संखुवासभाकाे खाँदबारीमा बाल गृहलाई एक दिन खाना, नाना र छाना अभियान उद्घाटन्
असाेज ८
संखुवासभाकाे खाँदबारीमा बाल गृहलाई एक दिन खाना नाना र छाना अभियान उद्घाटन् तथा शुभकामना आदानप्रदान कार्यकमकाे आयाेजना गरिएकाे छ ।
मकालु त्रिसक्ति समूह माट्स नेपालकाे आयाेजनामा कार्यकमकाे शुभारम्भ गरिएकाे हाे । माट्स नेपालका उपाध्यक्ष मुकेस मुदेलकाे सभापतित्व तथा निमित्त प्रमुख जिल्ला अधिकारी माेहनमणी घिमिरेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
कार्यकममा भैरवी दल गुल्मका मुकुन्द न्याैपाने, पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरी, शिक्षा बिकास समन्वय अधिकारी गाेपालमान भण्डारी, जिल्ला समन्वय अधिकारी शुक्रादेवी राई लगायतले बालबालिकाकाे हित प्रवर्धन र संरक्षणका लागि सबै सराेकारवालाहरुकाे हातेमालाे आवश्यक भएकाे धारणा राखेका थिए ।
कार्यक्रममा बालबालिका खाेजतलास काेशी प्रदेस समन्वय केन्द्रका अधिकृत सुमन अधिकारीले काेशी प्रदेसमा बाल गृहकाे अवस्था र बालगृह संचालनका लागि विभिन्न ठाउँमा स...









