घाटाको कम्पनीलाई नाफा देखाएर सोनापुरले सर्वसाधारणबाट रकम उठाउँदै
घाटामा रहेको कम्पनीलाई नाफा देखाएर सोनापुर सिमेन्टले अर्को सातादेखि सर्वसाधारणलाई प्रिमियम भाउमा सेयर बिक्री गर्ने तयारी गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ सम्म १४ करोड ८३ लाख ३१ हजार रुपैयाँ सञ्चित घाटामा रहेको कम्पनीले साधारण सेयर निस्कासन गर्ने उद्देश्यले आव २०७६/७७ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरेर नाफामा देखाइएको छ ।
गलत तथ्य पेस गरेर आर्थिक वर्ष २०७६/७७, आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ मा नाफामा देखाइएको छ । कम्पनीले तीन वर्षको ८० करोड रुपैयाँ ब्याजलाई पुँजीकरण गरेर नाफामा गएको देखाएको हो । त्यसकै आधारमा नेपाल धितोपत्र बोर्डबाट प्रिमियम भाउमा आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।
धितोपत्र नियमावलीअनुसार आईपीओ निष्कासन गर्न लगातार ३ आर्थिक वर्षदेखि नाफामा रहेको र पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएर एक आर्थिक वर्षको कारोबार अवधि पूरा गरेको हुनुपर्ने व्यवस्था छ ...









