एनआरएनएको अध्यक्षमा आरके शर्माले घोषणा गरे उम्मेदवारी
गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी कार्यकाल २०२३–२०२५ का लागि अध्यक्ष पदमा आरके शर्माले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। अक्टोबर १७ देखि काठमाडौंमा हुने ११ औं महाधिवेशनले एनआरएनएको नयाँ नेतृत्व चयन गर्दैछ। त्यसका लागि शर्माले कतारबाट आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन्।
शर्माले एनआरएनएका वर्तमान उपाध्यक्षको जिम्मेवारि संम्हालिरहेका छन् । आफ्नो नेतृत्वका लागि समर्थन जुटाउन उनले जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका र क्यानडाको समेत भ्रमण सकिसकेका छन् भने अन्य देशको भ्रमणको तैयारीमा समेत रहेका छन् । ।
बिभिन्न देशको भ्रमणपश्चात आफ्नो पक्षमा प्रवासि नेपाली बिच राम्रो माहोल देखिएको उनले बताएका छन्। उनले भने एनआरएनए अभियन्ता र डेलिगेट्सहरु सबैसँग भेटघाट र छलफल भएको छ । उहाँहरु मेरो उम्मेदवारीप्रति सकारात्मक हुनुहुन्छ,’।
कतारको दोहास्थित र्याडिसन ब्लु होटलमा एक कार्यक्रमको आयोजना गर्दै...









