editor@sajhakura, Author at साझाकुरा - Page 59 of 89
आइतवार, चैत्र १, २०८२

Author: editor@sajhakura

पाकिस्तानी पूर्व प्रधानमन्त्री ईमरान खानलाई १० वर्षको जेल सजाय घोषणा
अन्तर्राष्ट्रिय, समाचार

पाकिस्तानी पूर्व प्रधानमन्त्री ईमरान खानलाई १० वर्षको जेल सजाय घोषणा

पाकिस्तानी पूर्व–प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ। इस्लामावादको विशेष अदालतले मङ्गलवार उनलाई सिफर मुद्दामा १० वर्षको जेल सजाय सुनाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । पाकिस्तानी पूर्व प्रधानमन्त्री खानसँगै उनका सहयोगी पूर्व मन्त्री शाह महमुद कुरैशीलाई पनि खान सरहै १० वर्षको जेल सजाय सुनाइएको त्यहाँको अदालतले फैसला गरेको छ । पुर्व प्रम खान र मन्त्री कुरैशीमाथि पाकिस्तानको अति गोप्य सूचना निजी प्रयोजनका लागि प्रयोग गरेको आरोप लगाइएको थियो। ...
प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस सङ्खुवासभामा पनि मनाइयो
अन्तरवार्ता

प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस सङ्खुवासभामा पनि मनाइयो

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सङ्खुवासभाले प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा प्रेस सेन्टरले खाँदबारीमा शुभाकामना आदानप्रदान कार्यक्रमा गरेको हो । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सङ्खुवासभाका अध्यक्ष अनिष विष्टको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्लाका पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सङ्खुवासभाका संयोजक टेकमान राईले शुभकामना मनतव्य राखे । त्यसैगरी पत्रकार महासंघ अध्यक्ष इन्द्र गिरी, महासंघका संस्थापक अध्यक्ष डा।मात्रिका तिम्सिना, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका जिल्ला अध्यक्ष भोल राई, खाँदबारी–६ वडा अध्यक्ष अर्जुन तामाङ, प्रेस युनिय जिल्ला सभापति दिपेन्द्र शाक्य, फोनिज जिल्ला अध्यक्ष नविन गुरुङले स्थापना दिवसको शुभकामना मनतव्य दिए । कार्यक्रमा...
विज्ञापनमा विदेशी कलाकारको प्रयोग गर्न नपाइने
समाचार

विज्ञापनमा विदेशी कलाकारको प्रयोग गर्न नपाइने

विज्ञापन बोर्डले सार्वजनिक स्थानमा राखिने होर्डिङ बोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ। बोर्डले आज आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरुको भूमिका’ विषयक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन ९नियमन गर्ने० ऐन, २०७६ जारी भएपछि यस क्षेत्रलाई नियमन र व्यवस्थित गरिएको बताए। उनले विज्ञापनमा स्वदेशी कलाकारलाई प्रोत्साहन दिन त्यस्तो प्रबन्ध गरिएको भन्दै सार्वजनिक स्थानमा राखिने होर्डिङ तथा सञ्चारमाध्यममा प्रकाशन, प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जानकारी दिए। ऐनको कार्यान्वयनका क्रममा विज्ञापन नियमन गर्ने नियमावली ९पहिलो संशोधन, २०८०० र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ जारी भई कार्यान्वयन ल्याइएको भन्दै अध्यक्ष हुमागाईँले सोको पालनामा सहयो...
गहना लुट्न वृद्धाको हत्या अभियाेगमा पक्राउ ( भिडियाे सहित )
अपराध, समाचार

गहना लुट्न वृद्धाको हत्या अभियाेगमा पक्राउ ( भिडियाे सहित )

संखुवासभा माघ १५ संखुवासभामा कानमा लगाएको सुनको रिङ लुट्न वृद्धाको हत्या गरेको रहस्य खुलेको छ। सोमबार जिल्ला प्रहरी कार्यालय संखुवासभाले वृद्धाको हत्या आरोपमा धरान जिरोप्वाइन्टका ३० वर्षीय दिपेन भन्ने आकाश राईलाई पक्राउ गरेकाे छ । आज उनलाई जिल्ला प्रहरी कार्यालय खाँदबारीमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएकाे हाे । हत्या आराेपी राईले गते माघ ६ गते खाँदबारी नगरपालिका– ९ तुम्लिङटारका ६२ वर्षीया दिलकुमारी घिमिरेको हत्या गरि फरार रहेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। हत्या अभियाेगि राईलाई सुनसरिकाे धरानबाट पक्राउ गरिएकाे डिएसपि श्रेष्ठको भनाई छ । प्रहरीले हत्या अभियाेग लागेका राईसंङ्ग मृतकबाट लुटिएकाे सुन खरिद गर्ने दुई जनालाई समेत पक्राउ गरि अनुशन्धान गरिरहेकाे जनाएकाे छ । यश अघि हत्या अभियाेगि राईले तुम्लिङटारमा ज्याला मजदुरिकाे काम गर्दै...
विश्वभर दादुराको जोखिम बढ्दै गएकोले अनिवार्य खोप लगाउन विश्व स्वास्थ्य संगठनको आग्रह
स्वास्थ्य

विश्वभर दादुराको जोखिम बढ्दै गएकोले अनिवार्य खोप लगाउन विश्व स्वास्थ्य संगठनको आग्रह

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वभर बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएको छ । यमन, भारत र काजकस्तानमा सङ्क्रामक रुपमा देखिएको दादुरा विश्वका सबै भागमा देखा परिरहेको डब्ल्यूएचओले जनाएको छ । केही वर्षदेखि दादुराविरुद्ध खोप लगाउने क्रम घट्न थाल्नु र दादुरा सङ्क्रमण बढ्दै जानु जोखिमपूर्ण रहेको हो । डब्ल्यूएचओको प्रतिवेदन अनुसार सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा दादुराका बिरामी १८ प्रतिशतले बढेका छन् भने विश्वव्यापी रूपमा मृतकको सङ्ख्या ४३ प्रतिशतले बढेको छ । गएको वर्ष युरोपमा दादुराको सङ्क्रमण ३० गुनाले बढेको पाइएको छ । आँखा रसाउनु, रातो हुनु र दुख्नु, रुघा र खोकी लाग्नु, बिरामी भएको महसुस गर्नु, मुखभित्र ससाना फोका देखा पर्नु, छालामा रातो वा खैरो खटिरा देखिनु दादुराका लक्षण हुन् । शुरुमा अनुहार र कानको पछाडि देखिने डाबर त्यसपछि शरीरका अरू भागमा पनि फैलने गर्छ । दा...
बर्षाैं देखि रोकिएको छुट जग्गा दर्ता खुला
समाचार

बर्षाैं देखि रोकिएको छुट जग्गा दर्ता खुला

जग्गाको नापजाँच भएको, दुई तीन पुस्ता देखि भोग चलन गर्दै आएको तर विभिन्न कारणले दर्ता नभएको छुट जग्गा दर्ता गर्न सरकारले खुला गरेको छ। विगत ८ वर्ष देखि छुट जग्गा दर्ता गर्न रोक लगाइएको थियो। भूमि व्यवस्था मन्त्रालयले बिहीबार राजपत्रमा सूचना निकाली छुट दर्ता गर्न खुला गरेको औपचारिक जानकारी गराएको छ। यसअघि पनि सरकारले पटक पटक सूचना निकाली छुट जग्गा दर्ता खुला गर्ने र बन्द गर्ने गरेको थियो। तर पछिल्लो पटक विगत ८ वर्ष देखि छुट जग्गा दर्ता गर्न बन्द गरिएको थियो। यसबाट जग्गाको नापजाँच भएको र भोगचलन गर्दै आएका जग्गाधनीहरू मर्कामा परेका थिए। उनीहरूले जग्गाको बेचबिखन गर्न, बैंकमा धितो राखी धरौटी लिन तथा नामसारी गर्न लगायतका सेवा पाउन सकेका थिएनन्। २०१९ सालमा जग्गा नापँजाच ऐन आए पछि २०२१ साल देखि २०५५ सालसम्म देशभरी जग्गा नापँजाच गरिएको थियो। यस अवधिमा जग्गा नाप जाँच गर्दा नाँपजाच भएको तर दर्ता ह...
३ हजारलाई शहीद घोषणा गर्ने प्रधानमन्त्री दाहालको उद्घोष
समाचार

३ हजारलाई शहीद घोषणा गर्ने प्रधानमन्त्री दाहालको उद्घोष

नेपाल सरकारले करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने तैयारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घोष गरेका छन्। शनिबार शहीद प्रतिष्ठान नेपालले काठमाडौंमा आयोजना गरेको एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनयुद्धको क्रममा सरकारले सहित घोषणा गर्न छुटाएका करिब ३ हजारलाई सरकारले सहित घोषणा गर्न लागेको बताए । उनले उक्त प्रस्ताव मन्त्रीपरिषद्बाट निर्णय भएर राजपत्रका प्रकाशित गर्ने काम अन्तिम चरणमा पुगेको खुलासा गरे । उनले आफु प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरु कोहि नछुटोस भनेर बिषेस ध्यान पुर्याईरहेको समेत खुलाए । प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धमा बेपत्ता भएकाहरुको ऐतिहाँसिक त्याग तपश्या र बलिदानीलाई कदर गर्न सरकारले ३ हजार बढिलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका थिए । ...
चीनमा आगलागीमा हुँदा ३९ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

चीनमा आगलागीमा हुँदा ३९ जनाको मृत्यु

एजेन्सी । चीनको जियाङ्सी प्रान्तको एउटा पसलमा आगलागी हुँदा ३९ जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । घाइते भएकाहरुको उपचार भइरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । भवनको तल्लो तल्लाबाट आगलागी शुरु भएको र अझै केही मानिस आगलागीमा फसेका बीबीसीको खबरमा उल्लेख छ । आगलागी पछि चिनियाँ राष्ट्रपति सी जिनपिङले विज्ञप्ति निकालेर देशमा पहिरो, आगलागीलगायतका आकस्मिक दुर्घटना बढिरहेकाले यसको नियन्त्रणका लागि डटेर लड्न सम्बन्धित निकायलाई आह्वान गर्नुभएको छ । यसअघि युनान प्रान्तमा गएको पहिरोमा परि ज्यान गुमाउनेको सख्या ३१ पुगेको बीबीसीले जनाएको छ ।...
राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदै : आजै नतिजा
राजनीति, समाचार

राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदै : आजै नतिजा

आज राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ । मतदान बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कार्यक्रम छ । राष्ट्रिय सभा सदस्यको १९ रिक्त पदका लागि सात प्रदेशबाट आठ राजनीतिक दलका ५१ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । एमालेबाट १९ पदमा उम्मेदवार छन् भने नेपाली कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । त्यस्तै जनमत पार्टीका २, राष्ट्रिय प्रजातन्त्र पार्टीका ७ र नेपाल मजदुर किसान पार्टीका ४ जना उम्मेदवार छन् । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष मतदाता हुने व्यवस्था छ । निर्वाचन आयोगका अनुसार कुल हजार ४७ मतदाता छन् । यीनै मतदाताहरुले १९ सदस्य चुन्नेछन् । निर्वाचनका लागि सातै प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र राखिएको छ । मतगणना आ...
आजदेखि श्री स्वस्थानीको व्रत शुरु
समाचार

आजदेखि श्री स्वस्थानीको व्रत शुरु

आजदेखि एक महिने श्री स्वस्थानीको व्रत शुरु गरिँदैछ । पौष शुक्ल पूर्णिमाका दिन शुरु गरिने श्रीस्वस्थानीको व्रत नेपाली हिन्दु समुदायले बिहीबारबाट शुरु गर्दैछन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानीको कथा साँझपख वाचन गर्ने र सुन्ने परम्परा छ । विधिपूर्वक व्रत बस्नेले नुहाएर दिउँसो महादेव र स्वस्थानी परमेश्वरीको पूजा गर्दछन् । ...