अन्तर्राष्ट्रिय Archives - Page 9 of 14 - साझाकुरा
सोमवार, असार ८, २०८३

अन्तर्राष्ट्रिय

पाकिस्तानी सेनाको आधार शिविरमा आक्रमण, २३ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

पाकिस्तानी सेनाको आधार शिविरमा आक्रमण, २३ जनाको मृत्यु

स्लामावाद : पाकिस्तानी सेनाको आधार शिविरमा  मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।  शव ब्यवस्थापन र उद्धारकाे क्रम चलिरहेकाले मृतक र घाईतेकाे संख्या यकिन हुन नसकेकाे बताईएकाे छ ।आक्रमणको जिम्मेवारी पाकिस्तानी तालीवानले लिएको छ । सेनाहरू सुतिरहेको अवस्थामा आक्रमण भएकाले सेनाहरु सिभिल पोसाकमै थिए । अधिकांश मृतक सैन्य कर्मचारी भएको अनुमान गरिएको छ । ...
गाजामा युद्धविराम रोक्न गरिएको प्रस्ताव राष्ट्रसङ्घको महासभाबाट बहुमतले पारित
अन्तर्राष्ट्रिय

गाजामा युद्धविराम रोक्न गरिएको प्रस्ताव राष्ट्रसङ्घको महासभाबाट बहुमतले पारित

गाजा क्षेत्रमा युद्धविराम रोक्न माग गरिएको प्रस्ताव संयुक्त राष्ट्रसङ्घको महासभाबाट बहुमतले पारित भएको छ । राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रमध्ये १५३ राष्ट्रले युद्ध बिरामका पक्षमा मत जाहेर गरेकाे अल जजिराले उल्लेख गरेकाे छ । अमेरिका, इजरायल, चेक रिपब्लिक, ग्वाटेमाला, लाइबेरियालगायत १० देशले भने विपक्षमा मतदान गरेका छन् । २३ देशले मतदानमा भाग नै लिएनन् । युद्धविराम रोक्न माग गरिएको प्रस्तावमा इजरायल र हमासको बन्धकमा रहेका सबैलाई तत्काल विना शर्त रिहा गर्न माग राख्दै गाजा क्षेत्रका नागरिकमाथी भैरहेकाे बमबारी राेक्न आ ग्रह गरिएकाे छ । ...
साेमालियामा बाढीबाट कम्तिमा एक सय दशजनाको मृत्यु
अन्तर्राष्ट्रिय

साेमालियामा बाढीबाट कम्तिमा एक सय दशजनाको मृत्यु

एजेन्सी । सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा एक सय १० जनाको मृत्यु भएको छ । बाढीका कारण ७ लाख ५० हजार मानिस घरबारविहीन भएका छन् भने दर्जनौलाई बाढीले बगाएको छ । संयुक्त राष्ट्रसघीय मानवीय मामिला समन्वय कार्यालयले विनाशकारी वर्षा र बाढी फैलिरहेकाले देश विपत्तिको बीचमा रहेको हुँदा त्यहाँका जनता मारमा परेको जनाएको छ । मुसलधारे वर्षा, बाढी र डुबानले सोमालियाको दक्षिण पश्चिमका अधिकांश क्षेत्रका सयौं घरहरु डुबानमा परेका छन् । सयौं सवारीसाधन बाढीमा पुरिएका छन् । भोकमरी र कुपोषणसंगै लाखौं सोमालियालीहरू जुधिरहकै बेला आइलागेको यो बिपत्तीले लाखौं जनताको बिचल्ली भएको छ । बाढी प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिए पनि राहत सामग्रीको उचित व्यवस्थापन हुन सकेको छैन । ...
युद्ध बिरामको अन्त्य संगै इजरायल–हमासबीच युद्ध शुरु
अन्तर्राष्ट्रिय

युद्ध बिरामको अन्त्य संगै इजरायल–हमासबीच युद्ध शुरु

युद्ध बिरामको अन्त्यसंगै ईजरायल र प्यालेष्टिनी बिद्रोही समुह हमास बिचको शुद्ध पुन शुरु भएको छ । कतारको मध्यस्थतामा ईजरायल र हमास बिचको युद्ध सात दिनका लागि स्थगित गरिएको थियो । युद्ध बिरामको घोषणा सकिने बित्तिकै पुन ईजरायलले हमास केन्द्रित आक्रमण शुरु गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । इजरायलले अहिले दक्षिणी गाजामा हवाई आक्रमण बढाएको छ । इजरायली सेनाले हमास समूहले युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै पुन युद्धको बाटो रोजेको संचार संस्था बिबीसीले बताएको छ । हमासद्वारा सञ्चालित आन्तरिक तथा राष्ट्रिय सुरक्षा मन्त्रालयले दक्षिणी गाजा पट्टीमा ईजरायलले धेरै हवाई आक्रमण गरेकाले अहिले त्यहाँको स्थीति भयावह भैरहेको छ । विस्फोट र गोलीबारीको आवाजले मानिसहरु आक्रान्त बनेको हमासको दावी छ । सात दिनसम्म चलेको युद्धविराममा हमासबाट बन्धक एक सय १० र इजरायलले बन्दी बना...
हमासले १३ जना बन्धक रिहा गरेपछि बदलामा इजरायलद्वारा ३९ प्यालेस्टिनी रिहा
अन्तर्राष्ट्रिय

हमासले १३ जना बन्धक रिहा गरेपछि बदलामा इजरायलद्वारा ३९ प्यालेस्टिनी रिहा

हमासले १३ जना बन्धक नागरिकलाई रिहा गरेपछि बदलामा इजरायले पनि ३९ जना प्यालेस्टिनीलाई जेलमुक्त गरेको छ । इजरायली जेलमा राखिएका २४ जना महिला र १५ किशोरीलाई शुक्रबार राति रिहा गरेको थियो। उनीहरुलाई ढुङ्गा प्रहार गरि हत्या प्रयास र अन्य जघण्य अपराधका आरोप लगाई थुनामा राखिएको थियो । हमासले इजरायलसँगको युद्धविरामको पहिलो दिन शुक्रबार २४ जना बन्धकलाई रिहा गरेको छ । गाजाबाट रिहा हुनेमा १३ जना इजरायली र अरु थाइ नागरिक रहेका छन् । अन्तर्राष्ट्रिय रेडक्रसले जनाए अनुशार इजरायली महिला र बालबालिका तथा थाइल्यान्डका कामदारहरूलाई रिहा गरिएको छ । रिहा भएकाहरु अहिले रफाह सीमा नाका हुँदै इजिप्ट पुगेका बीबीसीले उल्लेख गरेको । कतारको मध्यस्थतामा अहिले प्यालेष्टीनि बिद्रोहि समुह हमास र ईजरायलबिचको युद्ध ४ दिनका लागि स्थगित गरिएको छ । कतारको मध्यस्थतामा भएको सम्झौता अनुशार इजरायल र हमासले अस्थायी युद्धविर...
हमास बिरुद्धको युद्ध नरोक्ने इजरायलको अडान
अन्तर्राष्ट्रिय, समाचार

हमास बिरुद्धको युद्ध नरोक्ने इजरायलको अडान

ईजरायलले हमास बिरुद्ध शुरु गरेको आक्रमण रोक्न अश्विकार गरेको छ । संयुक्त राष्ट्रसङ्घले युद्धविराम सम्बन्धी प्रस्ताव अनुमोदन गर्नुकासाथै विश्वका धेरै देशहरुले युद्धविरामको आह्वान गरेपनि ईजरायलले उक्त युद्धबिरामको प्रस्ताव अश्विकार गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री नेतान्याहुले हमास विरुद्ध दोस्रो चरणको युद्ध शुरु भएको घोषणा लगत्तै इजरायली सेना स्थलमार्गबाट गाजाको मध्य क्षेत्रमा पुगेको जनाईएको छ । इजरायलको आक्रमणबाट गाजामा अहिलेसम्म करिव १० हजारको मृत्यु भएको बताईएको छ । गाजामा ज्यान गुमाउनेमध्ये करिव ४ हजार बालबालिका रहेका छन् । इजरायतर्फ पनि एक हजार चार सय बढिको मानवीय क्षति भएको बताईन्छ । ईजरायलको आक्रमणको निशानामा स्वास्थ्यसंस्थाहरु समेत परेको भन्दै बिश्व स्वास्थ्य संगठनले बिरोध जनाएको छ । अहिले गाँजा क्षेत्रमा ईजरायलको सर्च एण्ड डिस्ट्रोए अभियान जारी रहे...
इजरायलको आक्रमणबाट गाजामा ८ हजार ५ सय प्यालेस्टिनीको मृत्यु
अन्तर्राष्ट्रिय

इजरायलको आक्रमणबाट गाजामा ८ हजार ५ सय प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ । इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् । इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ । अस्पतालमा हुने बमबारीले विश्व चिन्तित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ ।...
इजरायलको आक्रमणमा परि आफ्ना ५० बन्धक मारिएको हमासको दावी
अन्तर्राष्ट्रिय

इजरायलको आक्रमणमा परि आफ्ना ५० बन्धक मारिएको हमासको दावी

गत ७ अक्टुबरमा इजरायलमाथि आक्रमण गर्दै २ सयभन्दा बढी मानिसलाई गाँजापट्टिबाट बन्धक बनाई नियन्त्रणमा लिईएको ५० जनाको ईजरायली आक्रमणका कारण मृत्यु भएको हमासले जनाएको छ । गाँजाबाट आफुहरुले बन्धक बनाई लगेका मध्ये ५० जनाको ईजरायलले गरेको हवाई आक्रमणमा परि मृत्यु भएको हमासको दावी छ । इजरायलीको पछिल्लो बिज्ञप्ती अनुशार अझैपनि २२४ जना बन्धक हमासको नियन्त्रणमा रहेको बताईएको छ । युद्धग्रस्त गाजामा हालसम्म युद्धका कारण ७ हजारभन्दा बढीको मृत्यु भएको छ, जसमा ३ हजार बढी बालबालिकाहरुको मृत्युभएको छ भने इजरायलतर्फ पनि २ हजारभन्दा बढीको मानवीय क्षति भएको बिबिसीले उल्लेख गरेको छ ।...
ल्युईष्टन सहरमा गोलाबारी हुँदा १६ को मृत्यु
अन्तर्राष्ट्रिय, अपराध

ल्युईष्टन सहरमा गोलाबारी हुँदा १६ को मृत्यु

अमेरिकास्थीत ल्युइस्टन सहरमा गोलाबारी मा परि १६ जनाको मृत्यु भएको छ भने ५० बढि घाईते भएका छन् । गोलाबारी पछि पनि बन्धुकधारीहरु शहरका बिभिन्न स्थानमा घुमिरहेकाले शुरक्षित अवस्थामा रहन र सडक बाहिर नहिँड्न स्थानीय नागरिकहरुलाई प्रहरीले अनुरोध गरेको छ । गोलाबारि किन गरियो र कसले गर्याे भन्नेबारेमा थप अनुशन्धान अघि बढाई बन्धुकधारीहरुलाई नियन्त्रणमा लिने कार्य भैरहेकाले प्रहरीलाई सहयोग गर्न नागरिक समक्ष प्रहरी प्रशासनले अपिल समेत गरिरहेको बिबिसीले उल्लेख गरेको छ ।...
गाजापट्टीमा इजरायलले आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने इरानको चेतावनी
अन्तर्राष्ट्रिय

गाजापट्टीमा इजरायलले आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने इरानको चेतावनी

इरानले गाजापट्टी क्षेत्रमा इजरायलले आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने चेतावनी दिएको छ । गाजा क्षेत्रमा भइरहेको सैन्य कारबाही रोक्न इरानले इजरायल र अमेरिकालाई चेतावनी दिएको हो । इरानका विदेश मन्त्री हुसेन अमिर अब्दुल्लाहनले सैन्य कारबाही नरोके मध्य पूर्व नियन्त्रणभन्दा बाहिर जाने बताएका बीबीसीले जनाएको छ । उहाँले गाजा क्षेत्रमा मानवता विरुद्धको अपराध भइरहेको भन्दै तत्काल आक्रमण रोक्न आग्रह गर्नुभएको छ । इरानले प्यालेस्टाइनको समर्थन गर्दै आएको छ भने अमेरिकाले इजरायललाई सहयोग गर्दै आएको छ । गएको असोज २० गते प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेपछि गाजा क्षेत्रमा युद्ध चलिरहेको छ । युद्धका कारण इजरायल र प्यालेस्टाइनका चार हजार जनाभन्दा धेरैको ज्यान गइसकेको छ । गाजा क्षेत्रको अवस्था जटिल बनेको छ ।...