अन्तर्राष्ट्रिय Archives - Page 4 of 13 - साझाकुरा
शुक्रबार, माघ २४, २०८२

अन्तर्राष्ट्रिय

यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने
अन्तर्राष्ट्रिय, समाचार

यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने

भाद्र २३ यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन् । भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका विदेशी श्रमिक र पर्यटकलाई घर फर्किने अवसर दिन यूएईले आममाफी घोषणा गरेको हो । भिसा पाएर पनि यूएईको अध्यागमन नियम उल्लङ्घन गरेकाहरूले पनि आममाफी पाउनेछन् । यही सेप्टेम्बर १ अर्थात् गएको १६ गतेदेखि शुरू भएको आममाफी कार्यक्रम आउँदो अक्टोबर ३० अर्थात् कात्तिक १४ गतेसम्म चल्नेछ । यो नियम पर्यटन, भिसा सकिएका र कम्पनीबाट भागेका आप्रवासी कामदारको हकमा लागू हुनेछ । तर विना भिसा यूएई प्रवेश गरेका व्यक्तिहरूमा भने यो नियम लागू हुने छैन । नेपाली दूतावास अबुधाबीले गैरकानूनी रूपले बसोबास गरिरहेका नेपालीलाई आममाफीको सुविधा लिन अनुरोध गरेको छ । प्रक्रिया पूरा गरी नेपाल फर्केको व्यक्ति फेरि यूएई फर्किन चाहे कुनै बाधा नपर्ने पनि दूतावासले जना...
बङ्गलादेशमा बाढीका कारण दुई दर्जन बढिको मृत्यु, ५० लाख नागरिक प्रभावित
अन्तर्राष्ट्रिय, समाचार

बङ्गलादेशमा बाढीका कारण दुई दर्जन बढिको मृत्यु, ५० लाख नागरिक प्रभावित

भाद्र १० एजेन्सी लगातारको बर्षादका कारण आएको बाढीका कारण बंगलादेशमा २ दर्जन बढिको मृत्यु भएको छ भने ५० लाख बढि नागरिक प्रभावित बनेका छन् । बाढिपछि त्यहाँको जनजिवन अस्तब्यस्त भएका कारण औषधि, खानेपानी, खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको अभाव भएको अन्तरतष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । बङ्गलादेश सरकारले बाढि पिडितहरुलाई स्थापीत गर्न चाँडैनै राष्ट्रिय संकल्पको प्रस्तावको तैयारी गरेका छन् । त्यहाँका सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनूसले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने बिषयमा सरकारले काम अघि बढाएको बताए । साथै उनले भविष्यमा बाढीबाट हुने जोखिमलाई कम गर्ने विषयमा छिमेकी मुलुकहरूसँग छलफल सुरु गरिएको जानकारी दिए । बाढीका कारण त्यहाँका ११ जिल्ला सबैभन्दा बढी प्रभावित भएको बंगलादेश सरकारले जनाएको छ । बाढिका कारण त्यहाँ ४ लाखभन्दा बढी नागरिक बिभिन्न क्याम्पहरुमा जिवन निर...
एकै महिनामा ६० हजार नेपाली बिदेशिए
अन्तर्राष्ट्रिय, समाचार

एकै महिनामा ६० हजार नेपाली बिदेशिए

भाद्र ८ अघिल्लो एक महिना अर्थात श्रावण महिनामा बिदेशिने नेपालीका संख्या ६० हजार पुगको छ । वैदेशिक रोजगार विभागले चालु आव २०८१÷०८२ को शुरुआत साउनमा श्रम स्वीकृति लिएर ५९ हजार ५५० जना नेपालीले वैदेशिक रोजगारीको खोजिमा देश छाडेको जनाएको छ । साउनमा २५ हजार पाँच सयले संस्थागत रूपमा र १० हजार ७ सय ५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर बिदेश हानिएको रोजगार विभागले उल्लेख गरेको छ । बिभागले जीटूजी मार्फत ६ सय ६८ जना गएका छन् । साउनमा ५१ हजार ४३० जना पुरुष र ८ हजार ११४ जना महिला वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा देखिन्छ । बिदेश जानेमा तुलनात्मक रुपमा मलेसिया जानेको संख्या भने घटेको छ । यो श्रावणमा मलेसियामा १ हजार ३४४ जना मात्र गएका छन् । गत मार्चमा मलेसियाले आप्रवासी श्रमिक लैजान कटौती पछि यो संख्यामा कमी आएको बताईएको छ । गएको श्रावण महिनामा सबैभन्दा धेरै यूएई गएको विभागका निर्देशक...
वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या पाँच वर्षमा झन्डै तेब्बरले वृद्धि
अन्तर्राष्ट्रिय, समाचार

वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या पाँच वर्षमा झन्डै तेब्बरले वृद्धि

श्रावण २८ वैदेशिक रोजगारीमा जाने नेपाली महिलाको सङ्ख्या पाँच वर्षमा झन्डै तेब्बरले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार ५ वर्ष अघि कामको लागि २८ हजार ४३३ जना नेपाली महिला विदेश गएकोमा गत आर्थिक वर्षमा यो सङ्ख्या १ सय ८१ प्रतिशतले बढेर ८० हजार १ सय ७२ पुगेको छ । जसमध्ये संस्थागत श्रम स्वीकृति लिएर ३७ हजार ७१८ जना र व्यक्तिगत श्रम स्वीकृति लिएर २० हजार ६३५ महिला रोजगारीका लागि बिदेसिएका छन् । सरकारी प्रक्रियामार्फत कोरिया, इजरायल र बेलायत जाने महिलाको सङ्ख्या भने १ हजार २०४ जना रहेकोमा बेलायतमा नर्स कार्यक्रम अन्तरगत ४१ जना मात्रै गएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताउनुभयो । पछिल्लो समय शिक्षामा महिलाको पहुँच बढ्दै गएको र रोजगारीका लागि नयाँ नयाँ गन्तब्य बढ्दै गएकोले वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या बढेको उहाँले बताउनुभयो । यो खवरलाई सिआईएन खवर डट कमले प्राथमिक...
गाजाको विद्यालयमा इजरायली रकेट प्रहार, एक सय बढिको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

गाजाको विद्यालयमा इजरायली रकेट प्रहार, एक सय बढिको मृत्यु

श्रावण २६ गाजाको दराज जिल्लामा रहेको एउटा विद्यालयमा शनिबार बिहान भएको आक्रमणमा एक सय बढिले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश महिला, बालबालिका तथा वृद्धवृद्धा रहेका छन् । ईज्रायलको संभावित आक्रमणबाट बच्न बिद्यालयमा आश्रय लिईरहेका उनिहरु बिहानको नमाज पढिरहेको थिए । ठिक त्यसै समयमा विद्यालयमा एकपछि अर्को ३ वटा रकेट प्रहार गरिएपछि त्यहाँ आगलागि भएको थियो । उक्त बिद्यालय हमासको कार्यालयका रुपमा प्रयोग भैरहेको ईजरायलको दावी छ । त्यहाँ धेरै हमास आतंकवादीहरू लुकेर रहेकाले उक्त ठाउँलाई निसाना बनाईएको ईजरायलको दावी छ ।...
विद्यार्थीले अदालत घेरेपछि बङ्गलादेशका प्रधानन्यायाधीको राजीनामा
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

विद्यार्थीले अदालत घेरेपछि बङ्गलादेशका प्रधानन्यायाधीको राजीनामा

श्रावण २६ एजेन्सी आन्दोलनकारीले सबोच्च अदालतको घेराउ गर्दे हिंसात्मक आन्दोलन शुरु गरेपनि बङ्गलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले प्रधानन्यायधीशले राजीनामा दिएका छन् । आज आन्दोलनकारी विद्यार्थीले सर्वोच्च अदालत घेराउ गरेपछि प्रधानन्यायाधीश हसनले पदबाट राजीनामा दिनुभएको बीबीसी हिन्दीलाई उध्रित गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । आज बिहानैदेखि हज्जारौंको सङ्ख्यामा सहभागि आन्दोलनकारीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश हसनको राजीनामा माग गर्दै नाराबाजी सहित हिंसात्मक गतिबिधी गरेका थिए । आन्दोलनकारी विद्यार्थीले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्दै प्रधानन्यायाधीशसहित पुनरावेदन अदालतका न्यायाधीशको पनि राजीनामाको माग अघि सारेका छन्। प्रधानन्यायाधीश हसनले पूर्वप्रधानमन्त्री शेख हसिनाको पक्षमा नै काम गरिरहेको त्यहाँ आन्दोलनरत विद्यार्थीले आरोप लगाएका छन् । बङ्गलादेशमा नोबेल प...
हसिना र उनकी बहिनीलाई पक्राउ गरी सुपुर्दगी गर्न भारतलाई बङ्गलादेशको आग्रह
अन्तर्राष्ट्रिय, समाचार

हसिना र उनकी बहिनीलाई पक्राउ गरी सुपुर्दगी गर्न भारतलाई बङ्गलादेशको आग्रह

श्रावण २३ बङ्गलादेशको सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का अध्यक्ष एएम महबूब उद्दीन खोकनले भारतलाई शेख हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशसँग सुपुर्दगी गर्न आग्रह गरेका छन्। एससिबिए सभामा आयोजित पत्रकार सम्मेलनमा खोकनले भारतसँग सकारात्मक सम्बन्ध कायम राख्न चाहेको बताउँदै निर्दोश जनतामाथि दमन गरी सयौँको मृत्युका लागि उनीहरू जिम्मेवार रहेको र दुबैजनालाई बङ्गलादेश फिर्ता गरिनुपर्नेमा जोड दिए। बङ्लादेश नेशनलिस्ट पार्टी बिएनपी का संयुक्त महासचिवसमेत रहेका खोकनले बङ्गलादेशमा सङ्कटकाल घोषणाको विरोध गर्दै राजनीतिक गतिविधि र भ्रष्टाचारमा संलग्न सर्वोच्च अदालतका न्यायाधीशलाई एक हप्ताभित्र राजीनामा दिन आग्रह गरे। साथै आस्थाका आधारमा बन्दी बनाइएका सबै राजनीतिक बन्दीहरूको रिहाइको माग पनि गरे। बङ्गलादेशमा आरक्षण कोटा प्रणालीको विरोध गर्दैै विद्यार्थीहरूको नेतृत्वमा सुरु...
बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा मोहम्मद युनुस नियुक्त
अन्तर्राष्ट्रिय, समाचार

बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा मोहम्मद युनुस नियुक्त

श्रावण २३ तस्बिरः एजेन्सी बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुस नियुक्त भएका छन् । राष्ट्रपतिका सञ्चार सचिवले नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसलाई बङ्गलादेशको अन्तरिम सरकार प्रमुख बनाएको जनाएका हुन् । त्यहाँको राष्ट्रपति, सेना र विद्यार्थीबीचको संयुक्त बैठकपछि यो निर्णय गरिएको जनाईएको छ। मोहम्मद युनुसले यो कठिन समयमा आफूलाई नेतृत्व गर्न विद्यार्थीले गरेको आग्रहलाई ईन्कार गर्न नसकेको भन्दै हिजो नेतृत्वमा आउन सहमति जनाइ सकेका थिए । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना देस छाडेर भागेपछि त्यहाँका सेना प्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्दै अन्तरिम सरकार गठनको घोषणा गरेका थिए । बङ्गलादेशको अन्तरिम सरकार प्रमुख युनुस अहिले उपचारका क्रममा फ्रान्स पुग्नुभएको छ । सरकार प्रमुखमा नियुक्त भएपछि अहिले उनि स्वदेश फर्किने तयारीमा रहेको अन्तरा...
इरानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश, उपाधिका लागि भारतसँग खेल्ने
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

इरानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश, उपाधिका लागि भारतसँग खेल्ने

श्रावण २२ इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल लिगको फाइनलमा पुगेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दाेस्राे सेमिफाइनलमा नेपालले इरानलाई ३–० काे साेझाे सेटमा हरायाे । नेपालले पहिलाे सेट २५–२१, दाेस्राे सेट २८–२६ र तेस्राे सेट २५–२० ले जित्याे । याेसँगै नेपालले लिग चरणमा इरानसँगकाे हारकाे बदला लिएकाे छ । लिग चरणमा नेपाल इरानसँग ३–२ काे सेटमा पराजित भएकाे थियाे । अब नेपालले उपाधिका लागि भाेलि भारतसँग खेल्नेछ । आज भएकाे पहिलाे सेमिफाइनलमा श्रीलङ्कालाई ३–० काे साेझाे सेटमा हराउँदै भारत फाइनलमा पुगेकाे थियाे । ...
बंगलादेशको ढाकामा व्यापक लुटपाट
अन्तर्राष्ट्रिय, समाचार

बंगलादेशको ढाकामा व्यापक लुटपाट

श्रावण २२ बगंलादेशको राजधानी ढाकामा राजनितिक संकट गहिरिएपछि व्यापक लुटपाट र तोडफोडका घटनाहरु ब्यापक रुपमा भएका छन् । प्रदर्शनकारीहरूले गृहमन्त्री असदुज्जामान खानको धनमण्डीस्थित निवासमा ब्यापक तोडफोड मच्चाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। बीबीसी बगंलाका अनुसार, प्रदर्शनकारीहरूले मुख्य गेट तोडेर भवनमा प्रवेश गरि आगजनिसमेत गरेका छन् । प्रधानमन्त्रीको आधिकारिक निवास गणभवनमा पनि प्रदर्शनकारीले लुटपाट गरेका छन् । प्रदर्शनकारीहरूले शेख हसिनाको कार्यालयबाट फर्निचर र अन्य महत्वपुर्ण सामग्रीहरु समेत लुटेर लगेका छन् । प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री शेख हसिनाका पिता तथा स्वतन्त्रता संग्रामका नेता शेख मुजीबुर रहमानको मूर्ति पनि तोडफोड गरेका छन् । त्यसैगरि उनिहरुले शेख मुजीबुर रहमानको स्मृति संग्रहालय आगजनि गरि ध्वस्त बनाएका छन् । पूर्वी शहर सिल्हेटमा पनि उपयुक्त आयुक्त र प्रह...