सञ्चयकाेषद्वारा घुम्ती सेवा संचालन तीन सय ७७ बढि सञ्चयकर्ताले जिल्लामै सेवा पाए
सङ्खुवासभामा सदरमुकाम खाँदबारीमा कर्मचारी संचय कोष सञ्चालन गरेको सञ्चयकर्ताका लक्षित घुम्ती सेवामा तीन सय ७७ सञ्चयकर्ताले सेवा लिएका छन् ।
कर्मचारी सञ्चय कोष, सेवा केन्द्र धनकुटाले शुक्रबार देखि आइतबार सम्म घुम्ती सेवा सञ्चालन गरेको धनकुटा सेवा केन्द्रका प्रमुख दिपेन्द्र सापकोटाले जानकारी दिए ।
सञ्चय कोषले नेपालमा नै पहिलो पटक घुम्ती सेवामा मार्फत सेवा प्रदान गरेको हो ।
हिमाली जिल्ला संखुवासभाका सञ्चयकताहरुले धनकुटा तथा विराटनगर पुगेर सेवा लिदा सास्ती खेप्नु परेकाले जिल्लामा नै पुगेर सेवा प्रवाह गरेको प्रमुख सापकोटाले बताए ।
जिल्लामा नै सेवा प्रवाह हुँदा सञ्चयकर्ताको समय र आर्थिक भार समेत कम भएको उनको भनाई छ । घुम्ती सेवामा तीन सय ७७ सञ्चयकर्ताले डिजिटल परिचय पत्र दिएका छन् । यस अघि सञ्चय कोषले हस्तलिखत परिचय पत्र मात्र वितरण गर्दै आएको थियो ।
गोपनियता, दुरूपयोग रोक्न र सेवा प्रभ...









