संकल्प प्रस्ताव संविधान विपरीतः मुख्यमन्त्री कार्की
कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट पारित गरिएको संकल्प प्रस्ताव संबिधानको अपहेलना भएको भन्दै आज कोशी प्रदेश प्रमुखलाई एक पत्र हस्तान्तरण गरेका छन् । उनले प्रदेश सरकार परिवर्तनका लागि यस किसिमको संकल्प प्रस्तावको अभ्यास कहिँ नरहेको भन्दै उक्त प्रस्ताव संबिधान बिपरित रहेको जिकिर गरे । संवैधानिक पदको मर्यादा माननीय प्रदेश प्रमुखज्यूबाट हुने कुरामा आफु बिश्वस्त रहेको भन्दै उनले विधिको शासन एवं शक्ति पृथकीकरणको सिद्धान्त तथा नेपालको संविधानको धारा १२८ विपरीत सर्वोच्च अदालतको क्षेत्राधिकारलाई प्रयोग गरी संविधानलाई निस्तेज र निश्प्रभावी बनाउने प्रयास शुरु भएको कार्कीको भनाई छ ।
उनले संविधान मौन रहेको कतिपय विषयमा सर्वोच्च अदालतको क्षेत्राधिकार उल्लङ्घन गरी संविधानको मर्म र भावना विपरीत संविधानको धारा १६८ को कुनै उपयुक्त धारा प्रयोग गरी सरकार निर्माण गर्नु भन्ने आदेशात्मक अभि...







