संखुवासभामा एक बर्षमा ५४ वटा मानव अधिकार उलङ्घनका घटना
संखुवासभा,पुष ७
संखुवासभामा मानवअधिकार उलङ्घनका घटना वृद्धि भएको पाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लामा एक वर्षको अवधिमा ५४ वटा मानवअधिकार उलङ्घनका घटना भएको उल्लेख गरेको छ । २१ महिने बालिका बलात्कृत हुनु गम्भीर मानवअधिकार उल्लघंनका घटना भएको इन्सेकको ठहर छ ।
आज सदरमुकाम खाँदबारीमा बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ५४ वटा घटनामा ५५ जना पीडित भएको इन्सेक प्रतिनिधि भविन कार्कीले बताए । अघिल्ला वर्षहरुमा झै संखुवासभामा हत्या, बलात्कार र कुटपिट जस्ता घटनाले निरन्तरता पाएको अवस्था देखिन्छ । संखुवासभामा ९ जना बालिका सहित १२ जना बलात्कृत, घरेलु हिंसाका ३२, हत्या ४ वटा , कुटपिट गैर राज्य पक्ष ४ जना, हातपात १ जना, आत्म...









