अर्थ/व्यापार Archives - Page 10 of 11 - साझाकुरा
शुक्रबार, फाल्गुन २९, २०८२

अर्थ/व्यापार

राष्ट्र बैंकले बढायो सुन आयातको सीमा, अब दैनिक २० किलो ल्याउन मिल्ने
अर्थ/व्यापार

राष्ट्र बैंकले बढायो सुन आयातको सीमा, अब दैनिक २० किलो ल्याउन मिल्ने

नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको परिमाणको सीमा बढाएको छ। यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै अब २० किलोसम्म सुन ल्याउन दिने भएको हो । व्यवसायीको आग्रहअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको सीमा बढाउने निर्णयसहित केन्द्रीय बैंकलाई पत्राचार गरेको थियो। सोहीअनुसार केन्द्रीय बैंकले सुन आयातको सीमा बढाएको छ। दसैंतिहार सुनको माग बढ्ने प्रमुख सिजन भएकोले व्यवसायीले कोटा बढाउन आग्रह गरेका थिए। सामान्य अवस्थामा गत वर्षसम्म दसैँ–तिहारमा दैनिक ४० किलोसम्म सुनको माग हुने भएपनि यसपालि भने माग बढ्न नसकेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्य बताउँछन्। ‘१० केजीको सीमा त निकै न्युन थियो तर अहिलेको बजराको माग भने त्यही पनि छैन’ शाक्‍यले भने। सरकारले विगतमा विदेशी मुद्रा सञ्चिति खिइँदै गइरहेको समयमा सुन ...
प्रतिबन्धित दरका नोट साथमा नराख्न राष्ट्र बैंकको आग्रह
अर्थ/व्यापार

प्रतिबन्धित दरका नोट साथमा नराख्न राष्ट्र बैंकको आग्रह

नेपालमा एक सय भारतीय रुपैयाँ भारु भन्दा ठूलो दरका नोट साथमा राख्न नपाइने नियम लगाईएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक सुचना जारी गर्दै नेपालमा एक सय दरभन्दा ठूला दरका भारतिय नोट नराख्न, ओसारपसार र अन्य कुनै कारोबार नगर्न सार्वजनिक सुचना मार्फत सर्वसाधारणलाई जानकारी गराईएको जनाएको छ । प्रतिबन्धित दरका नोट साथमा नराख्न र स्वदेशभित्र नेपाली मुद्राको मात्रै कारोबार गर्न पनि राष्ट्र बैंकले सबैसमक्ष सुचनामार्फत आग्रह गरेको छ । भारतबाट नेपाल ओहोरदोहोर गर्दा अमेरिकी डलर पाँच हजार बराबरको भारु एक सय वा त्यो भन्दा कम दरका नोट मात्र कारोबार गर्न सकिने र त्यो भन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने पनि राष्ट्र बैंकले सुचनामा उल्लेख गरेको छ । भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने सूचनामा उल्ल...
सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घट्यो
अर्थ/व्यापार

सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घट्यो

सुनको भाउ आज एकैदिन १ हजार ४ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको थियो । केही दिनयता सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ । यसैरि आज चाँदीको भाउमा पनि गिरावट आएको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदि ब्यवसायि महासंघको भनाई छ ।...
मिड सोलु हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
अर्थ/व्यापार

मिड सोलु हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

मिड सोलु हाइड्रोपावर कम्पनीको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ।  बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत ६२ हजार ११७ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।  बाँडफाँटपछि बाँकी रहेको २ कित्ता सेयर भने सोही आवेदकहरूमध्ये २ जनालाई १ कित्ताका दरले थप गरिएको छ।  यसर्थ, ६२ हजार ११५ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन्।  उक्त आइपिओमा कुल १३ लाख ८१ हजार ५७५ जनाले आवेदन दिएकोमा १२ लाख ८२ हजार ८१९ जनाको आवेदन मात्र बाँडफाँटको लागि योग्य भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ।  कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो। कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लाग...
घाटाको कम्पनीलाई नाफा देखाएर सोनापुरले सर्वसाधारणबाट रकम उठाउँदै
अर्थ/व्यापार

घाटाको कम्पनीलाई नाफा देखाएर सोनापुरले सर्वसाधारणबाट रकम उठाउँदै

घाटामा रहेको कम्पनीलाई नाफा देखाएर सोनापुर सिमेन्टले अर्को सातादेखि सर्वसाधारणलाई प्रिमियम भाउमा सेयर बिक्री गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७५/७६ सम्म १४ करोड ८३ लाख ३१ हजार रुपैयाँ सञ्चित घाटामा रहेको कम्पनीले साधारण सेयर निस्कासन गर्ने उद्देश्यले आव २०७६/७७ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरेर नाफामा देखाइएको छ । गलत तथ्य पेस गरेर आर्थिक वर्ष २०७६/७७, आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ मा नाफामा देखाइएको छ । कम्पनीले तीन वर्षको ८० करोड रुपैयाँ ब्याजलाई पुँजीकरण गरेर नाफामा गएको देखाएको हो । त्यसकै आधारमा नेपाल धितोपत्र बोर्डबाट प्रिमियम भाउमा आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो । धितोपत्र नियमावलीअनुसार आईपीओ निष्कासन गर्न लगातार ३ आर्थिक वर्षदेखि नाफामा रहेको र पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएर एक आर्थिक वर्षको कारोबार अवधि पूरा गरेको हुनुपर्ने व्यवस्था छ ...
राष्ट्र बैंकद्वारा एक सय भन्दा माथिका भारतीय नोटको कारोबारमा प्रतिबन्ध
अर्थ/व्यापार, समाचार

राष्ट्र बैंकद्वारा एक सय भन्दा माथिका भारतीय नोटको कारोबारमा प्रतिबन्ध

नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ एक सय भन्दा ठूला नोटको कारोबारमा प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि भन्दै मंगलबार जारी गरेको सूचनामा भारतीय रुपैयाँ एक सय दरभन्दा ठूला नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न प्रतिबिन्धत लगाइएको उल्लेख छ । यस्तै, भारतबाट नेपाल आउने वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजार बराबरको भारतीय रुपैयाँ मात्रै लैजान सकिने पनि राष्ट्रबैंकले जनाएको छ । त्यसरी लैजाने वा ल्याउने नोट पनि सय भन्दा ठूला नोट हुन नहुने व्यवस्था गरिएको छ । पाँच हजार डलर भन्दा बढीको भारतीय रुपैयाँ ल्याउन लैजान परेमा भन्सारमा घोषणा गर्नुपर्ने छ । भारत भ्रमण जानेहरुका लागि बैंक तथा वित्तिय संस्थाबाटै भारतीय रुपैयाँ २५ हजारसम्म र औषधोपचारका लागि भारतीय रुपैयाँ ५० हजारसम्मको सटही सुविधा लिन सकिने पनि राष्ट्रबैंकले जनाएको छ । ड्राफ्ट, टीटी, कार्डमार्...
शेयर बजार साढे १८ अङ्कले बढ्यो, २ अर्ब ९ करोड रुपैयाँको कारोबार
अर्थ/व्यापार

शेयर बजार साढे १८ अङ्कले बढ्यो, २ अर्ब ९ करोड रुपैयाँको कारोबार

हिजो र अस्ति घटेको शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ४५ अङ्कले बढेर २ हजार २२ दशमलव ९१ विन्दुमा पुगेको छ । आज होटल र पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको उच्च अङ्कले उकालो लागेको छ । बजार बढेकाे दिन मेन्छियाम हाइड्रो, मनकामना इन्जिनियरिङ, शुभम् पावर र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै हिमालयन लघुवित्त र थ्री स्टार हाइड्रोको शेयर साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ । आज ८७ लाख ४ हजार कित्ता शेयर २ अर्ब ९ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ८ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । ...
सगरमाथा क्षेत्र भ्रमणमा पुग्ने ८४ प्रतिशतले बढ्यो
अर्थ/व्यापार

सगरमाथा क्षेत्र भ्रमणमा पुग्ने ८४ प्रतिशतले बढ्यो

सोलुखुम्बु स्थीत बिश्वको सवैभन्दा अग्लो सगरमाथा क्षेत्रमा भ्मण गर्ने पर्यटकको सख्या ८४ प्रतिशतले बढेको छ । गत चालु आर्थिक वर्ष २०८०र८१ को साउन महिनाको तुलनामा भदौ महिनामा सगरमाथा क्षेत्रको भमण गर्नेको सङ्ख्या ८४ दशमलव २९ प्रतिशतले बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्कले जनाएको छ । तथ्यांङ्क अनुसार गत श्रावण महिनामा २ सय ८ जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । तर भदौमा १ हजार ३ सय २५ जनाले भ्रमण अनुमति लिएका निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकारी दिए । भदौमा भ्रमण अनुमति लिनेमा १ हजार १ सय ५४ जना विदेशी र १ सय ७० जना नेपाली रहेको मण्डलको भनाई छ । यसबाट ३२ लाख ६८ हजार ३ सय ८७ रुपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले नेपालीलाई प्रवेश शुल्कबापत १००, सार्क राष्ट्रका पर्यटकलाई एक हजार ५०० र अन्य विदेशी पर्यटकलाई ...
नेपालले छिमेकी देशहरु चीन–भारतसँग सन्तुलित सम्बन्ध कायम राख्नैपर्छ स् सभापति देउवा
अर्थ/व्यापार, मुख्य समाचार

नेपालले छिमेकी देशहरु चीन–भारतसँग सन्तुलित सम्बन्ध कायम राख्नैपर्छ स् सभापति देउवा

नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नेपालको बाध्यता भएको बताएका छन् । मङ्गलवार काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै देउबाले चीन र भारत स्थाई छिमेकी भएकाले दुवै देशसंग सन्तुलित सम्वन्ध राख्नसके मात्र नेपालको हितहुने धारणा राखेका हुन् । उनले नेपालको बिजुुलिको मुख्इ बजार भारत मात्र भएकाले नेपालले कि बिजुली नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरूमा मान्नुपर्ने बाध्यता रहेको खुलासा गरे । भारतले भनेका कुरा नमान्ने हो भने बिजुली नबिक्ने हुँदा थोरै लचिलो भएर भए पनि देशको हितमा काम गर्नुपर्ने बाध्यत्मक परिस्थीति रहेको देउबाको भनाई थियो । चीन र भारत दुवै महत्वपुर्ण छिमेकि हुन् । कोसँग कति बोल्ने, कति कुरा राख्ने भन्ने कुरा महत्वपुर्ण हुन्छ । साथी बनाउन सक्नुहुन्छ तर छिमेकी बनाउन सकिँदैन । ची...
भारतले दस बर्षमा नेपालसंग १० हजार मेगावाट बिजुली किन्ने
अर्थ/व्यापार, मुख्य समाचार

भारतले दस बर्षमा नेपालसंग १० हजार मेगावाट बिजुली किन्ने

भारतले दस बर्षमा नेपालसंग १० हजार मेगावाट बिजुली किन्ने निर्णय गरेको छ । भारतिय मन्त्रिपरिषदले आगामी १० बर्षभित्र नेपालसंग १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत शंकर शर्माले जानकारी दिए । हालै बसेको भारतीय मन्त्रिपरिषदको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको उनले बताए । ‘भारतीय मन्त्रिपरिषद्ले भारतिय सरकारले अब नेपालबाट बिजुली किन्ने र नेपालमा थप बिजुली उत्पादन गर्न प्रोजेक्टहरु कसरी थप गर्ने भन्ने बिषयमा अध्ययन अघि बढाईने बिषयमा गहन निर्णय भैसकेकाले यस बिषयमा थप गृहकार्य चाँडैनै शुरु गर्ने जनाएको राजदुत शर्माको भनाई छ । नेपालले अहिले बर्खामा भारतीय बजारमा बिजुली बेचिरहेको छ भने हिउँदो समयमा भारतबाट महंङ्गोमा बिजुली किनिरहेको छ। गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० व...