समाचार Archives - Page 73 of 77 - साझाकुरा
शनिबार, फाल्गुन ३०, २०८२

समाचार

कोशीमा दुई मन्त्री र दुई राज्यमन्त्री थपिए
समाचार

कोशीमा दुई मन्त्री र दुई राज्यमन्त्री थपिए

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दुई मन्त्री र दुई राज्यमन्त्री थप गरी मन्त्रिमण्डल विस्तार गरेका छन्।  मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को  उपधारा(९) बमोजिम लिलावल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री, बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री, रामप्रसाद महतो उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र निरन राईलाई आर्थिक ममिला तथा योजना राज्यमन्त्रीमा नियुक्त गरेका छन्।  कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज यहाँ आयोजित एक समारोहबीच मन्त्री अधिकारी र राजभण्डारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराए।  यसैगरी मुख्यमन्त्री कार्कीले मन्त्री महतो र राईलाई पद तथा गोपनीयताको शपथग्रहण गराए।  ...
पूर्वमन्त्री रामकुमार श्रेष्ठ गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर
समाचार

पूर्वमन्त्री रामकुमार श्रेष्ठ गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो । श्रेष्ठले ४ करोड ४५ लाख रुपैयाँ बराबर गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो । शिक्षकबाट सार्वजनिक सेवामा प्रवेश गरेका उनी निजामती सेवाको शाखा अधिकृत हुँदै सचिव भएर अवकाश भएका थिए । पूर्वमन्त्री श्रेष्ठ २०७० सालमा तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठित सरकारमा मन्त्री थिए । उनले सार्वजनिक सेवाको सुरुवातपछि सचिव हुदासम्म र मन्त्री भएको बेलामा समेत गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको दावी थियो ।...
यस बर्षको मनराम–एसकाज पत्रकारिता पुरस्कार भोलानाथ गौलीलाई
समाचार

यस बर्षको मनराम–एसकाज पत्रकारिता पुरस्कार भोलानाथ गौलीलाई

यस बर्षको मनराम–एसकाज पत्रकारिता पुरस्कार संखुवासभाका पुराना पत्रकार भोलानाथ गौलीले पाउनु हुने भएको छ । २०५० सालदेखि राष्ट्रिय समाचार समितिमा संखुवासभाबाट पत्रकारिता थालेका गौलीले पत्रकारिताको माध्यमबाट जिल्लालाई चिनाउन पु¥याएको योगदानको कदर गर्दे पुरस्कार छनौट समितिले गौलीको नाम सिफारीस गरेको हो । संखुवासभा निवासी समाजसेवी मनमायाँ र रामबहादुर श्रेष्ठको नाममा मनराम प्रतिष्ठानद्धारा स्थापित पुरस्कारको राषि ५० हजार रुपैया र ताम्रपत्र रहेको छ । संखुवासभा–काठमाडौ जर्नालिष्ट एसोसिएसन(एसकाज) आयोजक रहेको यो पुरस्कारबाट संखुवासभाबाट सकृय रुपमा कलम चलाउने ८ जना पत्रकार पुरस्कृत भई सक्नुभएको छ । संखुवासभाका पुराना पत्रकार गंगा बिष्ट, संखुवासभा पत्रकार महासंघका वर्तमान अध्यक्ष इन्द्र गिरी, नेपाल प्रेस युनियन संखुवासभाका अध्यक्ष दिपेन्द्र शाक्य, खाँदबारी एफएमका स्टेशन मेनेजर कृष्णराज शाक्य...
संखुवासभा एमालेद्वारा ३९ जना प्रतिनिधि छनाैट   नामावलि सहित
समाचार

संखुवासभा एमालेद्वारा ३९ जना प्रतिनिधि छनाैट नामावलि सहित

नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनकालागि संखुवासभाका सबै स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका छन् । एमाले काेशी प्रदेस कमिटि सदस्य बिपिन तामाङ्गका अनुसार एमाले प्रदेश कमिटीको अधिवेशनमा खादबारी नगरपालिकाबाट मुरारी प्रसाद खतिवडा , जित बहादुर घिमिरे , सुमन श्रेष्ठ , नेत्र रेग्मी , भविश्वर गुरुङ , राजेन्द्र थापा , यस्तै महिला तर्फ राधा खनाल , सुन्दरी खतिवडा , चेत कुमारी कटुवाल प्रतिनिधि चयन भएका छन् । चैनपुर नगरपालिकाबाट तुलसी प्रसाद न्यौपाने , विरेन्द्र के शी , भरत खत्री , भरत खड्का ,सुर्य दाहाल , गोपाल श्रेष्ठ चयन भएका छन् । यस्तै महिला तर्फ बाट हेमकुमारी चौहान , कमला श्रेष्ठ शान्ति कटुवाल , मादी नगरपालिकाबाट विदुर कुमार लिंथेप टंक दाहाल , पृथक पाठक यस्तै महिला तर्फबाट सुनिता दाहाल चयन भएका छन् । धर्मदेवी नगरपालिकाबाट भिम लिंखा ,सुर्य बहादुर पौडेल , महिला तर्फ अम्बिका ख...
चन्द्रयान–३ को रोभरले पुनःसम्पर्क गर्ने सङ्केत देखाएन, अत्यधिक चिसोले ब्याट्रीमा क्षति पुर्याएको अनुमान
रोचक, समाचार

चन्द्रयान–३ को रोभरले पुनःसम्पर्क गर्ने सङ्केत देखाएन, अत्यधिक चिसोले ब्याट्रीमा क्षति पुर्याएको अनुमान

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराएको चन्द्रयान(३ को रोभरले पुनः सम्पर्क गर्ने सङ्केत नदेखाएको भारतीय रक्षा अनुसन्धान सङ्गठन ९इसरो० ले जनाएको छ । एक महिनाअघि अर्थात् अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण गरेको यानलाई सूर्य अस्ताउन थालेपछि स्लिप मोडमा राखेको इसरोले जनाएको थियो । पुनः सूर्य उदायपछि सेप्टेम्बर २२ अर्थात् हिजो रोभर पुनः सक्रिय हुने इसरोको आशा थियो । रोभरलाई पुनः जागृत गराउन प्रयास भइरहेको भए पनि सक्रिय हुने सङ्केत नदेखिएको इसरोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । चन्द्रमामा रातको समयमा भएको अत्यधिक चिसोका कारण रोभरको ब्याट्रीमा क्षति पुगेको हुन सक्ने इसरोको अनुमान छ । चन्द्रमामा पृथ्वीको १४ दिन बराबर एक दिन र १४ दिन बराबरकै एक रात हुन्छ । यसअघि सूर्य उदाउने समय पारेर यान अवतरण गराएको भारतले चन्द्रमामा रात परेसँगै यानलाई स्लिप मोडमा राखेको थियो । चन्द्रमाको सत...
सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता
समाचार

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता

बारा सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय टंगालले आइतबार विशेष अदालतमा पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, जनता मा।वि भवन निर्माण समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो। प्रवक्ता दाहालका अनुसार उनीहरूले मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरूमध्ये सिम्रौनगढ नगरपालिका(८ कचोर्वास्थित जनता माविको भवन निर्माणमा अनियमितता गरेका थिए। माविको अनियमितता भएको भन्ने सूचनापछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृ...
जी–२० शिखर सम्मेलनमा नेपाललाई नबोलाएकोप्रति कांग्रेस बैठकमा तिब्र असन्तुष्टि
अन्तर्राष्ट्रिय, समाचार

जी–२० शिखर सम्मेलनमा नेपाललाई नबोलाएकोप्रति कांग्रेस बैठकमा तिब्र असन्तुष्टि

भारतमा भएको १८ औं जी–२० शिखर सम्मेलनमा नेपालको सहभागीता नरहेको भन्दै केन्द्रिय कार्यसमितिका सदस्यहरुले बैठकमा तिब्र असहमती प्रकट गरेका छन् । कांग्रेस केन्द्रिय सदस्यले जी–२० शिखर सम्मेलनमा नेपाललाई नबोलाएकोप्रति नेपालको कूटनीति कमजोर भएको हो ? भन्ने प्रश्न तेर्स्याएका थिए। कांग्रेस केन्द्रिय सदस्य भिम पराजुलीले बंगलादेश सहभागी हुँदा नेपाल किन नभएका हो भन्दै प्रश्न गरे। पराजुलीले भने,‘गत हप्तामात्रै भारतमा सम्पन्न जी–२० शिखर सम्मेलनमा मित्रराष्ट्र भारतले छिमेकी बंगलादेशलाई उच्च प्राथमिकतामा राखेर, सहभागी गराएर, विद्युत व्यापारका कुराहरु विश्वसमामु पुर्‍याउँदा नेपालको किन उपस्थिति हुन सकेन रु यदि हामीले समयमै सुझबुझ पूर्ण तयारी गरेको भए बंगलादेशको जस्तै अवसर प्राप्त गर्न सक्थ्यौं। हाम्रो कूटनीति कहाँ चुक्योरु हामी गम्भीर ढंगले यस विषयबारे आत्मसमीक्षा गर्नुपर्छ।’ जी २० मा अर्जेन्टिना, ...
राजकीय सम्मानसहित संविधानसभा अध्यक्ष नेम्वाङको अन्त्येष्टि गरिंदै(फोटो फिचर)
मुख्य समाचार, समाचार

राजकीय सम्मानसहित संविधानसभा अध्यक्ष नेम्वाङको अन्त्येष्टि गरिंदै(फोटो फिचर)

सोमबार राति हृदयघातबाट निधन भएका संविधानसभा अध्यक्ष तथा नेकपा एमाले नेता सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । नेम्वाङको गत सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको थियो । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा गरिएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा गरेको हो । बालुवाटारबाट शुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुर्याइँदैछ ।नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ अन्त्येष्टि हुँदैछ । राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएकोले आज नेपाल सरकारले देसभर शोक बिदाको घोषणा समेत गरेको छ ।  ...
लिबियाको बिनासकारि बाढीमा परी हालसम्म ५ हजार बढीको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

लिबियाको बिनासकारि बाढीमा परी हालसम्म ५ हजार बढीको मृत्यु

लिबियाको बिनासकारि बाढिमा परि मृत्युहुनेको संख्या ३ हजार नाघेको छ । आँधिसंगै आएको बर्षादका कारण शुरुभएको बाढिमा परि हालसम्म ५ हजार ३ सयको मृत्यु भएको लिबियाका मन्त्री हिशाम चकियोतले बताए । अहिलेपनि बेपत्ताको अवस्था भयावह अवस्थामा रहेकाले मृतकको संख्यामा उल्लेख्य बृद्धिुहन सक्ने मन्त्री चकियोतले अन्तराष्ट्रिय संचार माध्यमहरुलाई बताएका छन् । आँधि र बाढि पछि निरन्तर रुपमा उद्धार र राहतमा जुटेका त्यहाँका शुरक्षा अधिकारीहरुले अझैपनि १० हजार बढि बेपत्ता अवस्थामा रहेको र ३० हजार बिस्थपित अवस्थामा रहेको जानकारी दिएका छन् । गत आईतबार राति आएको डेनियल नामको आँधीबाट लिबियाको डेर्नामा सुनामी सहितको बाढी आएको थियो । उक्त बाढीबाट करिब एक लाख जनसंख्या रहेको डेर्ना शहरको धेरै बस्ति र ईलाका बगाएर समुद्रमा पुर्याएको त्यहाँका संचारमाध्यमहरुले जनाएको छ । डेर्नाको तटीय क्षेत्रमा बाढीले दुईवटा ठुला ...
संखुवासभा कैदी मृत्यु प्रकरण: १५ जना कारागार चलान
समाचार

संखुवासभा कैदी मृत्यु प्रकरण: १५ जना कारागार चलान

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधवार कारागार चलान गरिएको हो। जिल्ला अदालत सङ्खुुवासभाका श्रेस्तेदार रामचन्द्र केसीका अनुसार जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम पठाउन आदेश दिएको हो। कारागार विभाग र जिल्ला सुरक्षा समितीको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइएको हो। बुधवार सरकार र प्रतिवादीतर्फका आठ कानुन व्यवसायीले बहस गरेका थिए। कैदी हत्या घटनामा मोरङको कटहरी गाउँपालिका–१ महेशपुर स्थायी घर भई जिल्ला कारागार खाँदबारीमा कार्यरत प्रहरी सहायक निरक्षिक लक्ष्मी चौधरी, इलामको इलाम नगरपालिका–११ स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत सुमन गुरुङ, ...