अन्तर्राष्ट्रिय Archives - Page 6 of 14 - साझाकुरा
सोमवार, असार ८, २०८३

अन्तर्राष्ट्रिय

बंगलादेशी सेनाप्रमुखद्वारा अन्तरिम सरकार गठनको घोषणा
अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार

बंगलादेशी सेनाप्रमुखद्वारा अन्तरिम सरकार गठनको घोषणा

श्रावण २१ प्रधानमन्त्री शेख हसिना पदबाट राजीनामा दिई भारततर्फ लागेपछि त्यहाँको सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठनको घोषणा गरेका छन् । ‘सेनाप्रमुख जमानले सबै राजनीतिक दलसँगको छलफलपछि त्यहाँ अन्तरिम सरकार गठनको निर्णय गरिएको जानकारी दिएका छन् । उनले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग त्यहाँ उत्पन्न बिषम परिस्थीतिसंग जुझ्नका लागि आवश्यक पहलकदमी शुरु गर्नलागिएको बताएका छन् । उनले आन्दोलनको क्रममा भएका सबै सहित र तिनका परिवारलाई सरकारले न्याय सुनिश्चित गर्ने प्रतिवद्धता समेत जनाएका छन् । जनरल वाकरले प्रधानमन्त्री शेख हसिना आफ्नो पदबाट राजीनामा बुझाएर देश छाडेर गएको पुष्टी गरेका छन् ।...
पदबाट राजीनामा दिँदै प्रधानमन्त्री शेख हसिना बाजेदले बंगलादेश छाडिन्
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

पदबाट राजीनामा दिँदै प्रधानमन्त्री शेख हसिना बाजेदले बंगलादेश छाडिन्

श्रावण २१ बंगलादेशको राजधानी ढाकामा बढ्दो हिंस्रक तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिना राजिनामा बुझाएर अन्य देशमा पुगेको बिबिसिले जनाएको छ । त्यहाँ भैरहेको आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री हसिना पदबाट राजीनामा दिएर हेलिकप्टर मार्फत भारततर्फ गएको बीबीसीले उल्लेख गरेको । बंगलादेशमा प्रदर्शनका क्रममा हजारौं नागरिकले प्रधानमन्त्रीको निवासमा प्रवेश गरि तहल्का मच्याएकाले शुरक्षाका लागि भारत प्रस्थान गरेको उल्लेख गर्दै बिबिसिले प्रधानमन्त्री हसिनाले भिडियो सन्देश जारी गर्न खोजे पनि त्यो संभव नभएको बताएको छ । बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग अहिलेको अवस्थाबारेमा छलफल शुरु गरेको बताईएको छ । त्यसपछि सेना प्रमुखले अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । सेना, प्रहरी लगायत त्यहाँका शुर...
इजरायली आक्रमण पछि युद्धको चपेटामा मध्यपुर्व
अन्तर्राष्ट्रिय, समाचार

इजरायली आक्रमण पछि युद्धको चपेटामा मध्यपुर्व

श्रावण २० एजेन्सी । अमेरिकाले लेवननामा रहेका आफना देशका नागरिकहरुलाई तत्काल देश छोड्न आदेश दिएको छ । बेरुतस्थित अमेरिकी दूतावासले एक सुचना जारी गर्दै मध्यपूर्वमा बढ्दो तनावलाई मध्यनजर गर्दै तत्काल लेवनान छोड्न आदेश जारी गरेको छ त्यसका लागि तुरुन्त जुनसुकै प्रकृतीका टिकट लिइ अमेरिका फर्कन निर्देशन समेत दिएको छ । इराजयली आक्रमणमा हमास प्रमुखसहित अन्य नेताहरु मारिएसँगै इरानले इजरायलको बदला लिने चेतावनी जारी गरेपछि मध्यपुर्वमा थप युद्ध हुने सम्भावना बढेको छ । इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रको हत्या गरेको केही घण्टापछि हमास प्रमुख हानियाको हत्या गरेको थियो । यता जोर्डनको विदेश मन्त्रालयले पनि आफ्ना देशका नागरिकहरूलाई तुरुन्त लेबनान छाड्न आदेश दिएको छ । यस्तै क्यानाडाले आफ्ना नागरिकहरूलाई इजरायलको यात्राबाट बच्न अपील जारी गरेको छ । यसैबीच अमेरिकाले इरानको सम्भावित आक्...
बंगलादेशमा बिद्याथीहरुले फेरि शुरु गरे आन्दोलन
अन्तर्राष्ट्रिय, समाचार

बंगलादेशमा बिद्याथीहरुले फेरि शुरु गरे आन्दोलन

श्रावण १७ एजेन्सी । बंगलादेशमा केहि हप्ता अघि भएको प्रदर्शनका क्रममा पीडित भएकाहरूको न्यायका लागि भन्दै विद्यार्थीले फेरि आन्दोलन चर्काउन शुरु गरेका छन् । न्यायको माग गरेर भइरहेको प्रदर्शनले उग्र रुप लिँदै गएपछि प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच ठाउँ गाउँमा झडप भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । बैगलादेशको ढाका उत्तर–पूर्वी शहर सिल्हेट मा प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि शुरु गरेपछि शान्ति सुरक्षाका लागि प्रहरीले दमनको निति लिन बाध्य भएको बताईएको छ । राजधानी ढाका र अन्य शहरमा पनि झडप भएको अन्तराष्ट्रिय संचार माध्यम बीबीसीले उल्लेख गरेको छ । रोजगारीमा सेना प्रहरीलाई दिईएको कोटा प्रणाली खारेजीको माग राखि विद्यार्थीले केहि हप्ता अघि शुरु गरेको आन्दोलनका क्रममा २ सय बढिले ज्यान गुमाएका थिए । उक्त प्रदर्शनमा करिव १० हजार प्रदर्शनकारीलाई पक्राउ गरिएको विद्या...
लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह
अन्तर्राष्ट्रिय, समाचार

लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

श्रावण १७ लेबनानमा पछिल्लो समय इजरायलको आक्रमणमा हिजबुल्लाहका कमान्डर फुआद शुक्र को हत्या गरिएपछि तनाव बढेको छ । त्यहाँ उत्पन्न स्थीतिलाई मध्यनजर गर्दै ईजिप्टमा रहेको नेपाली दुतावासले लेवनानमा रहेका नेपाली नागरिकहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । लेबनानमा रहेका नेपालीलाई ईमरजेन्सी सहायता आवश्यक परेको खण्डमा नेपाली दूतावास कायरो र बेरुतमा रहेको अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।...
भारतमा फैलिँदै प्राणघातक चाँदीपुरा भाइरस
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा फैलिँदै प्राणघातक चाँदीपुरा भाइरस

श्रावण ११ भारतको गुजरात राज्यमा चाँदीपुरा भाइरसबाट ४४ जनाको मृत्यु भएको छ भने हालसम्म ५ दर्जन बढिको उपचार भैरहेको जनाईएको छ । गुजरातका स्वास्थ्य मन्त्रालयले त्यहाँ हालसम्म १२४ जनामा चाँदीपुरा भाइरस प्रमाणीत भएको छ ति मध्ये अधिकांश ग्रामिण भेगमाफेला परिसकेको छ। ग्रामिण भेगमा देखिएको उक्त भाइरस पछिल्लो समय गुजरातको हमदावाद, वडोदरा, राजकोट, सुरत लगायतका जनाधार रहेका ठूला सहरहरूमा पनि यो भाईरस संक्रमण फैलँदै गएको गुजरात सरकारले जनाएको छ । गुजरात बाहेक राजस्थानमा पनि चाँदीपुरा भाइरसको सङ्क्रमण देखिएको छ । राजस्थानमा हालसम्म ६ जनामा चाँदीपुरा भाइरसको सङ्क्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ। अन्य ५ जनाको उपचार भइरहेको छ। त्यस्तै मध्यप्रदेश र महाराष्ट्रमा पनि चान्दीपुरा भाइरस पुष्टि भएको छ। चान्दीपुरा भाइरस आरएनए भाइरस हो। यो सबैभन्दा धेरै पोथी प्लेबोटोमाइन प्रजातिको झिङ्गाबाट फैलिन्छ। ...
गाजाको दक्षिणी शहर खान युनिसमा इजरायलको आक्रमणबाट ७० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय, समाचार

गाजाको दक्षिणी शहर खान युनिसमा इजरायलको आक्रमणबाट ७० जनाको ज्यान गयो

श्रावण ८ गाजाको  दक्षिणी शहर खान युनिसमा इजरायली आक्रमणमा परि ७० जनाको ज्यान गएको छ । विद्रोही समूह हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयकाअनुसार इजरायली आक्रमणमा परि कम्तिमा ७० जनाको ज्यान गएको हो । इजरायलले प्यालेस्टाइनी विद्रोहीलाई लक्षित गरी कारबाही अघि बढाउने भन्दै गाजाका आवासीय क्षेत्रहरू खाली गर्न आदेश दिएपछि यो घटना भएको बीबीसीले जनाएको छ । इजरायली सेनाले हिजो बिहान खान युनिसको पूर्वी क्षेत्रबाट उच्च विद्रोही गतिविधि र रकेट आक्रमण भएको बताएको थियो । यो क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई अल–मवासी आवासीय क्षेत्रमा जान भनिएको छ । श्राेत:उज्यालाे अनलाईन...
कुनै समस्याभए सम्पर्क गर्ने नेपालीलाई दुतावासकाे आग्रह
अन्तर्राष्ट्रिय, समाचार

कुनै समस्याभए सम्पर्क गर्ने नेपालीलाई दुतावासकाे आग्रह

श्रावण ५ बंगलादेशमा भैरहेकाे हिंसामा ३५ बढिकाे मृत्यु भएकाे छ । त्यहाँ जारि हिंसा थप भड्किने देखिएकाले देसैभर सेना परिचालन गर्ने बंगलादेस सरकारकाे तैयारि छ । बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या बढ्दै गएपछि नेपाली दुतावासले बिज्ञप्ति जारि गरि कुनै समस्याभए सम्पर्क गर्ने नेपालीलाई दुतावासकाे आग्रह गरेकाे हाे । आन्दोलन भड्किएर हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कर्फ्यु आदेश जारी गरेको छ । त्यहाँ आरक्षणको विरोधमा विद्यार्थी र युवाहरू प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोध गरेका छन् । , कर्फ्यकाबीच पनि ठाउँठाउँमा सुरक्षाकर्मीसँगै झडप भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।...
चीनको १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा १६ को मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

चीनको १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा १६ को मृत्यु

श्रावण ४ बेइजिङ चीनको १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । चीनको सरकारी मिडियाका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ शहरमा भएको हो । रिपोर्टका अनुसार बुधबार साँझ लागेको आगलागीबाट ३० जनाको उद्धार गरिएको छ । हाल आगलागीको कारण खुलेको छैन तर प्रारम्भिक अनुसन्धानका अनुसार भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको हो । चिनियाँ सरकारी मिडिया र सामाजिक सञ्जालमा उपलब्ध भिडियोमा यस भवनको चारैतिर कालो धुवाँ देखिएको छ । बीबीसी...
न्युरोडको फुटपाथ विस्तार कार्यमा स्थानीयद्वारा अवरोध
अन्तर्राष्ट्रिय, समाचार

न्युरोडको फुटपाथ विस्तार कार्यमा स्थानीयद्वारा अवरोध

श्रावण ३ काठमाडौंको न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने कार्यमा स्थानीयले फेरि अवरोध गरेका छन् । फुटपाथ विस्तारको विरोध गर्दै स्थानीय उत्रिएपछि नेपाल प्रहरी र नगरप्रहरीले सुरक्षा व्यवस्था कडा पारेका छन् । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो । फुटपाथ बिस्तारको काम वडा नं.४ मा भइ रहेपनि २२ वडामा भने विरोध गरिएको छ । आज बिहानै महानगरपालिकाले कार्य शुरु गर्नासाथ स्थानीयले विरोध गर्दे त्यस कार्यमा अवरोध गरेका हुन् । श्राेत:ईमेज खबर...