खेलकुद Archives - Page 2 of 10 - साझाकुरा
आइतवार, बैशाख २७, २०८३

खेलकुद

प्रतियाेगिताकाे आयव्यय सार्वजनिक
खेलकुद, समाचार

प्रतियाेगिताकाे आयव्यय सार्वजनिक

संखुवासभा फागुन २ सङ्खुवासभाको खाँदबारी नगरपालिका–५ माल्टामा भएको अन्तरपालिका महिला भलिवल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । अन्तरपालिका खुल्ला महिला भलिबल प्रतियोगिता गत मंसिर १२ देखि १४ गते सम्म खाँदबारी नगरपालिका–५ माल्टामा सञ्चालन गरिएकाे थियाे ।  बिहिबार नेपाल पत्रकार महासंघ सङ्खुवासभाका अध्यक्ष कृष्णराज शाक्यकाे अध्यक्षतामा महासंघमै आयोजित पत्रकार सम्मेलनमा ५ नं वडा खेलकुद विकास समितिले पत्रकार सम्मेलन मार्फत आयव्यय सार्वजनिक गरेको हो । खेल संयोजक रमेश काफ्लेले प्रतियोगिताना १० लाख १२ हजार आम्दानी भएको र साे मध्ये आठ लाख ५४ हजार रुपैयाँ खर्च भएको जानकारी दिए । उनले प्रतियाेगिता संचालनबाट १ लाख ५८ हजार रुपैयाँ बचत भएको जानकारी गराउँदै केही वडा, पलिकाहरु दाताहरुबाट सहयोग रकम आउने प्रकृयामा रहेकाे जानकारी गराए । अन्तरपालिका महिला भलिवल प्रतियोगितालाई आगामी बर्षहरुमा पनि नि...
जिल्लाको पहिलो सितोरियो कराँते प्रशिक्षक सन्तोष याख्खा सम्मानीत खेलक्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छः प्रशिक्षक याख्खा
खेलकुद, समाचार, स्वास्थ्य

जिल्लाको पहिलो सितोरियो कराँते प्रशिक्षक सन्तोष याख्खा सम्मानीत खेलक्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छः प्रशिक्षक याख्खा

संखुवासभा फागुन १ जिल्ला कराँते महासंघ संखुवासभाले जिल्लाको पहिलो सितोरियो कराँते प्रशिक्षक सन्तोष याख्खालाई सम्मान गरेको छ । बिहिबार खाँदबारी नगरपालिकाको सभाहलमा एक भब्य अन्तरक्रिया तथा स्वागत कार्यक्रमको आयोजना गरि संघले उनलाई सम्मान गरेको हो । धनकुटा स्थाई घर भै हाल काठमाण्डौमा खेल क्षेत्रमै क्रियाशिल प्रशिक्षक याख्खाले २०५१ साल देखि २०६० सालसम्म करिव १० बर्ष संखुवासभाको सदरमुकाम खाँदबारीलाई कार्यक्षेत्र बनाई पाँच सय बढि कराँते खेलाडी उत्पादनमा योगदान दिएको भन्दै संखुवासभाको सितोरिया कराँते महासंघले आज उनलाई सम्मान गरेको हो । लामो समय पछि संखुवासभा आईपुग्नुभएका कराँते प्रशिक्षक याख्खाको सम्मानका लागि सितोरियो कराँते प्रशिक्षणमा रहेका प्रशिक्षक र एक सय ५० बढि प्रशिक्षार्थीहरुले उनलाई खेल कौशल प्रदर्शन मार्फत स्वागत गरेका थिए । संखुवासभामा ३० बर्ष अघि पहिलो पटक सितोरियो कराँते भित्...
खाँदबारी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमावि खाँदबारी २७ स्वर्ण सहित प्रथम
खेलकुद, समाचार

खाँदबारी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमावि खाँदबारी २७ स्वर्ण सहित प्रथम

माघ २८ खाँदबारी नगर स्तरीय रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा हिमालय मावि खाँदबारी प्रथम भएको छ । आइतबार सम्पन्न नगर स्तरिय प्रतियोगितामा २७ स्वर्ण, १२ रजत, १३ काँस्य सहित हिमालय मावि खाँदबारीले प्रथम स्थान हासिल गरेको हो । प्रतितियोगितामा मनकामना रत्न अम्बिका मावी तुम्लिङटार द्वितीय स्थान प्राप्त गरेको छ । मनकामनाले १५ स्वर्ण , १६ रजत , १२ काँस्य ल्याई द्धितीय स्थानमा चित्तबुझाएको हो । त्यसैगरी ९ स्वर्ण, ६ रजत, १३ काँस्य सहित सुर्य आवासीय मावि खाँदबारी तृतिय भएको छ । खाँदबारी नगरपालिकाको अयोजनामा सम्पन्न प्रतियोेगितामा खाँदबारी नगरपालिका अन्र्तगतका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो । Source: arun sandesh ...
अन्तर माबि भलिबलकाे उपाधि आयोजक हिमालयलाई
खेलकुद, समाचार

अन्तर माबि भलिबलकाे उपाधि आयोजक हिमालयलाई

माघ १० संखुवासभा सदरमुकाम खाँदबारी स्थित हिमालय माध्यमिक विद्यालयको हीरक महोत्सवको अवसरमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक हिमालय माविले जितेको छ । आज सम्पन्न भएको फाईनल खेलमा सारदा मावि पोखरी (चैनपुर) लाई पराजित गर्दै उपाधि जितेको हो । हिमालय माविसँग पराजित बनेका सारदा मावि उपविजेतामा सिमित बनेका हुन् । विजेता बनेको हिमालय माविले विद्योदय मावि पांठालाई पराजित गरि फाईनलमा प्रवेश गरेको थियो । त्यस्तै सारदा माविले सुर्य आवासिय माविलाई पराजित गरेर फाईनल प्रवेश गरेको थियो । विजेता बनेको हिमालय माविले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सारदा माविले पनि शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ प्राप्त गरेका छन् । सेमिफाईनलिष्ट सुर्य आवासीय मावि र विद्योदय मावि पांठाले पनि नगद १०, १० हजार रुपैयाँ प्...
तिनपोखरी कप चुलाचुली झापाले जित्यो
खेलकुद, समाचार

तिनपोखरी कप चुलाचुली झापाले जित्यो

संखुवासभा माघ १ सङ्खुवासभाको खाँदबारीमा शुक्रबारबाट सुरु भएको दोस्रो “तीनपोखरी कप” आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधी चुलाचुली फुटवल क्लव झापाले जितेको छ । आज भएको फाईनल खेलमा आयोजक तिनपोखरी युवा क्लवलाई हराउँदै चुलाचुलीले उपाधि जितेको हो । खेलकाे मध्यान्तर अगाडी एक गोल अन्तरले पछि परेको तिनपोखरीले हाफ टाईम पछि खेलको लयमा सुधार ल्याउँदै एक गोल फर्काउन सफल भएपनि खेलको करिव अन्तिम २० मिनेटमा चुलालुली झापाले एक गोल थप्दै एक का बिरद्ध दुई गोल बनाउन सफल भएको थियो । प्रतियोगिताको विजेता चुलाचुली फुटवल क्लव झापाले ट्रफीसहित नगद दुई लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ भने आयोजक तिनपोखरीले उप विजेता बन्दै नगद एक लाख १० हजार हात पारेको प्रतियोगिता संयोजक झलकलाल कुसुलेले जानकारी गराए। ...
तीनपोखरी कप फुटबल : मोरङ र झापा सोमिफाइनलमा प्रवेश पाैष २७
खेलकुद, समाचार

तीनपोखरी कप फुटबल : मोरङ र झापा सोमिफाइनलमा प्रवेश पाैष २७

सङ्खुवासभाको खाँदबारीमा जारी “तीनपोखरी कप” आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा मोरङ र झापा प्रवेश गरेका छन्। शनिबार भएको खेलमा बुल्स–११ फुटबल क्लब मोरङ र चुलाचुली स्पोटिङ क्लब झापाले सेमिफाइनलको यात्रा तय गरेको छ।  सित्तलपाटी फुटबल सङ्खुवासभालाई २–१ गोल अन्तरले बुल्स–११ ले पराजित गरेको हो। पहिलो हाफको ३० औं मिनेटमा सित्तलपाटीका विजय धिमालले १ गोल गरेका थिए। खेलाको दोस्रो हाफको ७ औं मिनेटमा बुल्स–११ का रोसनकुमार माझी र ३० औं मिनेटमा निस्चल खड्काले गोल गर्दै बुल्स–११ लाई विजयी गराएका हुन्। बुल्स–११ माझीले पेनाल्टी मार्फत गोल गरेका थिए।  त्यसैगरी दोस्रो खेलमा चुलाचुली स्पोटिङ क्लब झापाले २–१ गोल अन्तरले एडभान्स क्लब मानेभञ्ज्याङलाई पराजित गरेको छ। खेलको पहिलो हाफको ३ औं मिनेटमा एडभान्सका बसन्त ओझाले गोल गरेका थिए। चुलाचुलीका तीर्थ बस्नेतले पहिलो हाफको ३० औं मिनेटमा पेनाल्टी मा...
संखुवासभामा याेग सप्ताह शुरु
खेलकुद, समाचार, स्वास्थ्य

संखुवासभामा याेग सप्ताह शुरु

स्वास्थ्य जीवन, शान्त मन–समृद्ध समाजका लागि सत्सङ, योग, प्राणायाम र ध्यान भन्ने नाराका साथ जिल्ला योग समन्वय समिति संखुवासाभाको आयोजनामा जिल्लाका बिभिन्न क्षेत्रमा आजबाट योग शिवीर संचालन शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले आज सदरमुकाम स्थीत आयुर्बेद कार्यालयको सभाहलमा योग शिवीरको उद्घाटन गर्नूभएको थियो भने खाँदबारी ८ पाठकगाउँमा रहेको श्री आदर्श बिद्या मन्दीर पाठक गाउँमा पनि योग शिवीर संचालन गरिएको थियो । खाँदबारी ८ मा भएको सप्ताहब्यापी योग कार्यक्रमको खाँदबारी नगरपालिकाका कार्यबाहक प्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य र शिक्षा बिकास तथा समन्वय प्रमुख गोपालमान भण्डारीबाट समुद्घाटन गरिएको थियो । योग शिवीरमा करिव २ सय जनाको सहभागिता रहेको जिल्ला योग समन्वय समितिका संयोजक भिम बहादुर कट्टेलले जानकारी दिनुभयो । वहाँले जिल्लामा रहेका ब्रम्हकुमारी राजयोग सेवा केन्द्र, पतञ...
तिनपोखरी समाज बिकास क्लवले खाँदबारीमा दोश्रो तिनपोखरी कप आमन्त्रीत पुरुष फुटवल प्रतियोगिता गर्ने
खेलकुद, समाचार

तिनपोखरी समाज बिकास क्लवले खाँदबारीमा दोश्रो तिनपोखरी कप आमन्त्रीत पुरुष फुटवल प्रतियोगिता गर्ने

खेलकुद, संस्कृति र पर्यटन, सम्बुद्ध समाज हाम्रो अभियान भन्ने नाराका साथ संखुवासभा खाँदबारी स्थीत तिनपोखरी समाज बिकास क्लवले सदरमुकाम खाँदबारीमा दोश्रो तिनपोखरी कप आमन्त्रीत पुरुष फुटवल प्रतियोगिताको आयोजना गर्नेभएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै क्लवका अध्यक्ष मिनेश चापागाईंले पौष २६ गते देखि माघ १ गते सम्म फुटवल प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो । ३ बिभागिय सहित ८ टिमको सहभागिता रहने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २ लाख २५ हजार, दितिय हुने टिमले १ लाख १० हजार र तृतिय हुने टिमले नगद रु २५, २५ हजार र धिागत पुरस्कार २० हजार प्राप्त गर्ने तिनपोखरी कप आमन्त्रीत पुरुष फुटवल प्रतियोगिताको खेल संयोजक झलक कुशुलेले जानकारी दिनुभयो । कार्यक्रममा खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख टिका गौली, लगायत ज...
चाक्चाकुर व्याडमिन्टन कपको उपाधि विकास र सोम्बर
खेलकुद, समाचार

चाक्चाकुर व्याडमिन्टन कपको उपाधि विकास र सोम्बर

पाैष १६ कुलुङ जातिहरुको महान चाड मिनारी दाचाम् लो निङ्दोङ चाक्चाकुर येले सम्बत ५०८५ को अवसरमा आयोजित खुल्लाा कर्मचारी/शिक्षक डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि विकास राई र सोम्बर चौधरीले जितेका छन् । नेपाल किराँत कुलुङ कर्मचारी संघ सङ्खुवासभाको आयोजनामा सोमबार सम्पन्न प्रतियोगिताको उपाधि सँगै राई र चौधरीको जोडिले नगद १५ हजार रुपैयाँ र ट्रफी हातपारेका हुन् । खाँदबारी नगरपालिका –१ घिमिरे गाउँ स्थित सोमनाथ घिमिरे स्मृति कभर्ड हलमा शनिबार देखि प्रतियोगिता सुरुभएको हो । उपविजेता बनेका रुद्र श्रेष्ठ र जानकी बल्लभ पोख्रेलको जाेडिले १० हजार प्राप्त गरेका छन् । त्यसैगरी तेस्रो स्थान हासिल गर्ने दिनेश खालिङ र राज विक्रम लिम्बुको जोडिले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका हुन् । प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्ने केशव घिमिरे र आशिष चौहानको जोडिले नगद २ हजार ५ सय रुपैयाँ पाएका छन् ।  ...
१८ औ गोधुली कपको उपाधी अल स्टार धरानले जित्याे
खेलकुद, समाचार

१८ औ गोधुली कपको उपाधी अल स्टार धरानले जित्याे

धर्मदेवीमा सम्पन्न १८ औ गोधुली कपको उपाधी अल स्टार क्लब धरानले हात पारेको छ। उदघाटन समारोहमा प्रमुख अथिती कोशी फुटबल संघका अध्यक्ष किशोर राई ज्यको उपस्थितिमा उदघाटन भएको थियो साथै बिशिस्ट अथितीमा पुर्व रास्टीय खेलाडी सागर घिमिरे र बिकास श्रेष्ठको पनि उपस्थिति रहेको थियो । ८ टिम सहभागी भएकाेमा अल स्टार फुटबल क्लब धरान र शान्ति युवा क्लब धर्मदेवी १ फाईनलमा पुग्न सफल भएका थिए । राेमाञ्चक ढंगले सम्पन्न फाईनल प्रतियाेगितामा अल स्टारले  शान्ति युवा क्लबलाई  धर्मदेवीलाई ४ को विरुद्ध ५ गोल गर्दै हराएकाे थियाे । खेलमा बिजेता टिमले रु १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे भने उपबिजेताले रु ५० हजार, ट्रफी र प्रमाणपत्रमा हात पारे । ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट गोल रक्षक अल स्टार धरानका सनम राई, सर्वाधिक गोलकर्ता शान्ती युवाका संजय धिमाल, डिफेन्डर अल स्टार धरानका नगेन राई  सर्व उत्कृष्ट खेला...