समाचार Archives - Page 62 of 79 - साझाकुरा
शुक्रबार, बैशाख २५, २०८३

समाचार

राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत तोकियो
समाचार

राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत तोकियो

आगामि माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृतहरूको नियुक्त गरेको छ। निर्वाचन आयोगले बिहीवार सार्वजनिक सूचना मार्फत सातवटै प्रदेशका निर्वाचन अधिकृतहरू नियुक्त गरेको जानकारी दिएको छ । आयोगले नियुक्त गरेका सबै निर्वाचन अधिकृतहरू जिल्ला न्यायाधीशहरु हुन्। आयोगले कोशी प्रदेशमा मोरङ जिल्ला अदालतमा कार्यरत न्यायाधीश दुर्गाप्रसाद ढुंगेल, मधेस प्रदेशमा धनुषा जिल्ला अदालतमा कार्यरत न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमती प्रदेशमा मकवानपुर जिल्ला अदालतमा कार्यरत न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकी प्रदेशमा कास्की जिल्ला अदालतमा कार्यरत न्यायाधीश केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशमा दाङ जिल्ला अदालतमा कार्यरत न्यायाधीश कृपासुर कार्की, कर्णाली प्रदेशमा सुर्खेत जिल्ला अदालतमा कार्यरत न्यायाधीश विष्णु प्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल...
संञ्चार बिधेयक ल्याउने अन्तिम तैयारीमा कोशी प्रदेस सरकार
समाचार

संञ्चार बिधेयक ल्याउने अन्तिम तैयारीमा कोशी प्रदेस सरकार

कोशी प्रदेश सरकार सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०८०’ प्रदेशसभामा पेस गर्ने अन्तिम तैयारीमा जुटेको छ। बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरिसकेको कोशी प्रदेसका आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईले जनाए । उनले मन्त्रिपरिषद्को बैठकले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन कार्यविधि २०८० पनि स्वीकृत गरेको छ। बुधबारको बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आंगिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्नका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने सहित प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन प्रदेश सभामा पेश गर्ने समेत निर्णय गरेको मन्त्री राईले बताए । ...
सातौ आमन्त्रित पांमा कप २०८० को उपाधी एड्भान्सलाई
खेलकुद, समाचार

सातौ आमन्त्रित पांमा कप २०८० को उपाधी एड्भान्सलाई

खाँदबारी एफएम संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ पाङ्गामा सम्पन्न ७ औं पाङ्मा कप फुटबल प्रतियोगिताको उपाधि एडभान्स क्लब मानेभञ्याङले हातपारेको छ । आयोजक लोहोरुङले क्लब पांमालाई हराउँदै एडभान्सले उपाधि चुमेको हो । निर्धारित समय सम्म २–२ गोलको बराबरी भएपछि भएको ट्राइब्रेकरमा एडभान्सले ४–२ ले बाजी मारेको हो । पहिलो हाफमा उत्कृष्ठ खेल प्रर्दशन गरेको लोहोरुङले दुई गोल गरेको थियो । खेलको ९ औं मिनेटमा लोहोङका विजय भुजेल र ३२ औं मिनेटमा किरण तामाङले गोल गरेका थिए । दोस्रो हाफमा आक्रामक रुपमा प्रस्तुत भएको एडभान्सले २ गोल गरी निर्धारित समयमा खेल बराबरी हुन पुग्यो । खेलको ६० औं मिनेटमा एडभान्स विसाल काफ्लेले एडभान्सका लागि पहिलो गोल गरे । त्यसैगरी खेलको ६५ औं मिनेटमा एडभान्सका ज्ञानेनन्द्र भण्डारीले हानेको गोलले खेललाई बराबरीमा पुर्यायो । खेलको १३ औं मिनेटमा लोहोङका किरण तामा...
कार्य कक्षबाटै कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
अपराध, अर्थ/व्यापार, समाचार

कार्य कक्षबाटै कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

सहकारीकाे रकम अपचलन गरेकाे आराेपमा पर्वत जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई कार्य कक्षबाटै पक्राउ गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पक्राउ गरिदिनका लागि पर्वत प्रहरिलाई लिखित पत्रमार्फत आग्रह गरेको थियो। उनलाई पक्राउ गरी पोखरा पठाउने तयारी गरिएकाे प्रहरी निरीक्षक पौडेलले जनाए । सर्वसाधारणले मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा आफूहरूले स्याङ्जामा सहकारीको सेवा केन्द्र बिस्तार गर्दा तत्कालीन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख रजिष्ट्रार पराजुलीलाई १ करोड १५ लाख रूपैयाँ घुस दिएको बताएकाले उनलाई थप अनुशन्धानका लागि पक्राउ गरिएकाे प्रहरिकाे भनाई छ । ...
नेपाल औषधी व्यवसायी संघ संखुवासभा अध्यक्षमा डम्बरविक्रम प्रधान
समाचार, स्वास्थ्य

नेपाल औषधी व्यवसायी संघ संखुवासभा अध्यक्षमा डम्बरविक्रम प्रधान

नेपाल औषधी व्यवसायी संघ संखुवासभा दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा डम्बरविक्रम प्रधान र महासचिव सविर दर्जी निर्विरोध निर्वाचीत भएका छन् । मंगलबार खाँदबारीमा भएकाे संघको दोस्रो अधिबेसनले प्रधानकाे नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे । अधिबेसनबाट उपाध्यक्षमा मनोज योञ्जन, कोषाध्यक्ष कुसुम रसाइली, सचिव इश्वर दाहाल, उपकोषाध्यक्ष रमेश शंकर र सदस्य प्रेमबहादुर तामाङ निर्वाचीत भएका छन् । ...
अरुणबरुणकाे अध्यक्षमा पुन  इश्वरकाजी कटुवाल
अर्थ/व्यापार, समाचार

अरुणबरुणकाे अध्यक्षमा पुन इश्वरकाजी कटुवाल

संखुवासभाको सदरमुकाम खाँदबारीमा केन्द्रीय कार्यालय रहेको अरुणबरुण बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्षमा दोस्रो पटक इश्वरकाजी कटुवाल सर्वसम्मत निर्वाचीत भएका छन् । मंगलबार खाँदबारीमा सम्पन्न चौथो साधारणसभाबाट अध्यक्ष पदमा कटुवाल सर्वसम्मत निर्वाचीत भएका हुन् । समितिको उपाध्यक्षमा जनक पौडेली, सचिव दिपेन शाक्य र कोषाध्यक्षमा मनोज श्रेष्ठ चयन भएका छन । समितिका अन्य ७ सदस्यहरु प्रजिना शाक्य, निर्मला गुरुङ, सुमन गौतम, रोहित कार्की, सन्तोष खत्री, सन्देश ओझा र उत्तम दाहाल दाहाल चयन भएका छन् ।  ...
आज धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली मनाइँदै
समाचार

आज धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली मनाइँदै

आज मंसिर पूर्णिमाको दिनलाई धान्य पूर्णिमाको रुपमा मनाइँदैछ । यस दिन धानको पर्वत बनाएर पूजा गर्नाले धन वृद्धि हुने विश्वास रहेको छ । नयाँ उब्जिएका अन्न सबैभन्दा पहिले पितृ तथा देवीदेवतालाई चढाएर मात्र आफुले खाने गरिन्छ । विशेषगरि नयाँ चामलबाट बनेको खीर, पुवा आदि पकाएर कुलदेवतालाई अर्पण गरिन्छ । यसैगरि आज नेवार समुदायमा योमरी पुन्ही पर्व मनाउने चलन छ । यस दिन इष्टमित्र, साथीभाई र पाहुनालाई योमरी खुवाउने परम्परा छ । आजको दिन शुद्ध भएर चामलको पिठो, चाकु, तील, मास, गुँदपाक, खुवा राखी योमरी बनाउने चलन छ । नेपाल भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी र मिठाइ हो । सबैलाई मनपर्ने भएकाले नै यसको नाम योमरी राखिएको संस्कृतिविदहरुको भनाइ छ । यसैगरी आजै विभिन्न कार्यक्रम गरी राष्ट्रिय ज्यापु दिवस पनि मनाइने भएको छ । ज्यापु दिवसको अवसरमा काठमाण्डौको बसन्तपुर लगायतका क्षेत्रहरुमा विशेष कार्...
‘हरिलाल राई स्मृति सम्मान’ प्रेमकुमार र राजकुमारीलाई
समाचार

‘हरिलाल राई स्मृति सम्मान’ प्रेमकुमार र राजकुमारीलाई

यस वर्षको ‘हरिलाल राई स्मृति सम्मान’ बाट नेपाल सरकारका अधिकृत प्रेमकुमार राई र खरिदार राजकुमारी राई सम्मानित हुने भएका छन् । सोमबार बसेको किरात राई कर्मचारी मञ्च, केन्द्रीय सचिवालयको बैठकले प्रेमकुमार र राजकुमारीलाई ‘हरिलाल राई स्मृति सम्मान’ बाट सम्मानित गर्ने निर्णय गरेको नेपाल सरकारका उपसचिवसमेत रहेका मञ्चका सचिव योग्यप्रसाद राईले जानकारी दिए । प्रेमकुमार नेपाल टेलिकम, संखुवासभामा कार्यरत छन् भने राजकुमारी मालपोत कार्यालय, पाँचथरमा कार्यरत छिन् । उनीहरू नगद रू. १५ हजार र सम्मानपत्रसहित सम्मानित हुनेछन् । मञ्चले दुर्गम क्षेत्रमा लामो समय सेवा गरेका तथा किरात समुदायको उत्थानमा सार्वजनिक क्षेत्रबाट गरेका योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानित गर्दै आएको सचिव राईले बताए । याे सम्मान नेपाल सरकारका नायब सुब्बा स्व. हरिलाल राईको नाममा खोटाङ जिल्ला, दिक्तेल रुपाकोट मझुवागढी ४ मा स्थायी...
बिद्यालय ब्यवस्थापन समिति सक्रिय नहुँदा शैक्षिक गुणस्तर अभिबृद्धिमा समस्या आएको छ ः शिक्षा संयोजक अधिकारी
अन्तरवार्ता, भिडीयाे, शिक्षा, समाचार

बिद्यालय ब्यवस्थापन समिति सक्रिय नहुँदा शैक्षिक गुणस्तर अभिबृद्धिमा समस्या आएको छ ः शिक्षा संयोजक अधिकारी

जिल्लाको शैक्षिक क्षेत्रको गुणस्तर अभिबृद्धिमा योगदान पुर्याउँदै आएको युनाईटेड वल्र्ड स्कृल्स नेपाल (यु डब्लु एस नेपाल) का शिक्षा संयोजक आशिस अधिकारीले जिल्लाका बिभिन्न बिद्यालयहरुमा गठन भएका बिद्यालय ब्यवस्थापन समिति सक्रिय नहुँदा शैक्षिक गुणस्तर अभिबृद्धिमा समस्या भएको बताएका छन् । खाँदबारी एफएम संखुवासभाले संचालन गर्ने रेडियो कार्यक्रम संम्बाद डवलीमा सहकर्मी नवीन गुरुङ्ग संगको अन्तरवार्तामा संयोजक अधिकारीले अधिकांश बिद्यालयमा ब्यवस्थापन र शिक्षकको सकृयता नहुँदा संस्थाले शैक्षिक गुणस्तर अभिबृद्धि लागि बिद्यालयलाई उपलब्ध गराउँदै आएको सहयोग थप प्रभावकारी हुन नसकेको बताएका हुन् । उनले युडब्लुएसले कतिपय स्थानीय सरकार र बिद्यालयहरु संग गरेको सम्झौता समेत कार्यान्वयनमा नआएको बताउँदै शैक्षिक सुधारका लागि स्थानीय पालिकाहरुले समेत कार्यक्रम निरन्तरताको जिम्मा लिनुपर्ने बताए । यु डब्लु एस संग...
कैद सजाय पुरा भएकै दिन कैदिको मृत्यु
समाचार

कैद सजाय पुरा भएकै दिन कैदिको मृत्यु

मोरङ कारागारमा एक कैदी बन्दीको छुट्ने दिन नै मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका १० का चण्डेश्वर सहनीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जनाए । मृतक सहनी कैद भुक्तान सकेर आज सोमबार छुट्दै थिए । लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मङ्सिर १९ गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो। अदालति फैसलापछि फरार रहेका उनि २०७९ माघ १७ गते प्रहरीले पक्राउ गरेपछि । जेल जिवन बिताईरहेका थिए । पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शनिवार बिहान साढे ४ बजे उनलाई कोशी अस्पताल ल्याएको कारागार प्रशासनले जनाएको छ । छुट्ने दिन नै कैदिको मृत्यु भएपछि मृतकका आफन्तले घटनाका सम्वन्धमा सत्य तथ्य बाहिर नल्याए सम्म शव नबुझ्ने अडान राखेका छन् । छुट्ने दिनको खुशियालीमा रहेका आफन्तले कैदीको मृत्यु हुँदा समेत परिवारलाई कुनै जानकारी नद...