्रीमती सृृजना शाक्य तामाङलाई एक वर्ष ६ महिना कैद र एक अर्ब तीन करोड ५४ लाख ४३ हजार चार सय ८७ रुपैयाँ जरिबाना हुने फैसला गरेको छ । त्यही मुद्दाका केशवलाल श्रेष्ठको एक वर्ष ६ महिना कैद र २५ करोड ६५ लाख ८६ हजार एक सय २४ ...
सामाजिक संस्थाहरुद्वारा संयुक्त रुपमा विश्व क्यान्सर दिवस मनाईयाे
समाचार, स्वास्थ्य

सामाजिक संस्थाहरुद्वारा संयुक्त रुपमा विश्व क्यान्सर दिवस मनाईयाे

हेरचाहमा हुने असमानताकाे अन्त्य गराैं भन्ने नाराका साथ आज बिश्वभर विभिन्न चेतनामुलक कार्यक्रमका साथ विश्व क्यान्सर दिवस मनाईएकाे छ । दिवसका अवसरमा नेपाल अर्बुद राेग निवारण सस्था संखुवासभाले आज सदरमुकाम खाँदबारिमा दिप प्रज्वलन कार्यक्रमकाे आयाेजना गरेकाे छ । संखुवासभा उद्योग बाणिज्य संघ र खाँदबारी युथ क्लबसंगकाे सहकार्यमा खाँदबारिकाे पाेखरि पार्कमा आयाेजित कार्यक्रममा जिल्ला समन्वय प्रमुख सुमन शाक्य प्रमुख अतिथी रहनुभएकाे थियाे । बिशिष्ठ अतिथिका रुपमा नेपाल पत्रकार महासंघ संखुवासभा शाखाका अध्यक्ष ईन्द्र गिरी, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान, नेपाल भलिबल संघका केन्द्रीय सदस्य प्रबिण श्रेष्ठ रहनुभएकाे थियाे । अर्बुदका जिल्ला सचिब निरञ्जन श्रेष्ठले संचालन गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी समन्वय प्रमुख सुमन शाक्यले क्यान्सर राेगलाई प्राण घातक राे...
रुसी सेनामा भर्ती गरिएका नेपालीलाई स्वदेश फर्काउन परिवारको माग
समाचार

रुसी सेनामा भर्ती गरिएका नेपालीलाई स्वदेश फर्काउन परिवारको माग

रुसी सेनामा भर्ती गरिएका नेपालीलाई स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न परिवारले सरकारसँग आग्रह गरेका छन् । हिजो काठमाण्डौमा पत्रकार सम्मेलन गरेर परिवारका सदस्यहरूले परिबन्धले रुसी सेनामा भर्ती भएका उनीहरूको उद्धार गरी सकुशल स्वदेश फिर्ताको वातावरण बनाइदिन माग गरेका हुन् । कार्यक्रममा टिना घिमिरेले आफ्ना पति पदम घिमिरे केही महिनादेखि सम्पर्कविहीन पारिएकाले सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारसमक्ष आग्रह गर्नुभयो । उदयपुरका स्थायी बासिन्दा उहाँ नेपाली सेनाबाट अवकाश भएपछि करिब नौ लाख रुपैयाँ खर्चेर रुस जानुभएको परिवारले जनाएको छ । केही आफन्तहरू बेपत्ता भएको र केहीको अवस्था नाजुक रहेको भन्दै इलामकी सुमी चाम्लिङले भाइ राजकुमार मुखियाको खोजी गर्न सरकारसमक्ष आग्रह गर्नुभयो । उहाँले आफ्नो गाउँका विक्रम भुजेल र राजेन्द्र तामाङ पनि रुसी सेनामा भर्ती भएको र अहिले सम्पर्कमा नरहेकामा चिन्ता...
पर्यटन मन्त्रालयका तत्कालीन उपसचिव नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर
समाचार

पर्यटन मन्त्रालयका तत्कालीन उपसचिव नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

घुस रकमसहित पक्राउ परेका सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको हिजोको इजलासले नेपाललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो । इजलासले नेपाललाई एक वर्ष कैद सजाय र छ लाख रुपैयाँ जरिबाना हुने फैसला सुनाएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुुभयो । नेपालसँगै प्रतिवादी बनाइएका बीबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले भने सफाइ पाएका छन् । बीबी एयरवेजको इजाजतपत्र नवीकरणका लागि नेपालले १६ लाख रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धानको ठहर थियो । बीबी एयरवेजका कार्यकारी अधिकृत श्रेष्ठले भने नेपाललाई घुस नभइ सापटी दिएको बयान दिएका थिए । उपसचिव नेपाल २०७९ साउन १७ गते नागपोखरीको...