आज धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली मनाइँदै
आज मंसिर पूर्णिमाको दिनलाई धान्य पूर्णिमाको रुपमा मनाइँदैछ । यस दिन धानको पर्वत बनाएर पूजा गर्नाले धन वृद्धि हुने विश्वास रहेको छ ।
नयाँ उब्जिएका अन्न सबैभन्दा पहिले पितृ तथा देवीदेवतालाई चढाएर मात्र आफुले खाने गरिन्छ । विशेषगरि नयाँ चामलबाट बनेको खीर, पुवा आदि पकाएर कुलदेवतालाई अर्पण गरिन्छ ।
यसैगरि आज नेवार समुदायमा योमरी पुन्ही पर्व मनाउने चलन छ । यस दिन इष्टमित्र, साथीभाई र पाहुनालाई योमरी खुवाउने परम्परा छ । आजको दिन शुद्ध भएर चामलको पिठो, चाकु, तील, मास, गुँदपाक, खुवा राखी योमरी बनाउने चलन छ । नेपाल भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी र मिठाइ हो । सबैलाई मनपर्ने भएकाले नै यसको नाम योमरी राखिएको संस्कृतिविदहरुको भनाइ छ ।
यसैगरी आजै विभिन्न कार्यक्रम गरी राष्ट्रिय ज्यापु दिवस पनि मनाइने भएको छ । ज्यापु दिवसको अवसरमा काठमाण्डौको बसन्तपुर लगायतका क्षेत्रहरुमा विशेष कार्...









