समाचार Archives - Page 74 of 77 - साझाकुरा
शनिबार, फाल्गुन ३०, २०८२

समाचार

नेता नेम्वाङ्लाई राजकीय सम्मानका साथ अन्तेष्ठिका दिन सार्वजनिक बिदा
मुख्य समाचार, समाचार

नेता नेम्वाङ्लाई राजकीय सम्मानका साथ अन्तेष्ठिका दिन सार्वजनिक बिदा

सरकारले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राजकीय सम्मानका साथ अन्तेष्ठिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संविधान सभाका अध्यक्ष नेम्वाङको दुखद निधनप्रति शोक प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। हृदयघातका कारण सरकारले राजकीय सम्मानका साथ पार्थिब शरिरको अन्तेष्ठि गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए। मन्त्री किरातीका अनुसार सरकारले नेता नेम्वाङको पार्थिब शरिरको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्री किराँतिको भनाई छ । २०७२ को संविधान निर्माण प्रक्रियामा नेता नेम्वाङले खेलेको महत्वपुर्ण भुमिकाप्रति सम्मान प्रकट गर्दै नेकपा एमाले र सरकारले समेत बिषेस सम्मानका साथ वहाँको अन्तेष्ठि गर्ने कार्यक्र...
ग्यालेक्सी फो के टिभि संचालक जिबी राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी
समाचार

ग्यालेक्सी फो के टिभि संचालक जिबी राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष गितेन्द्रबाबु ९जिबी० राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जि जारि गरिएका राई ग्यालेक्सी फोरके टेलिभिजनका हालका संचालक समेत रहेका छन् । जिल्ला अदालत कास्कीबाट पूर्वअध्यक्ष जिबी राईसहित सात जनाविरूद्ध पक्राउ अनुमति लिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । अध्यक्ष हुँदा बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको र रकम फिर्ता नगरेको आरोप उनीहरूमाथि लगाईएको प्रहरीको भनाई छ। सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरूद्ध ९ सय ७१ जनाले जाहेरी दिएको डिएसपी श्रवणकुमार विकले जनाए । गत श्रावण ३२ गते कार्यालयले उक्त सहकारीका पदाधिकारीविरूद्ध भदौ १५ गतेभित्र जाहेरी दिन सार्वजनिक सूचना नै जारी गर्दै सर्वसाधारणलाई सुसुचित गरेको थियो । उक्त सार्वजनिक सुचना भएपश्चात निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिन...
क्यान्सर डाइग्नोसिस सेन्टर स्थापनार्थ अर्बुद रोग निवारण संस्थाले पदयात्रा गर्ने
समाचार, स्वास्थ्य

क्यान्सर डाइग्नोसिस सेन्टर स्थापनार्थ अर्बुद रोग निवारण संस्थाले पदयात्रा गर्ने

४१ औं वार्षिकोत्सवको अवसरमा नेपाल अर्बूद रोग निवारण संस्थाले क्यान्सर डाइग्नोसिस सेन्टर स्थापना गर्ने उदेश्यले पदयात्रा कार्यक्रमको आयोजना गर्नेभएको छ । आगामि भदौ ३० गते शनिबार “स्टेपिङ फरवार्ड फर क्यान्सर फ्री फ्युचर” भन्ने नारा साथ आयोजना हुने पदयात्रा कार्यक्रम इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा हुनेछ भने उक्त पदयात्रा काठमाण्डौंको खुल्लामञ्चबाट सुरु भई भद्रकाली, सिंहदरबार, माइतीघर, थापाथली, टेकू, परोपकार, काष्ठमण्डप, दरबार स्क्वायर, न्यूरोड गेट, रानी पोखरी, दरबार मार्ग हुँदै ७ किलोमिटरको यात्रा पछि खुल्लामञ्चमा नै आई टुंगिने आयोजक संस्था नेपाल अर्बूद रोग निवारण संस्थाका केन्द्रिय सदस्य दीपेन्द्र बान्तवाले जानकारी दिए । “क्यान्सर रोगवाट बच्ने उपाय र विधि बारेमा चेतना जगाउने, पीडितको उपचारमा थप सहयोग जुटाई परिवारका सदस्यहरुको आर्थिक बोझ व्यवस्थापनमा सहयोग गर्ने तथा क्यान्सर रोगबाट बच्...
ललिता निवास प्रकरणमा मुछिएका गुरुङ्ग रिहा
समाचार

ललिता निवास प्रकरणमा मुछिएका गुरुङ्ग रिहा

ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ रिहा भएका छन्। गुरुङलाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न आदेश दिएपछि आईतबार साँझ उनलाई रिहा गरिएको हो । ललिता निवास जग्गा प्रकरणमा जोडिएका गुरुङ्गलाई अदालतले दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि गुरुङ्ग उक्त रकम धरौटि बुझाएर रिहा भएका हुन् ।...
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सारका कर्मचारीद्वारा जाँचपास ठप्प
अपराध, समाचार

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सारका कर्मचारीद्वारा जाँचपास ठप्प

सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान अघि बढाईएकोमा बिरोध जनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत भन्सारका कर्मचारीले भन्सार जाँचपास ठप्प पारेका छन् । विमानस्थल भन्सारमा समातिएको तस्करीले ६० केजी सुन प्रकरणमा भन्सारमा कार्यरत कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरूले सेवा ठप्प पारेको जनाईएको छ । सुन तस्करीको अनुसन्धानको क्रममा आफ्ना सहकर्मिहरुमाथि प्रहरीले अन्धाधुन्दमा आरोप, पक्राउ र धरपकड शुरु गरेको उनीहरूको आरोप छ । ईमान्दारितापुर्वक काम गरिरहेका सहकर्मि कर्मचारिहरुमाथि अनुशन्धानका नाममा मानमर्दन गर्ने र अपराधि सरह आफुहरुलाई दुरब्यवहार गरिएको उनिहरुको भनाई छ । ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानमा जुटिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अहिलेसम्म भन्सारमा कार्यरत ६ जना कर्मचारिलाई पक्राउ गरि अनुशन्धान र थप बयान लिईरहेको बताईएको छ ।...
बागमतीको प्रमुख सचेतकबाट कुन्दन काफ्लेको राजिनामा
समाचार

बागमतीको प्रमुख सचेतकबाट कुन्दन काफ्लेको राजिनामा

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दन काफ्लेले प्रमुख सचेतकबाट राजीनामा गरेका छन् । उनले आज मंगलबार सामाजिक संजालमार्फत कांग्रेस बागमती प्रदेश सभाका संसदीय दलका नेता बहादुरसिंह लामालाई राजीनामा दिएको जानकारि दिए। राजीनामा पछि सामाजिक संजालमा काफ्लेले लेखेका छन् “‘गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो । प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव महसुस गरेको छु । अतः केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशिल रहन र दोलखाली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु ।’ उनले आफुले धेरै जिम्मेवारि लिँदा जनताको काम गर्न समस्या निकाल्न गाह्रो भएको भन्दै उनले आफुले राजिनामा गरेको उल्लेख गरेका छन् । काफ्ले दोलखा जिल्ला निर्वाचित बागमती प्रदेशसभा स...
६ महिनापछि नासाले पठाएका चार जना अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
रोचक, समाचार

६ महिनापछि नासाले पठाएका चार जना अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन नासा को स्पेसएक्स क्रू–सिक्स का अन्तरिक्ष यात्रीहरु ६ महिनापछि सकुशल पृथ्वीमा फर्कन सफल भएका छन् । आज बिहान दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटीय क्षेत्रमा सुरक्षित रुपमा उनिहरु अवतरण गरेका नासाले उल्लेख गरेको छ । अन्तरिक्ष यात्री स्टेफन बोवेन र वुडी होबर्ग, यूएईका अन्तरिक्ष यात्री सुल्तान अल नेयादी र रूसको राष्ट्रिय अन्तरिक्ष निगमका अन्तरिक्ष यात्री आन्द्रे फेद्याएभ सकुशल उत्रिएका हुन् । उनीहरु छ महिनादेखि आईएसएसमा बसेर काम गरिरहेका थिए ।...
अमेरिकाको माउ टापुको जंगलमा आगो लाग्दा ३८५ जना बेपत्ता
अन्तर्राष्ट्रिय, समाचार

अमेरिकाको माउ टापुको जंगलमा आगो लाग्दा ३८५ जना बेपत्ता

लस एन्जलस स् अमेरिकाको हवाई राज्यस्थीत माउ टापुमा रहेको जंगलमा आगो लाग्दा ठुलो क्षति पुगेको छ । सैयौंको संख्यामा जंगलमा रहेका जलचर, थलचर लगायत अन्य प्राकृतिक सम्पदाहरु जलेर नष्ट भएको जनाईएको छ ।   आगलागीपछि उद्धारमा खटिएका सहित तीन सय ८५ जना बढि अझै बेपत्ता भैरहेको बताईएको छ । माउ प्रहरी विभाग र अमेरिकी संघीय अनुसन्धान ब्युरोले शनिबार संयुक्तरूपमा एक विज्ञप्ति जारि गरि उक्त संख्यामा मानिसहरु हराईरहेको जनाएको हो । माउइ जंगलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा समेत प्रवेश गरेकाले त्यसमा परि एक सय १५ जनाले ज्यान गुमाएको बताईएको छ भने अधिकांशको मृत्यु माउइको समुद्री किनारको लहाइनमा गत साउन २३ गते लागेको डढेलोमा परेर भएको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । झण्डै एक दशक पछि भएको यो प्राकृत...
विद्यालयबाट फर्किएका दाजुबहिनीको खोलाले बगाएर मृत्यु
समाचार

विद्यालयबाट फर्किएका दाजुबहिनीको खोलाले बगाएर मृत्यु

रूकुम पश्चिममा खोलाले बगाउँदा दाजु, बहिनीको मृत्यु भएको छ। चौरजहारी नगरपालिका–६ घर्तीकाडाका १० वर्षीया मनोज बुढाथोकी र उनकी ६ वर्षकी बहिनी भावनालाई आइतबार अपराह्न खोलाले बगाएको हो। रतन बुढाथोकीका छोराछोरीलाई घर नजिकैको खोलाले बगाएको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले बताए। ‘हिजो अपराह्न ४ बजेतिर ठूलो हावाहुरीसहित पानी परेको थियो। स्कुलबाट निस्कँदा पनि पानी परिरहेकै थियो भन्ने सुन्नमा आएको छ,’ नगर प्रमुख पुष्पले भने, ‘दाजुबहिनी नै सोझा थिए। खहरेमा भेल आउँछ भन्ने हेक्का नै भएन। उनीहरूको शव हिजै फेला परिसकेको छ।’हावाहुरीसहित पानी पर्न थालेपछि शिक्षकले दाजु, बहिनीलाई एकछिन पर्खन भनेका थिए। विद्यालयबाट निस्कँदा मध्यम वर्षा भए पनि खोलाको डर नभएकाले उनीहरू घर हिँडेको वडा नम्बर ६ का सदस्य विरेन्द्र बोहोराले जानकारी दिए। ‘त्यो त सानो खहरे हो। नाउला खोला भन्छन्। मानिस बगाउने गरी बाढी ...
बाँदरको बढ्दो संख्या नियन्त्रण गर्न परिवार नियोजन गर्नूपर्छःः काँग्रेस नेतृ आरजू
समाचार

बाँदरको बढ्दो संख्या नियन्त्रण गर्न परिवार नियोजन गर्नूपर्छःः काँग्रेस नेतृ आरजू

नेपाली कांग्रेसकी नेत्री तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणाले बाँदरको बढ्दो संख्या नियन्त्रण गर्न परिवार नियोजन गर्नूपर्ने धारणा राखेकी छिन् । आइतवार समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा देशभर नै अन्नबालिमा बाँदरले ठुलो क्षति पुर्याएको समचारहरु आईरहेकाले बाँदरकोे संख्या न्युनिकरणका लागि बाँदरलाई परिवार नियोजन गरेर सङ्ख्या घटाउनुपर्ने बिचार ब्यक्त गरेकि हुन् । छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरि नियन्त्रण र न्युनिकरण गरिएको उदाहरण पेश गर्दै उनले नेपालमा पनि बाँदर नियन्त्रणका लागि परिवार नियोजनको तरिका अपनाउन सकिने उनको भनाई थियो । सम्बोधनका क्रममा उनले ‘बाँदर संरक्षण गर्नु राम्रो हो । म संरक्षणवादी नै हो । तर पनि मान्छेले खान नपाउने गरेर बाँदर संरक्षण गरेर फाइदा छैन । यो कलिङको प्रिन्सिपल हामीले ल्याउनुपर्‍यो । बाँदरलाई त परिवा...