अर्थ/व्यापार Archives - Page 9 of 11 - साझाकुरा
शुक्रबार, फाल्गुन २९, २०८२

अर्थ/व्यापार

मिर्मिरे लघुवित्तले २५ असोजदेखि एफपीओ निष्कासन गर्ने
अर्थ/व्यापार

मिर्मिरे लघुवित्तले २५ असोजदेखि एफपीओ निष्कासन गर्ने

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ असोजदेखि धितोपत्रको थप सार्वजनिक निष्कासन एफपीओ जारी गर्ने भएको छ । कम्पनीले मर्जरपछि संस्थापक र साधराण सेयर संरचना मिलाउन एफपीओ जारी गर्न लागेको जनाएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम एफपीओ जारी गर्न लागेको कम्पनी उल्लेख गरेको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा एक करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एक लाख २३ हजार ८१६।४५ कित्ता सेयर निष्कासन गर्न लागेको हो । एफपीओका लागि लगानीकर्ताले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । अवधिभित्र माग अनुसार आवेदन नपरेमा निष्कासन अवधि कात्तिक ९ गतेसम्म थप हुनेछ । लघुवित्तको एफपीओ निष्कासनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । लघुवित्तको एफपीओमा न्यून...
२० वटा निर्माण कम्पनी कालोसूचीमा
अर्थ/व्यापार

२० वटा निर्माण कम्पनी कालोसूचीमा

सरकारले २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेका सार्वजनिक खरिद अनुगमन कार्यालयले सन्तोषजनक काम नगर्ने २० वटा कम्पनीलाई कालोसूचीमा राखेको हो । सार्वजनिक खरिद कार्यालयले कालोसूचीमा राखेका कम्पनीहरुलाई एक वर्षदेखि तीन वर्षसम्म नयाँ ठेक्का लिन नपाउने गरी प्रतिबन्ध लगाइएको छ । कालोसूचीमा परेका अधिकांश कम्पनीहरु चितवन र काठमामाडौं ठेगानाका रहेका छन् ।यस्तै, भक्तपुर, ललितपुर, दोलखा, कास्की, रुपन्देही, सुर्खेत, रोल्पा र बझाङ ठेगाना भएका एक एक वटा कम्पनी पनि कालोसूचीमा परेका छन् ।...
नेप्सेमा ३३ अंकको गिरावट, २२० कम्पनीको सेयरमूल्य घट्यो
अर्थ/व्यापार

नेप्सेमा ३३ अंकको गिरावट, २२० कम्पनीको सेयरमूल्य घट्यो

  सेयर बजारमा भारी गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ३३.२० अंकको गिरावट हुँदा १९७१.१० को विन्दुमा बन्द भएको छ । मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने चर्चाले केही दिन उतारचढाव देखिए पनि राष्ट्र बैंकले उक्त निर्णय गर्न ढिलाइ गर्दा नेप्सेमा उच्च गिरावट भएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसरमा अर्थमन्त्री, गभर्नर सहित उपस्थितिमा कार्यक्रम आयोजना गर्दैछ । तर, त्यसको अघिल्लो दिन आइतबार भने सेयर बजारमा उच्च गिरावट भएको हो । आइतबार सबै उपसूचकहरु पनि घटेको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक ३।३२ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक २।१७ प्रतिशले गिरावट भएको छ । यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १।०७ प्रतिशतले गिरावट भएको हो । नेप्सेमा उच्च गिरावट हुँदा कारोबार रकम २ अर्बको नजिक पुगेको छ । आइतब...
पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता लिने सरकारको निर्णय
अर्थ/व्यापार, समाचार

पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता लिने सरकारको निर्णय

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हो। नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो। यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर ९करिब ८ रुपैयाँ० बढाएको थियो।...
१३ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
अर्थ/व्यापार

१३ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८(ग’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण नागरिकले खरिद गर्न पाउनेछन् । बोलकबोल प्रक्रियामा आज दिउँसो ३ बजेसम्ममा भाग लिन सकिनेछ । विसं २०८८ असोज १५ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ । बोलवाला प्रक्रियामार्फत कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरूल...
इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दबाब
अर्थ/व्यापार

इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दबाब

खाना पकाउने ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई चौतर्फी दबाब बढेको छ । नागरिक समाजका अगुवा, उपभोक्ता अधिकारकर्मी, युवा नेता, विद्यार्थी, कलाकार, लेखक तथा पत्रकारलगायतले महँगी नियन्त्रण गर्न र मूल्यवृद्धि फिर्ता लिन दबाब दिएका हुन् । सामाजिक सञ्जालमार्फत उनीहरुले चाडपर्वको मुखमा उपभोक्तालाई सहुलियत दिएर आफ्नो दायित्व पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विपक्षी र सत्तारुढ दलकै नेताहरुले पनि महँगी नियन्त्रण हुन नसकेको भन्दै टिप्पणी गरेका छन् । गएरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेको छ । ग्यास प्रतिसिलिण्डर दुई हजार एक सय १० रुपैयाँ पुगेको छ । यस्तै, पेट्रोल लिटरमा दुई रूपैयाँ, डिजल र मट्टीतेलमा ६ रूपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढेको छ । ग्यास र पेट्रोलियम पदार्थमा भाउ बढ्नु पहिले नै अरु दैनिक उपभ...
सिटिजन लाइफको सेयर किनबेच आजबाट
अर्थ/व्यापार

सिटिजन लाइफको सेयर किनबेच आजबाट

सेयर बजारमा आइतबारदेखि सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार  हुने भएको छ। नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको कारोबार हुने भएको हो। कम्पनीको ३ करोड ७५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। पहिलो कारोबारका लागि कम्पनीको ओपनिङ रेन्ज १ सय ७२ रुपैयाँ ४३ पैसादेखि ५ सय १७ रुपैयाँ २९ पैसासम्म दिइएको छ। कम्पनीले प्रतिकित्ता २ सय ४४ रुपैयाँ प्रिमियम मूल्यमा आईपीओ जारी गरेको थियो। ...
पेट्रोलियम पदार्थको भाउ फेरि बढ्याे, ग्यास प्रतिसिलिन्डर २१ सय १० रुपैयाँ पुग्यो
अर्थ/व्यापार

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्याे, ग्यास प्रतिसिलिन्डर २१ सय १० रुपैयाँ पुग्यो

सरकारले पेट्रोलियम पदार्थ खाना पकाउने ग्यास र हवाई इन्धनको भाउ बढाएको छ। आज राति १२ बजेबाट लागू हुने गरी आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ बढाएको हो ।  निगमले पेट्रोल लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको छ। त्यस्तै खाना पकाउने ग्यासको भने प्रतिसिलिन्डर दुई सय १५ रूपैयाँ बढेको छ । हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ८२ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल एक सय ७६ रूपैयाँ ५० पैसा...
सर्वसाधारणका लागि असोज २३ गतेदेखि आइपिओ निष्कासन गर्दै चिरख्वा हाइड्रोपावर
अर्थ/व्यापार

सर्वसाधारणका लागि असोज २३ गतेदेखि आइपिओ निष्कासन गर्दै चिरख्वा हाइड्रोपावर

सर्वसाधारणका लागि चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।  कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाहरूका लागि ४ लाख कित्ता निष्कासन गरेको थियो।  जसमध्ये २ लाख ४ हजार ७०० कित्ता मात्र बाँडफाँट भएको कम्पनीको भनाइ छ।  त्यसैगरी, पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ८० हजार कित्ता, कर्मचारीहरूका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरूका लागि ४० हजार कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ। आइपिओमा न्यूनतम १...
उपभोग्य मिति सकिएको चामल बिक्री गर्ने पसलाई ३ लाख जरिवाना
अपराध, अर्थ/व्यापार

उपभोग्य मिति सकिएको चामल बिक्री गर्ने पसलाई ३ लाख जरिवाना

उपभोग्य मिति सकिएको चामल बिक्री गरेको आरोपमा एक किराना पसललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संक्षण विभागको अनुगमन टोलीले बुधबार काभ्रेको पनौती स्थित एक पसललाई यति ठूलो जरिवाना गरेको हो । विभागका सूचना अधिकारी आनन्दराज पोखरेलकाअनुसार उक्त किराना पसलले म्याद सकिएको करिब ४० बोरा चामल बिक्रीका लागि भण्डारण गरी राखेको थियो । विभागको संयुक्त बजार अनुगमनमा ती वस्तु फेला पारेपछि ठाउँका ठाउँ जरिवाना गरेको पोखरेलले बताए । उपभोक्तालाई म्याद सकिएको चामल बिक्री गरिनु कानुन विपरीत भएकाले कारबाही गरिएको विभागको स्पष्टोक्ति छ । जरिवाना गरेर नष्ट गरिएको चामलको मूल्य ६७ हजार रुपैयाँ बराबरको भएको विभागले जनाएको छ । बुधबार विभागले बजारमा ३३ वटा अनुगमन गर्दा १० वटा फर्मलाई नगदै जरिवाना गरेको छ । ...